चैत महिनामा जन्म भएको व्यक्ति छिट्टै धनी हुने लोभमा परेर तास, जुवा, चिठ्ठा आदि व्यसनमा व्यर्थै खर्च गर्ने खालको होला, एकै विचार दिमागमा लामो समय सम्म नरहने, विचारमा परिवर्तन हुनेवाला, हतार र बेचैनी स्वभाव भएको, आफ्नो कामबाट आफै खुसी नहुने, उल्टै आफुले गरेको कामको आफै आलोचना गर्ने, कल्पनाको संसारमा झुली रहने, चित्त स्थिर नहुने होला।
यस महिनाका व्यक्तिलाई सहित्य, कला र विज्ञान तिर ध्यान दिंदा सफल हुने होला। यस्ता व्यक्ति आफ्नो मानहानी हुने ठाउँमा नजाने, धन कमाउनमा सिपालु तर खर्च गर्न नजान्ने वा अनाबश्यक खर्च गर्ने, घमण्डले गर्दा आफैं पतन हुने, अर्काको सल्लाह नमानी आफैं निरङ्कुश हुने, यात्राप्रेमी, एकैपटक धेरै काम थाल्नाले गर्दा आकस्मिक दुर्घटना हुन सक्ने सम्भावना रहने, मिठो बोल्ने, लोकमा प्रसिद्ध, इमान्दार स्वभाव र आफ्नो घमण्डबाट पतन हुनबाट आफुलाई नियन्त्रणमा राख्ने प्रयास गर्ने, दाजुभाई भन्दा दिदीबहिनी धेरै भएको, बाल्य अवस्थामा बुबालाई कष्ट भएको हुन सक्छ। वैवाहिक जीवन राम्रो हुन सक्छ र सन्तान पनि ज्ञानी र गुणी होलान्। राम्रो पदमा पुग्न सक्ने होला। स्वास्थ्यमा हृदय, आँखा, खुट्टा आदि कुनै अङ्ग दुख्ने रोग र गुप्ताङ्गको रोग रहला।