कार्तिक महिनाको जन्म फल

कार्तिक महिनामा जन्मेको व्यक्तिको आत्मा कमजोर अर्थात् आत्मविश्वास कमजोर हुन सक्छ किनकि यो महिनामा सूर्य ग्रह आफ्नो नीचराशि तुला राशिमा भ्रमण गर्दै हुन्छ। यस महिना जन्मिने मानिस रिसाउनासाथ छिटै शान्त हुने, दयालु, प्रेमी र पवित्रवाला, कुनै पनि कार्य प्राय: सिद्ध गर्न नसक्ने, मनमा हीन भावना वा डर त्रास राख्ने, दु:खपर्नासाथ तुरुन्त आत्तिने स्वभाव भएका हुन्छन्। तर पूर्वोक्त्त गुण कार्तिक १ देखि १० गतेसम्म जन्मेका व्यक्तिमा धेरै रहला त्यसपछि जन्मिनेमा कम रहला। 

यस महिनाका मानिसलाई यात्राबाट र पानीबाट चल्ने मेशिनबाट अधिक फाइदा होला, शत्रू धेरै होलान्, प्राय: गरेर धन सम्पत्तिको विषयलाई लिएर अड्डा अदालत धाउनु पर्ला, आफ्ना भाइ-बहिनीसँग प्रेमपूर्ण भावना नरहला, समय समयमा बुबा (पिता) सँग मतभेद भै रहला, सन्तान सुख सामान्य रहला, वैवाहिक जीवनमा समय समयमा उथल-पुथलको अवस्था आईरहन सक्छ। 
स्वास्थ्य अवस्था सामान्य नै रहेपनि यो महिनामा जन्मिने कसै-कसैमा पत्थरि (धातु) रोग हुन सक्ने सम्भावना प्रबल हुन्छ। आमाको ममता कमै पाउन सक्ला भने विवाह पछि धन बढ्न सक्ने पनि सम्भावना रहन्छ।  स्वास्थ्य सामान्य रहेपनि काम गर्दा ढिलोढिलो गर्ने खालको होला।