साउन महिनाको जन्म फल

साउन महिनामा जन्मेको व्यक्ति मानसिक रुपले ज्यादै चन्चल हुन्छन्, यस्ता मानिसहरु प्राय: गरेर आफ्नो मनको कुरा अरुलाई प्रकट गर्दैनन्, कुनै एउटा थालेको काम नसकी चटक्क बीचमै अधुरो छाडेर अर्को काम थाल्दछन् तर साउन १ देखि १० गते भित्र जन्मेकामा मात्रै यिनीहरु स्वतन्त्र प्रकृतिका हुन्छन्, अनेक कार्यमा दक्ष, व्यापारमा कुशल, घर जग्गा, धन र सम्मानको लागि लालायित हुने हुन्छन्। 

 यो समयमा जन्मने मानिससँग धनको सँग्रह हुन्छ तर त्यो सम्पतिलाई सन्तानले वा आफ्ना आफन्तले नष्ट गरिदेलान्, जीवनमा जुवातास, चिट्ठा वा चोरीद्वारा पनि धन नाश हुन सक्ने सम्भावना रहला।  सन्तानद्वारा पनि विशेष चिन्ता रहन्छ, तर जेठो सन्तान पछि विशिष्ट स्थानको पदमा पुग्न सक्ने सम्भावना हुन सक्छ। स्वास्थ्य सम्बन्धमा सामान्य सुख रहन्छ साथै घाटी, फोक्सो, पेटको रोग तथा श्वासप्रश्वासको रोग हुन सक्ने सम्भावना पनि रहला।