वैशाख महिनाको जन्म फल

वैशाख महिनामा जन्मेको व्यक्ति अभिमानी, साहसी, उदार, धार्मिक, चतुर भएर आफ्नो काम गर्ने, अरु माथि शासन गर्ने, साहसी हुनाले साहसिक कार्यहरु जस्तै: सेना, प्रहरी, खेलकुद, शिकार खेल्ने आदि काममा विशेष सफलता पाउँने, छिटो रिसाउने र छिटो नै शान्त हुने हुन्छन् । कुनै नँया कार्य बडो उत्साहले थालनी गर्दछन्, तर जब काम शुरु होला, तब त्यसमा ध्यान नदिई अर्कै काममा ध्यान देलान्, जसको कारणले आर्थिक अवस्था धेरै परिवर्तनशील होला। वैवाहिक जीवनमा सामान्य झगडाहरु भइरहने भएपनि वैवाहिक जीवनको र सन्तानको सुख प्राप्त होला। यस्ता व्यक्तिलाई प्राय: गरेर टाउको दुख्ने, पेटमा विकार, शीरमा चोट र उमेर बितेपछि उच्च रक्तचापको पीडा होला।