पुष महिनामा जन्मेको व्यक्ति बुद्धिमान्, उदार हृदय भएको, बिना स्वार्थ अरुलाई सहयोग गर्ने, दु:खी र नि:सहायको सेवा गर्ने, छिट्टो रिस उठ्ने तर छिट्टो नै शान्त हुने, भबिष्यको बारेमा चिन्ता गर्ने, हरेक काम गर्दा स्वतन्त्र भएर गर्ने, जीवनको प्रारम्भिक अवस्थामा आर्थिक सङ्कट पर्ला भने युवा अवस्थामा आफ्नो परिश्रमबाट धन कमाई सुख भोग गर्ने, दाजुभाई दिदीबहिनी कम भएको, पहिलो सन्तानबाट दु:ख र अरु सन्तानबाट सुख पाउने होला।
स्वास्थ्यमा वायु ( श्वास) सम्बन्धि रोग, पेटमा पीडा र मोटाउने रोगले सताउला। यिनमा अधिक गुण पाइन्छ जस्तै: धन, सन्तान र विद्या तीनै चिज भएको, नेतृत्व गर्ने चाहना भएको, सानो काम, सानो पद र थोरै धन मन नपराउने, सानो कुरामा चिन्ता गर्ने होला।
यस्ताको बोली र व्यवहारमा खासै फरक नरहला, वैवाहिक जीवनमा आपसी मेलमिलाप रहनाले वैवाहिक जीवन सुखमय हुन सक्छ।