भदौ महिनाको जन्म फल

भदौ महिनामा जन्मेको व्यक्ति अभिमानी हुनाले गर्दा छिट्टै रिसाउने स्वभाव भएको, तर मनमा न्यायप्रियता धेरै हुनाले यिनको रिसले कसैलाई हानी गर्दैन, आफुलाई नराम्रो व्यवहार गर्नेहरुलाई पनि राम्रो व्यवहार गर्ने कोशिस गर्दछन्।  
यो महिनामा जन्म लिने मानिस आफ्नो परिश्रमले सम्पति आर्जन गर्दछन् तर तास-जुवा-चिठ्ठा खेल्दा तथा अरुलाई ऋण दिंदा धन हानी हुन्छ, वैवाहिक जीवनमा विचारको असमानताले गर्दा सामान्य अवस्था रहनेछ, सन्तान कमै होलान् र सन्तानबाट पनि सामान्य सुख मिल्ला।  

वैशाख महिनाको जन्म फल

यो महिनामा जन्मेका मानिसहरु जीवनमा उच्च पद मिल्ने सम्भावना छ तर सम्मानको अपेक्षा अनुसारको आम्दानी कम हुन सक्छ। स्वास्थ्य सम्बन्धमा विशेष गरेर  निमोनिया, बाथ, हृदयरोग आदि रोगले सताउने सम्भावना रहन्छ, साथै सिंहको जस्तो स्वभाव, कोही देखि नडराउने, योग्यता अनुसारको उच्च पदमा काम गर्ने, विपत्ति परेर उन्नति गर्ने, आम्दानी भन्दा मान-सम्मान बढी भएको काम गर्ने स्वभाव होला।