मङ्सिर महिनाको जन्म फल

मङ्सिर महिनामा जन्मेको व्यक्तिको स्वभाव जोसिलो र क्रोधले पूर्ण हुन्छ, त्यस्ता व्यक्ति जो व्यक्तिसँग  रिस गर्दछन्, उसलाई सधै हानी पुर्याउन कोशिस गर्छन्। हेर्दा शान्त देखिएपनि दुश्मनी भएपनि दया र क्षमा भन्ने नभएका हुन्छन्। यस्ता व्यक्ति कृषि, खेती, काठ, ठेक्का, प्रशासन आदिमा काम गर्न सक्छन्। यिनको जीवनको पूर्वार्ध भन्दा उत्तरार्धमा राम्रो सुख हुन सक्ने सम्भावना हुन्छ। यस्ता मानिसलाई प्राय: पहिलो विवाहबाट सुख नभई दोश्रो विवाह वा विवाह इतरको सम्बन्ध हुन सक्ने सम्भावना रहन्छ। 

यिनीहरु आफ्नो मान-सम्मान र मर्यादा माथि आघात पर्न गएमा त्यसलाई बचाउन जस्तोसुकै प्रयत्न गर्न पनि पछि पर्दैनन्। हारेर पनि आफ्नो हार स्वीकार नगर्ने, क्रोधी, रुखो र च्वास्स बिझाउने खरो बोली भएको, तीखो बुद्धि, चन्चल, आदर्शवादी, कर्मठ र धार्मिक विचार भएको, डरलाग्दो वा धेरै कठिन काम गर्न पनि पछि नपर्ने, थोरै भाइ-बहिनी भएको होलान्।  स्वास्थ्यमा संक्रामक रोग, टाउको दुख्ने, ज्वरो आउने र नशासम्बन्धि रोग हुने सम्भावना होला।