असार महिनामा जन्मेको व्यक्ति ज्यादै मिलनसार, सबैसँग मिलेर काम गर्ने, विद्याप्रेमी, व्यापारिक बुद्धि भएको, सङ्गीतमा रुचि राख्ने, आफूलाई मन परेको मान्छेसँग धेरै हेलमेल गर्ने, व्यापारिक कर्म गर्ने, आर्थिक अवस्था ज्यादै परिवर्तनशील, कुनै समय सम्पन्न र कुनै समय ज्यादै विपन्न हुने, प्रेम क्षेत्रमा अधिक कष्ट पाउने, अधिक सन्तानवाला हुनाको साथै आफूलाई ती सन्तानबाट द्वेष राखेको कारण असन्तोष रहला।
आफ्नो कूल आयुको मध्यभागमा भाग्योदय भएपनि सो समयमा अनेक रोकावट र बाधा जस्ता दुई तगाराहरु तेर्सिने छन्। यस्ता व्यक्ति लक्ष्य सधै दुई काम थाल्ने खालको हुन सक्छ। जीवनमा विवाह पछि स्थायी प्रेम या पुनर्विवाह हुने सम्भावना रहनेछ। पारिवारिक सुख राम्रो नै होला तथा स्वास्थ्य सम्बन्धमा पनि राम्रो अवस्था नै रहन सक्छ।