जेठ महिनाको जन्म फल

जेठ महिनामा जन्मेको व्यक्तिहरु एक धुनमा लागि रहने, थालेको काम नसकी अर्को काममा हात नहाल्ने, परिश्रम देखि नआत्तिने, लामो समयसम्म काममा लागिरहने, चाडैं नरिसाउने तर रिस उठेपछि धेरै समयसम्म शान्त नहुने र पछि सम्म ईख राख्ने ईखालु हुन्छन् ।  यिनको भाग्यमा आकस्मिक रुपले जग्गा जमीन पाउने आशा रहनेछ तर त्यसमा झगडा पनि पर्ला।  
भाई वा दिदी बहिनी कुनै एक जनाबाट ज्यादै कष्ट भोग्नु पर्ला। कुनै आफन्त नातेदारको कारणले बेकाममा यात्रा गर्नु पर्ला। सन्तानबाट केही असन्तोष होला। ज्यादै श्रम गर्नाले र अनियमित भोजन गर्नाले वायु (श्वास) सम्बन्धि रोग र यात्राको कारण बीचबाटोमा नै रोग लाग्न सक्ने सम्भावना अधिक रहेको छ।