फाल्गुन महिनामा जन्मेको व्यक्ति अर्काले भनेको खुब चाहना गरेर सुन्ने तर गर्ने बेलामा आफ्नै विचारले काम गर्ने, आफू नदबिने र अरुलाई पनि नदबाउने, दु:खीलाई देखेर आफै दु:खी हुने, छलकपटबाट टाढा रहने, यात्रा गर्दा हानी हुने तर यात्रा नगरी पनि नहुने, जीवनमा धन हानी र प्रिय वस्तुको बिछोडले जीवनमा ठुलो चोट सहनु पर्ने, सन्तान जन्मिने समयमा दु:ख हुने, जीवनमा धेरै उतार चढावको सामना गर्नुपर्ने होला।
यस्ता व्यक्तिहरु सङ्गीत र कलामा रुचि राख्ने, भाषण गर्ने र लेख्ने काममा कुशल, रिस तथा ईर्ष्या मनमा राख्ने, आफ्नो काम प्रति सधैं सजग रहने, जुन काम अठोट गर्यो उसैमा अडिन सक्ने, दाजुभाई तथा दिदीबहिनी कम भएको, पिताको सुख थोरै भएको, वैवाहिक जीवन सामान्य सुखदायक, सन्तानको स्वास्थ्य कमजोर रहेको होला।
साथै जसको यस महिनामा सूर्योदयको समयमा जन्म भएको छ उसलाई हृदयरोग हुने सम्भावना छ तथा उसलाई पेट, फोक्सो, टाउको दुख्ने रोग र अल्सर हुने प्रबल सम्भावना हुन्छ।