माघ महिनाको जन्म फल

माघ महिनामा जन्मेको व्यक्ति परिश्रमी, उद्योगी तथा आफ्नो भाग्य आफै बनाउने हुन्छन् तर विशेष गरेर राती १२ बजेदेखि दिउँसो १२ बजे भित्रमा जन्म भएका व्यक्तिमा, यदि दिउँसो १२ बजेदेखि राती १२ बजे भित्रमा जन्म भएमा कुनै पनि अङ्गमा दोष वा खोट, चोट, दाग, घाउ वा निशान तिल आदि हुन सक्छ। 
यस महिनाका व्यक्ति मेहनती र फूर्तिला, हत्तपत्त नरिसाउने र रिसाइहाले निक्कै रिसाउने, व्यर्थको देखावटी गर्न मन नपराउने, थालेको काम पुरा नभई नछाड्ने, वाहिरी प्रेम नजानिदो तर गम्भीर स्वभाव भएको, दाजुभाई वा आफन्तबाट कमै सहायता पाउने होला। 

यस्ता व्यक्ति यात्राप्रेमी, एकान्तप्रिय, शत्रूलाई जित्ने, लोभी, ब्यापारिक बुद्धि भएको, छिटो छरितो, धैर्यशाली, आफ्नो कामको सिद्धि आफ्नै प्रयासले गर्ने, धन आर्जन र धन संचय दुवैमा सफल, एक साथ अनेकौं काम गर्ने इच्छा राख्ने, आफ्नो क्रोधलाई नियन्त्रणमा राख्ने, कम सन्तान र सन्तान सुख सामान्य रहने, स्वास्थ्यमा सर्दीजोड्नीको पीडा, वायु विकार, उदरशूल र पाचनक्रियामा ज्यादै खराबी आईरहला।