असोज महिनामा जन्मेको व्यक्ति न्यायप्रिय, दयालु, कुनै पनि काम विचार पुर्याएर गर्ने खालको हुन्छ, आफ्नो सुझबुझ र योग्यताको कारण माथिल्लो पदमा पुग्ने, कम क्रोध (रिस) भएको, तर रिसाएपछि छिटो शान्त नहुने, सीप र कलामा धेरै रुचि भएको, साथै त्यसकै माध्यमबाट धन आर्जन गर्न सक्ने होला।
वैवाहिक जीवन सामान्य रहने, सन्तानबाट सामान्य सुख र सन्तोष हुने तथा स्वास्थ्य सम्बन्धमा पेट, पाचन क्रिया, कोखो दुख्ने रोग र खुट्टामा पीडा हुन सक्छ। साथै यस्ता मानिसमा लज्जालुपन, नम्रता र विवेकशीलता अधिक हुने, आफू नझुक्ने तर अरुलाई झुकाउने, विपरीतलिङ्गी प्रति छिटो आकर्षित हुने र धेरै भौतिक सुख चाहनेवाला होला।