यदि तपाईंमा छ शनि ग्रहको नराम्रो दृष्टि, गर्नुहोस् यी उपायहरु

शनि ग्रह अर्थात् शनिश्चरको छवि क्रूर ग्रहको रहेको छ। यसको कारण पनि मान्य छ किनकि जब शनि ग्रहको प्रहार हुन्छ, राम्रो-राम्रोको अवस्था पनि दयनीय हुन्छ। यद्यपि शनि एक न्यायप्रेमी देवता हुन् र शनिदेव वा शनि ग्रह राम्रोको साथ राम्रो र नराम्रोका साथ नराम्रो परिणाम दिन्छन्,  तर कहिलेकाहि शनिदेव भक्तहरु पनि अनजानमै गरेका गल्तीहरुका कारण उनको क्रोधको सिकार बन्छन्। त्यसकारण शनि ग्र्हलाई न्यायप्रिय भन्दा पनि दुष्ट ग्रह मानिन्छ। यस लेखमा हामी तपाईलाई शनि दोषको बारेमा बताउछौं ताकि तपाईं पनि जान्न सक्नुहोस् कि कतै तपाईं पनि शनि ग्रहको दोषको सिकार त हुनुहुन्न ?

 

शनि दोष भनेको के हो ?

शनि दोष वास्तवमा जातको कुण्डलीमा शनिको त्यस अवस्थालाई भनिन्छ जसमा शनि ग्रह कष्टदायक अवस्थामा रहेको छ । यसको धेरै प्रकारहरू हुन सक्दछ। किनकि शनिदेव ढिलो गतिमा चल्दछन्, त्यसैले शनिको पीडा पनि लामो समय रहन्छ । यस अर्थमा शनिको अढैया तथा साढेसाती पनि शनि दोषको रूपमा मानिन्छ।

 

 

शनि दोष कहिले हुन्छ?

जब शनि मेष राशिमा हुन्छ, यो ग्रह मेष राशिमा नीचको मानिन्छ, जसका कारण यसलाई शनि दोष पनि भनिन्छ। यस बाहेक यदि शनि शत्रु राशिमा छ भने, यसले पनि जातकलाई समस्या गर्दछ। यदि शनि सूर्यको साथ छ र अस्त छैन भने पनि यो अवस्थामा शनि दोष रहन्छ। शनिको चन्द्रमाको साथ उपस्थिति पनि अशुभ हुन्छ। समग्रमा यदि शनि नीच राशिमा छ, सूर्य वा चन्द्रमाको साथ युति बनाएको छ वा तिनीहरु माथि दृष्टि छ भने यस अवस्थामा शनि दोष बन्दछ।

शनिको अढैया: चन्द्र राशि अनुसार जब शनि चौथो वा आठौं घरमा हुन्छन्, तब यस अवस्थालाई शनिको अढैया भनिन्छ। यस समयमा जातकलाई शारीरिक, मानसिक र आर्थिकमा धेरै पीडा हुन सक्छ र जीवन समस्याग्रस्त हुन्छ।

शनिको साढेसाती: चन्द्र राशि अनुसार जब शनि पहिलो, दोस्रो वा बाह्रौं राशिमा हुन्छ, यसलाई शनिको यस अवस्थालाई साढेसाती भनिन्छ।

 

शनि दोषबाट कसरी बच्ने ?

जब शनिको कुदृष्टि जातकको जीवनमा पर्छ, उसले पाइला -पाइलामा ठोकर खानु पर्छ वा जीवनको हरेक क्षेत्रमा समस्याको सामना गर्नुपर्छ । सफलताको शिखर रहेर आकाश छुने सपना देख्ने व्यक्ति पनि सडकमा आउँछ। घर, व्यवसाय, जीवनको हरेक चरणमा अँध्यारो छाउँछ। जुन उदेश्य लिएर काम गरिन्छ त्यो सफल हुँदैन र त्यसको विपरीत परिणाम मिल्दछ। समग्रमा त्यस व्यक्तिले मात्र शनिको प्रभावलाई सही तरीकाले बुझ्न सक्दछ, जसले यो कुरा भोगेको हुन्छ। शनिदेवलाई क्रूर वा दुष्ट ग्रह भनिन्छ तर वास्तवमा उनको भूमिका न्यायधीशको हो। शनिदेवले "जस्तो कर्म त्यस्तै फल" सिद्धान्तमा न्याय र सजाय दिन्छन्।  त्यस्ता केहि उपचारहरू छन् जुन व्यक्तिले जानाजानी वा अन्जानमा गरेको उसको पापको प्रायश्चित गर्न सक्छ।

 

शनि दोषको नकरात्मक प्रभावबाट बच्न शनिदेवको पूजा गर्नुपर्छ र तेल, रायो, मास आदि दान गर्नुपर्दछ। भगवान हनुमानको पूजा गर्दा पनि शनिदेवको दोष कम हुन्छ। भगवान शिवको पूजा गर्दा र विशेष गरी शिव मन्त्रहरूको जप गर्दा पनि शनि दोषबाट छुटकारा पाउन सकिन्छ। पीपललाई सबै देवताहरूको निवासस्थलको रूपमा लिइन्छ, त्यसैले पीपलको रूखमा जल चढाएर र बत्ती बालेर पनि शनिदेवलाई प्रसन्न तुल्याउन सकिन्छ। शनि मन्त्र पनि जप गर्न सकिन्छ। शनिबार वा शनि जयंतीमा शनिदेवको विधिवत पूजा गर्दा शनि दोष पनि हटाउन सकिन्छ। शनि दोष पत्ता लगाउन र शनि दोष हटाउने उपायहरू जान्न तपाईंले विद्वान् ज्योतिषीहरुसँग परामर्श लिनुपर्छ।

 

यो पनि पढ्नुहोस्। 

साढेसाती तथा अढैया दशा भनेको कस्तो हो र यसको फल कस्तो हुन्छ ?    

 तीन चरणको शनिको साढेसाती, साढेसातीको लक्षण र उपायहरु    

शनि ग्रहको दोषको लक्षण र उपायहरु

शनि ग्रह उत्पत्तिको पौराणिक आख्यान   

शनिको क्रूर दृष्टिको रहस्य  

शनि ग्रह सम्बन्धि केहि जानकारीहरु

 
  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish