शनिको क्रूर दृष्टिको रहस्य

हाम्रो समाजमा वैदिक ज्योतिषमा विश्वास गर्ने व्यक्तिहरु सामान्यतया शनिको प्रभाव वा शनिको दृष्टिको कुरा गर्दा भयभीत हुने वा अनिष्ट हुनेतिर सोच्छन्। तर वास्तवमा शनिदेव न्यायका देवता भएकाले शनि ग्रहले शुभाशुभ दुवै फल प्रदान गर्दछ। अन्य ग्रहहरुले जस्तै शनिले पनि आफु बसेको भाव तथा राशि अनुसार शनि बलियो वा कमजोर कस्तो रहेको छ, त्यो अनुसार नै फल प्रदान गर्दछ। हामी यो लेखको माध्यमबाट यो जान्नेछौँ कि शनिको दृष्टि कसरी क्रुर भयो ? यसको पौराणिक उपाख्यानको बारेमा चर्चा गर्नेछौं।  

ब्रह्म पुराणमा उल्लेख भएअनुसार शनिश्चर सानैदेखि भगवान् विष्णुका परम भक्त थिए । प्रत्येक समय उनी ध्यानमा मग्न हुने गर्दथे । विवाह योग्य उमेरभएपछि उनको विवाह चित्ररथ नामक गन्धर्वकी जेठी छोरीसित हुनपुग्यो । यिनकी पत्नी पनि धार्मिक स्वभावकी थिईन् । उनी परम सतीसाध्वी र तेजस्वी थिईन् ।    कुनै समयको रात्रीकालमा शनिदेवकी पत्नीले उनीसँग ऋतुदानको कामना गरिन्, तर त्यति वेला उनी भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थिए । कामातुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो, परिणामतः उनको ऋतुदर्शन निष्फल हुनपुग्यो । त्यसैले शनिकी कामक्रुद्धा पत्नीले उनलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिईन् - आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश होस् ।   

यसरी कामावेगमा आफ्ना पतिलाई सराप्न त सरापिन् तर पछि आफुले गरेको गल्तीमा उनलाई पछुतो भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिश्चरमा थिएन, त्यसैले त्यसपछि यथासम्भव आफ्नो दृष्टि कसैमा नपरोस् भनी उनी टाउको निहुर्याएर बस्न थाले । शनिश्चर सदैव आफ्ना कारणले कसैले पनि अरिष्ट व्यहोर्नु नपरोस् भन्ने चाहना राख्ने ग्रह हुन् भन्ने मान्यता छ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish