साढेसाती तथा अढैया दशा भनेको कस्तो हो र यसको फल कस्तो हुन्छ ?

के हो शनिको साढेसाती र अढैया दशा ?

पुराणका अनुसार शनि सूर्यका छोरा हुन् र संसारका हरेक प्राणीलाई आफ्नो आफ्नो कर्म अनुसारको फल दिनका लागि एकमात्र न्यायाधीशको काम गर्न खटिएका देवता हुन् । तसर्थ शनिको दृष्टिमा कोही आफ्नो र कोही पराया छैन । पौराणिक कथाहरुमा भगवान् शिवलाई समेत शनि लागेका कथा प्रसंग आउनाले पनि शनिको शक्तिको अनुमान गर्न सकिन्छ । जब शनिग्रह एक राशिबाट अर्को राशिमा गोचर गर्छन्, त्यसबेला कुनै राशिलाई साढेसाती लागेको हुन्छ । उदाहरणका लागि यदि शनि ग्रह मेष राशिमा छ भने मेष राशिका मानिसलाई मध्य मेषभन्दा एक अगाडिको राशि मीनलाई अन्त्य र मेषभन्दा एक पछाडिको राशि वृषलाई आद्य साढेसातीको दशा लाग्छ । त्यस्तै, यो अवस्थामा मकर राशिलाई सुरुको र कन्या राशिलाई दोस्रो अढैया लाग्छ । ज्योतिषीय नियम अनुसार आद्यभन्दा मध्य र मध्यभन्दा अन्त्य साढेसाती कडा हुन्छ । त्यस्तै, सुरुको भन्दा अन्त्यको अढैया बढी कडा हुन्छ ।

साढे साती तथा अढैयाको प्रभाव र न्यूनीकरणका उपाय

यस्तो अवस्थामा साढेसाती तथा अढैया लागेका राशिका मानिसको जीवनमा महत्वपूर्ण उतारचढाव आउने कुरा एकातिर ज्योतिषशास्त्रले बताउँछ भने अर्कोतिर विभिन्न अनुसन्धानहरुले पनि यो कुराको पुष्टि गरेका छन् । तर शनिको साढेसाती र अढैया सबैलाई खराब चाहिँ हुन्न । व्यक्तिको जन्म कुण्डलीमा शनि ग्रहलाई हेरेर मात्र दशाफल बताउन सकिन्छ । कसैलाई यी दशा समयहरु असाध्यै राम्रो पनि हुन सक्छन् । सबैले बुझ्ने भाषामा भन्नुपर्दा व्यक्तिको जन्मकुण्डलीमा शनि भएको ठाउँमा ७ को अंक भएमा वा लग्नबाट तेस्रो, छैटौं र एघारौं कोठामा बलवान् शनि ग्रह बसेको भए त्यस्ता व्यक्तिलाई यी दशाहरु शुभफलदायी हुन्छन् । जसबाट मानसम्मान बढ्ने, मेलमिलापमा वृद्धि, रोजगारीमा पदोन्नति, घरजग्गा जोडिने आदि शुभफल हुन्छ । यदि ती स्थानमा शनि छैन भने ती व्यक्तिको शनि खराब हुन सक्छ र दशाको फल प्रतिकूल हुन्छ ।

माथि भनिएझैं साढेसाती तथा अढैया हामीले सोचे जस्तो आफैंमा खराब हुँदैन । तर पनि ज्योतिषीय मान्यतामा शनि पाप र दुःखदायी ग्रह भएकाले यसको प्रभाव मानिसको जीवनमा नकारात्मक नै हुन्छ । बढी खर्च हुने, काम ढिला हुने, मानसिक अशान्ति, र वाहनबाट दुःख हुने शनिका मुख्य प्रभावहरु हुन् । यसको राम्रो र खराब पक्ष थाहा पाउन ज्योतिषीसँग परामर्श लिनुपर्छ ।

यदि जन्म समयमा शनि खराब रहेछ भने पनि त्यसको प्रतिकूल प्रभावबाट बच्ने वा न्यूनीकरण गर्ने उपायहरु शास्त्रले बताएको छ । यदि खराब साढेसाती वा अढैया छ भने त्यस्तो अवस्थामा केही उपाय गरेर प्रतिकूल प्रभावबाट बच्न सकिन्छ । यसको मतलव यी कुराहरु ज्योतिषशास्त्रमा विश्वास गर्ने जोकोहीले मान्नुपर्ने कुरा हुन् । ती उपायहरु वैदिक वा तान्त्रिक मन्त्रोपचार विधि, यन्त्र विधि, रत्न धारण विधि वा अरु पूजापाठका उपचार विधि हुन सक्छन् । मन्त्रोपचार विधिमा निश्चित समयमा मन्त्र जप गर्ने र गराउने तथा दान धर्मका कुरा आउँछन् भने यन्त्र र रत्नचाहिँ धारण गर्नुपर्छ । शनिको रत्न नीलम हो ।  यी उपायहरु ज्योतिषीको परामर्श अनुसार गर्नुपर्छ ।

  • Mero Jyotish

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish