राशिफल

  • आजको
  • साप्ताहिक
  • मासिक
  • यो वर्ष

31 वैशाख २०७७

राशीराशिफल
mesh rashiचु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पति÷पत्नीका बीचमाको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।

brish rashiइ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

 

mithun rashiका, कि, कु, घ, ङ, छ, के, को, ह

समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहने छ ।

karkat rashiहि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । 

 

singa rashiमा, मि, मु, मे, मो, टा, टि, टु, टे

झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ ।

kanya rashiटो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

tula rashiर, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।

brischik rashiतो, ना, नि, नु, ने, नो, या, यि, यु

 महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहने छन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् ।

Dhanu rashiये, यो, भ, भि, भु, ध, फा, ढ, भे

एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।

makar rashiभो, ज, जि, खि, खु, खे, खो, गा, गि

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । 

 

kumba rashiगु, गे, गो, सा, सि, सु, से, सो, द

वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

Min Rashiदि, दु, थ, झ, ञ, दे, दो, च, चि

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।

26 वैशाख २०७७ – 01 जेठ २०७८

राशीराशिफल
mesh rashiचु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिका लागि यो साता मिश्रित रहनेछ। आईतबार र सोमबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । काममा बढि दौडधुप हुने तर उपलब्धि भने कम हात लाग्नेछ। मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । नयाँ सवारी साधन जोड्ने योग छ । व्यापार व्यवसायमा विस्तार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । सचेत रहनुहोला ।

brish rashiइ, उ, ए, ओ, बा, बि, बु, बे, बो

साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यवसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यवसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइमा कमजोरी देखिन सक्ने हुनाले बढि ध्यान दिनु आवश्यक छ ।

mithun rashiका, कि, कु, घ, ङ, छ, के, को, ह

मिथुन राशिका लागि यो साता उत्तम रहने देखिन्छ । कर्म स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले यो साता नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यवसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन्। 

karkat rashiहि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर नवम भावमा रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय बाट पनि उचित लाभ मिल्नेछ । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । परिवारका सदस्य सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ ।

singa rashiमा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा आईतबार र सोमबार चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्य सम्बन्धि समस्या देखिन सक्नेछ । कतिपय कार्यमा शत्रुबाधा भएर काममा रोकावट हुन सक्नेछ । मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । व्यवसाय बाट उचित लाभ मिल्नेछ । विद्यार्थीलाई अध्ययन कार्यमा मन जानेछ । सामान्य यात्राको योग छ ।

kanya rashiटो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशिका लागि यो साता मिश्रित रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले सुन्दरता एवं भोग विलासमा मन जान सक्नेछ। जिवनसाथी सँग रमाईला पल हरु व्यतित हुने योग छ । साझेदारीका कार्यबाट लाभ हुने एवं व्यापारिक कार्यका लागि यात्रा हुने योग छ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । विद्याथीृको पढाई भने कमजोर हुन सक्नेछ । राम्रो ध्यान दिनु आवश्यक छ ।

tula rashiर, रि, रु, रे, रो, ता, ति, तु, ते

तुला राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले शत्रुहरु पराजित हुने छन । मातृ एवं मामली पक्ष बाट साथ र सहयोग प्राप्त हुन सक्नेछ । आफ्ना सन्तान बाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । 

brischik rashiतो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशिका लागि यो साता शुभ रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले बौद्धिक एवं सामाजिक कार्यमा सक्रियता बढ्नेछ। यो साता शारिरिक तथा मानसिक अवस्था सबल रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक छ ।

 

Dhanu rashiये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धनु राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले आईतबार र सोमबार केहि कमजोर दिन रहेका छन। विशेष गरि स्वास्थ्य अवस्था कमजोर हुने एवं घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा महत्व पूर्ण सुधार हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। यि दिनहरुमा साथीभाई सँग रमाइलो कुराकानी हुने, उनिहरुको साथ र सहयोग प्राप्त हुने देखिन्छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । 

makar rashiभो, ज, जि, खि, खु, खे, खो, गा, गि

मकर राशिका लागि यो साता शुभ रहेको छ । शाताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने देखिन्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ ।

kumba rashiगु, गे, गो, सा, सि, सु, से, सो, द

साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहनेछ। यो साता व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुनेछ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट लाभ हुनेछ । अध्ययन अध्यापन कार्य कमजोर रहनेछ । विद्यार्थीका लागि प्रतिकुल रहेको छ । नोकरी गर्नेहरुका कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ ।

Min Rashiदि, दु, थ, झ, ञ, दे, दो, च, चि

मीन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर पहिलो घरमा रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ । तपाईको कार्यको प्रशंसा हुनेछ । यो साता आर्थीक अवस्था मिश्रित रहनेछ । साथी भाई सँग रमाईलो भेटघाट हुने एवं सहकार्य हुने अवसर जुट्नेछ। व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्न सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोच का साथ परिश्रम गर्नु आवश्यक छ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

१ वैशाख २०७८ - ३० वैशाख २०७८

राशीराशिफल
mesh rashiचु, चे, चो, ला, लि, लु, ले, लो, अ

समय राम्रो रहेको छ। आफन्त वा साथीभाईको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ। पदीय उन्नति हुनेछ। मनोरन्जनको क्षेत्रमा खर्च हुन सक्छ। नँया सामान खरिद गरिनेछ। नँया काममा गरिएको लगानीले महत्वपूर्ण फाइदा दिलाउन सक्नेछ। महिनाको अन्त्यतिर काममा सामान्य समस्या आउन सक्छ। 

 

 

brish rashiइ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आर्थिक बिषयलाई लिएर मन दोधार रहन सक्छ। किनबेच सम्बन्धि कामहरु राम्रो हुन सक्छ। अरुलाई पैसा दिदा विचार गर्नुपर्छ। आम्दानीमा सामान्य वृद्धि हुन सक्छ। अनाबश्यक खर्च बढ्न सक्नेछ। काममा ढिलासुस्ती हुन सक्छ। नँया लगानी गर्दा पनि विचार पुर्याउनु पर्ला। 

mithun rashiका, कि, कु, घ, ङ, छ, के, को, ह

शेयर बजार वा अन्य दीर्घकालीन क्षेत्रमा लगानी हुन सक्छ। पहिले लगानी गरेका क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुन सक्छ। नोकरीबाट पनि आर्थिक उन्नति वा राम्रो धन प्राप्त हुन सक्ने रहेको छ। काममा रहेको बिघ्नबाधा हट्नेछ। रोकिएका आर्थिक लेनदेनहरु पनि मिल्नेछ। 

karkat rashiहि, हु, हे, हो, डा, डि, डु, डे, डो

नँया काम वा व्यवसाय सुरु गर्न सक्ने समय छ। प्रशासनिक क्षेत्रबाट पनि सहयोग प्राप्त हुनेछ। गरिरहेको काममा पदोन्नति हुने वा नँया जिम्मेवारी मिल्न सक्नेछ। आम्दानी पनि राम्रो हुन सक्नेछ।

singa rashiमा, मि, मु, मे, मो, टा, टि, टु, टे

महिनाको सुरु र मध्यको समयमा कामबाट अपजस आउन सक्ने, काममा सामान्य रोकावटले पनि आर्थिक समस्या आउन सक्ने रहेकोछ। महिनाको मध्यतिरबाट काममा रहेको अबरोध हट्ने, रोकिएको आर्थिक लेनदेन मिल्ने र आर्थिक क्षेत्रबाट केहि सन्तुष्टि मिल्न सक्ने छ।

kanya rashiटो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा काम गर्नाले आर्थिक हानी हुनसक्छ। अचानक स्वास्थ्य समस्या देखा पर्नसक्छ । अनावश्यक विवाद हुनसक्छ । प्रतिस्पर्धी बलियो हुने र विश्वासघात हुन सक्ने रहेको छ। राम्रोसँग सोचविचार गरेर अगाडि बढ्दा महिनाको अन्त्यतिर काम र आर्थिकमा सामान्य सुधार हुन सक्छ।

tula rashiर, रि, रु, रे, रो, ता, ति, तु, ते

पारिवारिक समस्याले काममा अलिक ध्यान दिन समस्या भएपनि मेहनत गर्दा राम्रो प्रगतिको अवसर मिलन सक्छ। धन संचय पनि हुन सक्नेछ। रचनात्मक काममा रुचि हुनेछ। मनोरंजन वा पारिवारिक क्षेत्रमा खर्च हुन सक्छ।

brischik rashiतो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुवाती समय अनुकुल रहन सक्नेछ । साथीभाईको सहयोग मिल्नुका साथै नँया काम सुरु गर्ने अवसर पनि मिल्न सक्छ। आर्थिक पक्ष सुुदृढ हुनेछ । महिनाको मध्यतिर मानसिक तनाब बढ्नाले काम सम्पन्न गर्न समस्या हुन सक्ने र विरोधीहरुले काम बिगार्न सक्ने भएकाले ध्यान दिनुपर्नेछ। महिनाको अन्त्यतिर रोकिएका कामहरु बन्ने, रचनात्मक काममा रुचि बढ्ने रहेको छ। 

 

Dhanu rashiये, यो, भ, भि, भु, ध, फा, ढ, भे

महिनाको सुरुवाती समय काममा जिम्मेवारी बढ्न सक्ने, कार्य सम्पादन राम्रो सँग गर्न सकिने छ। महिनाको मध्यमा व्यक्तिगत वा पारिवारिक क्षेत्रका समस्याले गर्दा काममा पनि असर गर्न सक्छ। महिना अन्त्यमा काममा सुधार र आर्थिक उन्नतिको अवसर आउन सक्छ।

 

makar rashiभो, ज, जि, खि, खु, खे, खो, गा, गि

महिनाको सुरुवाती समयमा काममा केहि अबरोध आउने, अनाबश्यक विवाद हुने र खर्च धेरै हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने छ। महिनाको मध्यतिर पनि कामबाट जस नमिल्ने, विरोधी आफूभन्दा बलियो हुन सक्ने रहेको छ। महिनको अन्त्यतिर काम र आर्थिकमा सुधार देखिन सक्छ।

kumba rashiगु, गे, गो, सा, सि, सु, से, सो, द

कामबाट आफ्नो प्रतिष्ठा बढाउन सकिनेछ। विरोधीहरु परास्त हुनेछन्। नँया लगानीको अवसर आउन सक्छ। पूर्व सन्चित धनहरुमा वृद्धि हुन सक्छ।  योजनाअनुुरूप काम सम्पन्न हुुनेछन् । आर्थिक लाभ हुुनसक्छ । खर्च पनि बढ्न सक्ने छ। 

Min Rashiदि, दु, थ, झ, ञ, दे, दो, च, चि

समय सामान्य रहेको छ। आर्थिक लेनदेन गर्दा विचार पुर्याउनु पर्छ। विश्वास गरेकाबाट विश्वासघात हुन सक्छ। काममा सामान्य प्रगति हुनेछ। आर्थिक कारोबारमा ध्यान दिएर काम गर्दा आर्थिक क्षेत्र राम्रो रहन सक्नेछ।

१ वैशाख २०७८ देखि ३० चैत २०७८

राशीराशिफल
mesh rashiचु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिका लागि यो वर्ष सफल रहनेछ । तपाईका लागि मुख्य ग्रहहरु यो वर्ष शनि दशम भावमा, राहु द्धितीय भाव, केतु अष्टम भाव र बृहस्पती लाभ स्थानमा गोचर गर्नेछन । यो वर्ष तपाईको आर्थीक जिवन सकारात्मक रहनेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । बिदेश सँग सम्बन्धित तथा आयात निर्यात सँग सम्बन्धित कारोबार बाट उच्च मुनाफा आर्जन हुनेछ । यनोकरी मा प्रवेश गर्न चाहने हरुका लागि शुभ संकेत हुनेछ । तर तपाईले सोचे भन्दा बढि मेहेनत भर्ने गर्नू आवश्यक छ । यो वर्ष तपाईको पारिवारिक अवस्था मिश्रित हुनेछ । आफ्नो जिवन साथी सँग समय समयमा गम्भिर विवाद पर्न सक्नेछ । बुबा आमाको स्वास्थ्यमा समस्याका कारण पनि घरपरिवारमा समस्याहरु आउन सक्नेछन । सुझबुझका साथ व्यावहार गर्नु आवश्यक देखिन्छ । यो वर्ष तपाईको प्रेम सम्बन्ध भने सुमधुर रहनेछ। प्रेम विवाहमा परिणत हुन सक्नेछ । तपाईले यो वर्ष तपाईलाई सोचे जस्तै प्रेमी सँग भेट हुने अवसर जुट्नेछ । बिद्यार्थीका लागि यो वर्ष उत्तम रहनेछ । विशेष गरि वर्षको मध्य भाग देखि विभिन्न नयाँ अवसर हरु आउन सक्नेछन । अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुका लागि सफलता प्राप्त हुनेछ ।

brish rashiइ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वृष राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु शिरमा, केतु सप्तम भावमा, शनि भाग्य स्थानमा र बृहस्पती अप्रील सम्म नवम भावमा र त्यसपछि दशम भावमा गोचर गर्नेछन । यो वर्ष तपाईको आर्थीक अवस्था मिश्रित रहनेछ । आफुले तिर्नु पर्ने दायित्व बढ्ने तर आफ्नो उठनु पर्ने रकम नउठ्नाले चिन्ता बढ्न सक्नेछ । तर तपाईको कारोबार बाट बेला बेला आफ्ना आफन्त बाट सहयोग मिल्नाले कामहरु बन्न सक्नेछन । यो वर्ष नोकरी गर्नेहरुका लागि शुभ समय रहनेछ । कार्यक्षेत्रमा उन्नती प्रगती र बढुवाको योग समेत बन्नेछ । व्यापार व्यावसायमा संलग्न हरुले सहि योजनाका साथ बढि परिश्रम गर्नु आवश्यक छ । बिद्यार्थीहरुका लागि यो वर्ष मिश्रित रहनेछ । पढाईमा बाधा व्यावधानहरु आउने सम्भावना देखिन्छ । चुनौतीपूर्ण अवस्थामा पनि तपाईले सुझ बुझका साथ अध्ययन कार्य लाई सफल बनाउन लागि रहनु आवश्यक छ । बिदेशमा अध्ययन गर्न जानेहरुले समेत बिभिन्न कठिनाई हरुको सामना गर्नु पर्नेछ । यो वर्ष तपाईको पारिवारिक सम्बन्ध सकारात्मक हुनेछ । परिवारमा मांगलिक कार्यहरुको आयोजना हुनेछ । परिवारका सदस्य बीच एकआपसमा सदभाव, सहयोग आदान प्रदान हुनेछ । बैवाहिक सम्बन्ध सुमधुर रहनेछ । सानातिना मदभेद देखिए पनि त्यसले ठुलो समस्या ल्याउने छैन । यो वर्ष तपाईको प्रेम जिवन सफल रहनेछ । हरेक सुख दुखमा प्रेमी बाट भरपुर साथ र सहयोग हुनेछ ।

mithun rashiका, कि, कु, घ, ङ, छ, के, को, ह

मिथुन राशिका लागि समग्रमा यो वर्ष सफल रहनेछ । वर्षको शुरुवातमा आर्थीक अवस्थामा महत्वपूर्ण सुधार हुनेछ । तर बर्षको मध्यभाग तिर धन हानी हुने सम्भावना देखिन्छ । विशेष गरि लेनदेनमा विशेष सावधानी अपनाउनुहोला । व्यापारी हरुका लागि सकारात्मक समय रहनेछ । बेला बेला उतार चढाव देखिए पनि व्यापार व्यावसाय प्रतिफल युक्त नै रहनेछ । यो वर्ष तपाईको पारिवारिक जिवन शुभ रहनेछ । तपाई लाई अप्ठ्यारो पर्दा परिवारका सदस्यबाट सहयोग हुनेछ । बिबाहित व्यक्तिहरुका लागि हेर्दा पति पत्नी बीच जिद्धिपनका कारण तनाव उत्पन्न सक्नेछ । संयम रहनुहोला । सन्तान बाट भने सुख प्राप्त हुनेछ । बिद्यार्थीहरुका लािग यो वर्ष सामान्य रहनेछ । आफुले चाहे जस्तो सफलता प्राप्त गर्न लक्ष्य निर्धारण गरि निरन्तर प्रयास गर्नु आवश्यक देखिन्छ । यो वर्ष तपाईका लागि प्रेम जिवन सामान्य रहनेछ । नयाँ व्यक्ति भेट भएर प्रेम सम्बन्धको शुरुवात हुने वातावरण बन्न सक्छ । स्वास्थ्य अवस्था कमजोर भएर समस्या आउन सक्छ । आफ्नो आहार बिहारमा बिशेष सावधानी अपनाउनु उत्तम हुनेछ ।

karkat rashiहि, हु, हे, हो, डा, डि, डु, डे, डो

यस वर्ष कर्कट राशिका व्यक्तिहरुलाई कैयौं संकटबाट मुक्ति मिल्ने छ। व्यवसाय वा रोजगारका लागि यो समय तुलनात्मक रूपमा राम्रो रहनुका साथै काममा पदोन्नती अथवा स्थानान्तरणको पनि तिब्र सम्भावना रहेको देखिन्छ। विवाह सम्बन्धी वार्ताहरु सफल रहनेछ। दैनिक व्यवसायमा अत्यधिक लाभको सम्भावना रहनुका साथै रोजगारका लागि गरेको प्राय: सबै प्रयास सफल रहनेछ। कृषि तथा पशुपालनमा पनि फाइदा हुने देखिन्छ। कर्कट राशिका व्यक्तिहरुले यस वर्ष, व्यर्थ भागदौडको सामना गर्नुपर्ने देखिन्छ। बन्ने कामहरुमा पनि केहि अवरोधहरु देखा पर्न सक्छ। यस वर्ष, ब्यापारिक यात्राबाट पनि कुनै लाभ हुने देखिदैन। आफ्नो स्वास्थ्यमा निकै ध्यान दिनुहोला। गोप्य शत्रुहरूबाट बच्नुहोला। केहि नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, निकै सोच-विचार गरेर मात्रै लगानी गर्नुहोला।

singa rashiमा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो वर्ष सिंह राशिका व्यक्तिहरु सामाजिक कार्यमा सक्रिय रहनुका साथै मान-सम्मान पनि पाउने देखिन्छ। सन्तान सम्बन्धित चिन्ताहरुबाट मुक्ति मिल्नुका साथै नयाँ दम्पतीहरुका लागि सन्तान प्राप्तिको पनि सम्भावना सिर्जना भइरहेको देखिन्छ। बिद्यार्थीहरुले शिक्षा र प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त गर्नेछन्। आवेदन गर्नुपरेमा अथवा सरकारीस्तरबाट कुनै पनि प्रकारको लाभ लिनुपरेमा, यो वर्ष निकै शुभ साबित हुने देखिन्छ।यी व्यक्तिहरुले लिएको निर्णय अथवा गरेका कार्यहरूको पनि सबैले प्रशंसा गर्नेछन्।यस वर्ष, गोप्य शत्रुहरूबाट जोगिनु पर्ला। आर्थिक संकट आउन सक्ला। यसका लागि अहिलेदेखिनै सावधान रहनुहोला र व्यर्थ खर्छबाट बच्नुहोला। विवादित मामिलाहरूलाई वेवास्ता गर्नुहोला। ऊर्जावान र उत्साहित महसुस गर्नाले, कहिलेकाँही चाँडै निर्णय लिन सक्नुहुन्छ, ध्यान पुर्याउनुहोला।

kanya rashiटो, प, पि, पु, ष, ण, ठ, पे, पो

यस वर्ष रोजगारीका लागि गरिएका सबै प्रयासहरु सफल होला। राजनीतिक वा सामाजिक कार्यबाट निकै लाभ मिल्नेछ। प्रतिष्ठा पनि बढ्ने देखिन्छ। राजनीतिमा प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि यो वर्ष निकै शुभ सावित हुनेछ। स्थान परिवर्तनका लागि पनि राम्रो योग रहने देखिन्छ। बिद्यार्थीहरुले राम्रो फल प्राप्तिका लागि यस वर्ष पहिलेकोभन्दा अलि बढी मिहेनत गर्नुपर्ने देखिन्छ। नव दम्पत्तिका लागि सन्तान प्राप्ति र प्रादुर्भावको योग रहने देखिन्छ। यो वर्ष स्वास्थ्यको लागि प्रतिकूल रहने देखिन्छ। पैसाको लेनदेन गर्दा निकै सावधानी अपनाउनुहोला। दिईएको ऋण चाँडै फिर्ता नआउने योग रहेको हुदाँ, ऋण दिन इच्छुक हुनुहुन्छ भने, असोज पछि मात्रै लेनदेन गर्नुहोला। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्ला। केहि समयका लागि, विवाहसँग सम्बन्धित मामिलामा ढिलाइ हुनुका साथै, दैनिक व्यवसायमा पनि गिरावट आउने देखिन्छ।

tula rashiर, रि, रु, रे, रो, ता, ति, तु, ते

यस नयाँ वर्ष, व्यापार वर्गका लागी निकै राम्रो रहनेछ। घर तथा सवारी खरीदको पनि सम्भावना देखिन्छ। कार्यक्षेत्रमा सफलता प्राप्त गर्ने देखिन्छ। राजनीति वा राजनीतिज्ञसँग गहिरो सम्बन्ध बन्ने योग रहेको हुदा सरकारसँग सम्बन्धित कामहरूका लागि यो वर्ष निकै लाभदायक साबित हुनेछ। यदि विदेशी नागरिकताका लागि अथवा वैदेशिक रोजगारको भिसाका लागि आवेदन दिन चाहानुहुन्छ भने, यस वर्ष तुलनात्मक रूपमा राम्रो हुने देखिन्छ। परिवारका सदस्यका स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्नाले मन बिचलित रहनेछ। चोरीको योग रहेको हुदा, यात्रा गर्दा आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला। असार मसान्तसम्म, पारिवारिक कलह र मानसिक अशान्तिको सामना गर्नुपर्ने देखिन्छ। यात्राको पूरा आनन्द प्राप्त गर्नुका साथै, यात्रामा अत्याधिक खर्च हुने देखिन्छ। अनीति र अन्यायको सिकार हुनसक्ने योग रहेको हुदा बुद्धिविवेकले काम लिनुपर्नेछ।

brischik rashiतो, ना, नि, नु, ने, नो, या, यि, यु

यो वर्षले, यस राशिका व्यक्तिहरुलाई साहसी र शक्तिशाली बनाउँनेछ। यस राशिका व्यक्तिहरुले लिएको प्राय: सबै निर्णयहरुमा सफलता प्राप्त गर्नेछन्। आकस्मिक धन प्राप्तिको योग रहेको छ। परिवारका सदस्यहरुबाट सहयोग प्राप्ति हुने देखिन्छ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध राख्दा, राजनीतिज्ञहरुसंग पनि गहिरो सम्बन्ध गठन हुने देखिन्छ। समाजमा पद तथा प्रतिष्ठा बढ्नेछ। पदोन्नति र स्थानान्तरणका लागि पनि राम्रो योग रहेको देखिन्छ। तपाईंको निर्णय र तपाईंद्वारा गरिएका कामहरुको सबैले प्रशंसा गर्नेछन्। गोप्य शत्रुहरुबाट बच्नुहोला। कार्यस्थलमा तपाईको बिरूद्ध षडयन्त्रहरू रच्ने योग रहेको हुदा, निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। परिवारमा दाजु-भाइहरुसंग मतभेद हुने योग रहेको हुदा, झैँ-झगडाबाट टाढै रहनुहोला। अत्याधिक उत्साहका साथ केहि नसोची निर्णय लिदा सामाजिक विरोधको सामना गर्नुपर्ला।

Dhanu rashiये, यो, भ, भि, भु, ध, फा, ढ, भे

यस वर्ष धनु राशिका लागि निकै शुभ साबित हुनेछ। विवाद सम्बन्धित मामिलाहरूको समाधान हुनेछ। हराएको प्रतिष्ठा तथा मान-सम्मान फिर्ता आउने देखिन्छ। यो वर्ष धनु राशिका व्यक्तिहरुको आर्थिक पक्ष निकै मजबूत रहनेछ। शिक्षा प्रतिस्पर्धामा पनि सफलता प्राप्त हुने देखिन्छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्त मिल्नुका साथै सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि योग रहेको छ। धर्म-कर्म तथा सामाजिक कार्यका मामिलाहरुमा भाग लिने देखिन्छ। भाद्र मसान्तमा राहु र केतुको राशि परिवर्तनका कारण, शत्रुहरु शक्रिय हुनेछन्। त्यस समय, झगडाबाट जोगिनुहोला। तर यस वर्ष, विवाह सम्बन्धी वार्ताहरू भने सफल रहने देखिन्छ। यदि प्रेम विवाह गर्न चाहनुहुन्छ भने, यो वर्ष निकै शुभ हुनेछ।

makar rashiभो, ज, जि, खि, खु, खे, खो, गा, गि

यस वर्ष मकर राशिका लागि कुनै वरदान भन्दा कम हुने छैन। सावधानीपूर्वक काम गरे सोचेको भन्दा बढी सफलता प्राप्त हुनेछ। अर्को देशको नागरिकताको लागि आवेदन दिन चाहनुहुन्छ भने, यस समय सफलता प्राप्त गर्ने देखिन्छ। पारिवारिक जीवन सुखद रहने देखिन्छ। लामो समयदेखि अड्किएको धन फिर्ता पाइनेछ। सन्तान सम्बन्धित चिन्ताबाट पूर्ण स्वतन्त्रता महसुस गर्नुहुनेछ। यो समय ब्यापारिक वर्गका लागि पनि निकै लाभदायक साबित हुनेछ। स्वास्थ्यको हिसाबले भने केही अशुभ रहने देखिने हुदा यात्रा गर्दा निकै ध्यान पुर्याउनुहोला, दुर्घटनाबाट बच्नुहोला र जोर्नीको दुखाईको रोगबाट पनि बच्नुहोला। सामान चोरी हुने योग रहेको हुदा, यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। काम व्यवसाय बारे सचेत रहनुका साथै ऋण दिनुअघि निकै विचार पुर्याउनुहोला। चिढचिढापन पनि महसुस गर्न सक्ला।

kumba rashiगु, गे, गो, सा, सि, सु, से, सो, द

यस नयाँ वर्ष, कुम्भ राशिका व्यक्तिको साहस र पराक्रममा वृद्धि हुनेछ। कैयौँ समयदेखि रोकिएको कामहरु बन्ने छ। विदेश यात्राका लागि पनि शुभ संयोग बन्नेछ। नयाँ मानिसहरूसंग मेलजोल बढ्नेछ। यदि तपाई महिला भए पुरुष र पुरुष भए महिलाले तपाईंको कार्यक्षेत्रमा निकै सहयोग पुर्याउने देखिन्छ। शिक्षा तथा प्रतिस्पर्धामा सफलता प्राप्त होला। प्रेम विवाह गर्ने सोचमा हुनुहुन्छ भने यो योग निकै उपयुक्त हुनेछ। नयाँ जोडीका लागी सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि राम्रो योग बनिरहेको देखिन्छ। यस वर्ष, यस राशिका व्यक्तिहरुले कडा संघर्ष पछि मात्र वित्तीय लाभ प्राप्त गर्नेछन्। परिणाम स्वरुप, यस वर्ष आर्थिक संकटको पनि सामना गर्नुपर्ला। यस वर्ष निकै सावधानी अपनाउनु पर्ने देखिन्छ। आफ्नो जिम्मेवारी निभाउन कठिन् महसुस होला, धैर्यका साथ काम गर्नुहोला। पारिवारिक कलहको साथै स्वास्थ्यमा पनि केहि समस्याहरु देखापर्ला। यस वर्ष प्रत्येक कार्य वा निर्णय लिदा होसियारीका साथ लिनुहोला।

Min Rashiदि, दु, थ, झ, ञ, दे, दो, च, चि

यस वर्ष, मीन राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा विस्तार हुनेछ। ध्यानपूर्वक काम गरे जुनसुकै कार्यमा पनि सफलता पाउने देखिन्छ। अध्ययन तथा रोजगारीका लागि विदेश यात्राको साइत समेत जुर्न सक्ला। कुनै पनि प्रकारको प्रतिस्पर्धाहरुमा भाग लिन चाहनुहुन्छ भने, यो वर्ष उपयुक्त रहने देखिन्छ। विवाह वार्ता पनि सफल हुनेछ। विवाह वार्ता पनि सफल हुनेछ। अदम्य साहस र क्षमताको वृद्धि हुनेछ। काम र लिइएको निर्णयको सबैले प्रसंशा गर्नेछन्।नराम्रो संगतबाट टाढै रहनुहोला। स्वास्थ्यको दृष्टिबाट भने केही प्रतिकूल प्रभाव पर्न सक्ने हुदा, सावधान रहनुहोला। अत्यधिक ऊर्जावान र उत्साहित भएको फलस्वरूप आफ्नो जिद्द र आवेशलाई नियन्त्रणमा राखी काम गर्नुहुन्छ भने यो वर्ष यस राशिका लागि महत्वपूर्ण वर्ष साबित हुनेछ।