मंगल (Mars) ग्रहको मिथुन राशिमा गोचर, कस्तो रहला तपाईंको राशिमा यसको प्रभाव ?

वैदिक ज्योतिषमा मेष र वृश्चिक राशिको स्वामी ग्रह मंगल रहेको छ। मंगल ग्रहलाई क्रूर ग्रह मानिएको छ जुन भूमि, शक्ति, ऊर्जा, भाई, साहस, पराक्रम, शौर्य आदिको कारक रहेको छ। मंगल ग्रहको सम्बन्ध रातो रङ्ग सँग सम्बन्धित छ र यो ग्रहले ऊर्जा तथा जीवन शक्तिको प्रतिनिधित्व गर्दछ। यो ग्रह प्रत्येक राशिमा डेढ महिना (लगभग ४५ दिन) सम्म रहन्छ।

 

प्रत्येक व्यक्तिलाई मंगलको गोचरले आफ्नो स्थितिको आधारमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव पर्न सक्छ। यो ग्रहले जातकलाई आकर्षण, साहस र ज्ञान प्रदान गर्दछ। मंगल ग्रह २०७९ चैत २ गतेदेखि वृष राशिलाई छाडेर मिथुन राशिमा जानेछन्। आउनुहोस् जानौं मंगल ग्रहको मिथुन राशिको गोचरले बिभिन्न राशिमा पार्ने प्रभाव। 

 

 

मेष राशिमा मंगलको मिथुन राशिको गोचरको प्रभाव:
मंगल ग्रह यस गोचर अवधिमा मेष राशिबाट तेश्रो स्थानमा रहन्छन्, जुन भावले साहसको प्रतिनिधित्व गर्दछ, त्यसैले यो समयमा जातकले साहसिक निर्णय लिन सक्छ तर निर्णय लिँदा सतर्क रहनुपर्छ। जातकको स्वास्थ्य पनि सुधार हुन्छ। जागिरको परिवर्तनले  फायदा हुन सक्छ। विवाहित दम्पति तथा प्रेमी यो समयमा प्रसन्न रहन सक्छन्।

 

वृष राशिमा मंगलको मिथुन राशिको गोचरको प्रभाव:
यस गोचर अवधिमा मंगल ग्रह वृष राशिबाट दोश्रो स्थानमा रहन्छन्, जुन धनसँग सम्बन्धित छ। जातकको खर्चमा वृद्धि हुन सक्छ।  यो समयमा स्वास्थ्य सम्बन्धि समस्यामा आँखा सम्बन्धि समस्या हुन सक्छ।  यो समयमा ऊर्जा तथा सहनशक्तिमा वृद्धि हुन्छ। प्रेमी तथा विवाहित व्यक्तिहरुको लागि यो समय राम्रो रहन सक्छ।

 

मिथुन राशिमा मंगलको मिथुन राशिको गोचरको प्रभाव:
मंगल ग्रह यस गोचर समयमा मिथुन राशिबाट प्रथम भावमा अर्थात् मिथुन राशिमा नै रहन्छन्। जातकको लागि यो अवधि लाभकारी हुन्छ किनभने उनीहरुले नयाँ स्रोतबाट धन आर्जन गर्नेछन् । स्वास्थ्य सुधार तथा करियरमा नयाँ अवसर प्राप्त हुन सक्छ। आनन्द तथा सन्तोषको अनुभव हुन सक्छ। प्रेम सम्बन्ध तथा वैवाहिक जीवन पनि यो समयमा राम्रो रहन सक्छ।

मङ्गल ग्रहको दोषको लक्षण र उपायहरु

कर्कट राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
यो समयमा मंगल ग्रह कर्कट राशिबाट बाह्रौं भावमा गोचर गर्छन्। यस अवधिमा जातकले धनको समस्याबाट बच्नको लागि आफ्नो  ख़र्चमा नियन्त्रण गर्नु आवश्यक छ। व्यवसायीहरुले राम्रोसँग सोचविचार गरेर मात्र निर्णय लिँदा राम्रो हुन्छ।  स्वास्थ्यमा पनि यो समय ध्यान दिनुपर्छ। प्रेम तथा वैवाहिक जीवनमा विवाद आउन सक्ने भएकाले समझदारीमा रहंदा राम्रो रहला।

 

सिंह राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
सिंह राशिबाट यस गोचर अवधिमा मंगल ग्रहले एघारौँ स्थानमा गोचर गर्छन् र यो भाव लाभको भाव वा घर हो, जुन जातकको लागि लाभदायक रहन सक्छ। कार्यक्षेत्रमा उन्नतिको विभिन्न अवसर मिल्न सक्छ। यो समयमा जातकको प्रमोशन हुन सक्छ। यदि जातक पहिले विरामी रहेको थियो भने पनि स्वास्थ्य ठीक हुन सक्छ। मानसिक कष्टबाट मुक्ति मिल्न सक्छ। यो गोचर पेशा तथा व्यवसाय गर्नेहरुको लागि लाभदायक रहन सक्छ। प्रेम सम्बन्धमा रहेका तथा विवाहितहरुको लागि पनि यो अवधि विशेष रूपले लाभदायक रहन सक्छ।

 

कन्या राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
यस गोचरको समयमा मंगल ग्रह कन्या राशिबाट दशौँ स्थानमा गोचर गर्ने भएकाले यो समयमा कन्या राशिका व्यक्तिहरुलाई शुभ फल मिल्न सक्छ। यो अवधिमा जातकको प्रेम, आर्थिक तथा वैवाहिक स्थितिमा सुधार हुन सक्छ। पुरानो समस्याहरुको समाधान हुन्छ। यस समयमा जातकलाई भावनात्मक कमजोरी हुन सक्छ, तर ऊ तनावबाट मुक्त हुन सफल हुन्छ। व्यवसायीहरुलाई नयाँ अवसर मिल्न सक्छ, त्यस्तै जागिर गर्नेहरुको आर्थिक क्षेत्रमा वृद्धि हुन सक्छ। प्रेम सम्बन्धमा केहि उतार-चढाव आउन सक्छ। दम्पतीको वीचमा केहि असमझदारी पनि रहन सक्छ। 

मङ्गल ग्रहको स्वरुप र मङ्गलसँग सम्बन्धित विषयहरु

 

 

तुला राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
यस गोचर समयमा मंगलको गोचर तुला राशिबाट नवौँ घरमा रहन्छ, जसको फलस्वरुप जातकलाई विभिन्न लाभहरु मिल्न सक्छ। यो समयमा नयाँ व्यवसाय वा काममा लगानी गर्नबाट भने बच्नुपर्छ।  व्यवसायी तथा जागिरे दुवैले यो समयमा नयाँ अवसर पाउन सक्ने सम्भावना छ। यो समयमा स्वास्थ्य सामान्य रहन सक्छ भने प्रेम तथा वैवाहिक सम्बन्ध पनि सामान्य रहन सक्छ।

 

वृश्चिक राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
वृश्चिक राशिका जातकहरुको लागि मंगल ग्रहको मिथुन राशिको गोचर चुनौतीपूर्ण हुन सक्छ। मंगल ग्रह अष्टम भावमा गोचर गर्छन्, जुन कष्टदायक भाव रहेको छ। परिणामस्वरूप, व्यवसाय विस्तारको निर्णय लिँदा सावधान रहनुपर्छ। विवाहित दम्पतीले एक-अर्कासँग कुरा गर्दा सतर्क रहनुपर्छ, अन्यथा विवाद हुन सक्छ। प्रेम सम्बन्धको लागि समय सामान्य देखिन्छ। यो समयमा दुर्घटना वा अन्य कष्ट हुन सक्ने सम्भावना रहेकाले सावधान रहनुपर्छ।

 

धनु राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
मंगलको गोचर धनु राशिबाट सातौँ भावमा हुने भएकाले नोक्सानीको सामना गर्नुपर्ने हुन सक्छ। खर्चमा नियन्त्रण गर्नु आवश्यक छ। स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यो समयमा व्यवसाय तथा जागिर गर्ने व्यक्तिहरुको लागि समय राम्रो रहन सक्छ। अनावश्यक विवादहरुबाट बच्दा प्रेम तथा वैवाहिक जीवन पनि सामान्य रहन सक्ने समय छ।

ज्योतिषमा मंगल(Mars) ग्रहको महत्व र प्रभाव

मकर राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
मंगल ग्रह मिथुन राशिमा रहेको समयमा स्वास्थ्य तथा पारिवारिक क्षेत्र केहि प्रभावित रहन सक्छ। मंगल ग्रहको गोचर मकर राशिबाट छैटौँ स्थानमा रहने भएकाले व्यवसाय तथा जागिर गर्नेहरुले आर्थिक लाभ गर्नुका साथै बिभिन्न अवसरहरु प्राप्त गर्न सक्ने समय रहेको छ। नयाँ कामको सुरुवात गर्ने समय पनि रहेको छ। 

 

कुम्भ राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
मंगल ग्रहको मिथुन राशिको गोचर कुम्भ राशिबाट पाँचौं भावमा रहन्छ। यसले जातकलाई वित्तीय वृद्धि प्रदान गर्दछ । यो समयमा जातकको सहनशक्ति, जोश र साहसमा वृद्धि हुन्छ। जातकलाई व्यापार र कार्यमा सकारात्मक परिणाम प्राप्त हुन्छ। जातक आफ्नो निर्धारित लक्ष्यहरु पूरा गर्न सक्षम हुन्छ। जीवनसाथीसँग विवाद हुन सक्छ त्यसैले  प्रेम जीवनमा समझदारी कायम राख्न आवश्यक छ।

 

मीन राशिमा मंगल ग्रहको मिथुन राशिको गोचरको प्रभाव:
मंगल ग्रहको मिथुन राशिको गोचरले  सकारात्मक तथा नकारात्मक रूपबाट मीन राशिका व्यक्तिहरुलाई प्रभावित गर्दछ। यस समयमा मंगल मीन राशिबाट चौथों भावमा रहन्छ। जातकले यो समयमा मानसिक तनावको अनुभव गर्न सक्छ। आर्थिक क्षेत्र पनि प्रभावित हुन सक्छ र आर्थिक कारोबारमा विलम्ब हुन सक्छ। कडा मेहनतले यो समयमा सफलता मिल्न सक्छ। यो समय विवाहित दम्पती र प्रेमीहरुको लागि उत्कृष्ट छ।

मङ्गल ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु
 

विशेष: यो ग्रहको गोचरको आधारमा सामान्य भविष्यवाणी हो जुन व्यक्ति कुण्डली तथा दशाअनुसार फल भिन्न हुन सक्छ।

तपाईंले हाम्रा ज्योतिषीहरु मार्फत आफ्नो कुण्डली अनुसार गोचर तथा दशा फलको बारेमा जान्न सक्नुहुन्छ। त्यसको लागि अहिले नै Register गर्नुहोस्। 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish