ज्योतिषमा मंगल(Mars) ग्रहको महत्व र प्रभाव

मंगल
मंगल ग्रह सौर्य मण्डलको सबैभन्दा रातो ग्रह मानिन्छ। यसको दूरी पृथ्वी बाट धेरै टाढा रहेपनि यसको असर हाम्रो जीवनमा  प्रत्यक्ष रूपमा पर्छ। मंगल ग्रहको वैदिक ज्योतिषमा पनि धेरै महत्व छ। यो ग्रहलाई आवेश वा ऊर्जाको कारक मानिन्छ। यो लेखमा हामी मंगल ग्रहको बारेमा विस्तारले जान्नेछौँ। यो लेखमा हामी मंगल (Mars) के हो?, मंगल ग्रहको ज्योतिषीय महत्व के छ?, मंगल ग्रहको पौराणिक मान्यता के छ ? मानव जीवनमा मंगल ग्रहले कसरी असर गर्छ? यसको साथै मंगल मंत्र उपाय  र रत्नको बारेमा पनि जानकारी दिंदैछौँ। जो तपाईंको लागि धेरै फाइदाजनक हुन सक्छ। अब आउनुहोस् जानौं मंगल ग्रहको बारेमा -
 

मंगल ग्रह
वैज्ञानिक दृष्टिकोणबाट हेरिन्छ भने मंगल ग्रह सौर्य मण्डलको चौथों ग्रह हो। यसको रंग रातो र यो ग्रह पृथ्वीको समान स्थलीय ग्रह हो। यो ग्रहमा जीवन भएको कुरा सुनिन्छ।  अब हामी कुरा गर्नेछौं मंगल ग्रहको ज्योतिषीय पक्षको, ज्योतिषमा मंगल ग्रहलाई पराक्रमको कारक ग्रह मानिन्छ। ज्योतिषले मंगल ग्रहलाई एक क्रूर ग्रहको रूपमा उल्लेख गरेको छ। मंगल (Mars) यस्तो ग्रह हो जसले नराम्रो प्रभाव वा कमजोर रहंदा कसैको जीवनमा अमंगल पनि गर्न सक्छ।
 

मंगल ग्रहको ज्योतिषीय महत्व
मंगल ग्रहको ज्योतिषमा अलग महत्व रहेको छ। मंगललाई मेष र वृश्चिक राशिको स्वामी र पराक्रम र ऊर्जाको कारक मानिएको छ। त्यसैले यो ग्रहको शुभ प्रभाव भएका जातक तेजवान् र पराक्रमी हुन्छन्। ज्योतिष अनुसार मंगल कुण्डलीमा कुन भावमा स्थित छ, त्यसको प्रभाव त्यै अनुसार जातकमा पर्दछ। 


मंगल ग्रहको कारणले नै बन्दछ कुण्डलीमा मांगलिक दोष
ज्योतिषशास्त्रको अनुसार कुण्डलीमा मंगल ग्रह पहिलो, चौथों, सातौँ, आठौँ र बाह्रौं भावमा रहनाले कुण्डलीमा मांगलिक दोषको निर्माण हुन्छ। यहिँ दोषको कारण जातकको विवाहमा ढिलाई वा समस्या हुन्छ। यस्तो मानिन्छ कि मांगलिक दोष भएका जातकले मांगलिक दोष भएको व्यक्तिको साथ नै विवाह गर्नुपर्छ। यस्तो नगर्नाले वर वधुको जीवनमा समस्या आउँछ र वैवाहिक जीवन सुखमय हुँदैन। त्यसैले ज्योतिष मंगल (Mars) दोष निवारण गर्नेको लागि सल्लाह दिन्छन्।
  

मंगल ग्रहको मानव जीवनमा प्रभाव
मंगल ग्रहको सबैभन्दा धेरै प्रभाव जातकको शरीर तथा स्वभावमा पर्दछ। ज्योतिषीहरुको भनाई अनुसार मंगल (Mars) ग्रह यदि लग्न भावमा हुन्छ भने यस्तो स्थितिमा जातक आकर्षक तथा सुन्दर व्यक्तित्वले भरिपूर्ण हुन्छ। यसको साथै यस्ता जातक क्रोधी स्वभावका हुन्छन्। आफ्नो अनुरूप कुरा नमिल्दा यस्ता जातक आवेशमा आउँछन्। यस्ता जातक सेना तथा सुरक्षा विभागमा काम गर्ने हुन्छन्।

जुन व्यक्तिको मंगल ग्रह बली हुन्छ, त्यस्ता व्यक्ति निर्णय लिनमा थोरै पनि हीचकिचाउँदैनन्, जे निर्णय लिनुपर्ने हुन्छ त्यसलाई लिएरै छाड्छन्इ र यसका साथै व्यक्ति ऊर्जावान् हुन्छन्। विपरीत भन्दा विपरीत परिस्थितिमा पनि उनीहरु पछाडि हड्दैनन् । संघर्षलाई हाँसेरै सामना गर्छन् । यदि तपाईंको मंगल बली छ भने यो केवल तपाईंको लागि मात्र राम्रो नभएर तपाईंको परिवारको लागि पनि शुभ हुन्छ।   यस्तो अवस्थामा तपाईंको भाइबहिनीको  करियर राम्रो रहन्छ। परन्तु यदि तपाई मंगल ग्रहबाट पीडित हुनुहुन्छ भने तपाईंले धेरै समस्याको सामना गर्नुपर्ने हुन सक्छ।   कुण्डलीमा मंगल कमजोर हुनु उचित मानिंदैन। यस्तो स्थितिमा पारिवारिक जीवन सुखमय हुँदैन। दुर्घटनाहरु हुने सम्भावना पनि रहन्छ।

 

तपाईंको कुण्डलीमा मंगल ग्रह कस्तो रहेको छ ? जान्नका लागि हाम्रो ज्योतिषीहरुसँग सम्पर्क गर्नुहोला।


मंगल ग्रहको पौराणिक मान्यता
हिन्दू मान्यताको अनुसार मंगल (Mars) देवी पृथ्वीका पुत्र हुन्, परन्तु यो कथाको सम्बन्धमा दुईटा पौराणिक कथाहरु रहेका छन्। एउटा अन्धकासुर र शिवको युद्ध तथा दोश्रो  बिष्णुको वाराह रूपसँग सम्बन्धित रहेको छ । एउटा कथामा मंगललाई शिव तथा पृथ्वीको पुत्र भनिएको छ भने दोश्रो कथामा विष्णु तथा पृथ्वीको पुत्रको रुपमा हाम्रा पुराणहरुमा वर्णनको गरेको पाइन्छ। तत्पश्चात् मंगललाई ग्रहको उपाधि मिल्यो र यो ग्रह सौर्य मण्डलमा स्थापित भयो ।

यन्त्र -  मंगल यन्त्र
मन्त्र -  ऊँ अं अङ्गारकाय नमः
रत्न -  मूँगा
रंग  - रातो

उपाय - मंगल ग्रहको शान्ति गर्नको लागि मंगलवारको दिन उपवास तथा हनुमानजीको आराधना गर्नुपर्छ। रातो कपडाको दान गर्नाले पनि मंगल ग्रह शान्त हुन्छन् । 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish