मङ्गलग्रहको स्वरुप र मङ्गलसँग सम्बन्धित विषयहरु

मङ्गल ग्रहको स्वरुप-

सत्व (व्यक्तिको सत्व वा शारीरिक र मानसिक बल), जमिनबाट उत्पन्न हुने वाला पदार्थ, भाई-बहिनीको सुख, क्रूरता, युद्ध, साहस, विद्वेष(शत्रुता), भान्साको अग्नि, सुन, ज्ञाति (आफ्नो गोत्र वा जातिको व्यक्ति), अस्त्र, चोर, शत्रु, उत्साह, अर्काको स्त्री प्रति आकर्षण, झुटो बोली, वीर्य(पुरुषार्थ), चित्तको समुन्नति (उत्साह, उदारता, साहस इत्यादि ), कलुष ( ह्रास, पापकर्म), व्रण(चोट वा घाउँ), सेनाको आधिपत्य आदिको विचार मङ्गल ग्रहबाट गर्नुपर्छ।
 

मध्ये कृश: कुञ्चितदीप्तकेश: क्रूरेक्षण: पैत्तिक उग्रबुद्धि:।
रक्ताम्बरो रक्ततनुर्महीजश्चण्डोSत्युदारस्तरुणोSतिमज्ज: ।।

 

मङ्गलग्रहसँग सम्बन्धित वा मङ्गलको कारक विषयहरु-

मङ्गल ग्रह को पातलो कम्मर छ भने यसको कपाल बाङ्गो वा घुंघरालो छ। यसको आखाँमा क्रुरता र स्वभावले पनि उग्र बुद्धि छ। यो पित्त प्रकृति प्रधान छ। यसको शरीर रातो वर्णको छ र रातो वस्त्र लगाएको, स्वभावले प्रचण्ड(क्रुर) तर दयालु पनि छ। यसको हड्डीको मज्जामा बिशेष प्रभाव रहन्छ अर्थात् जसको जन्मकुण्डलीमा मङ्गल ग्रह बलवान् हुन्छ, त्यसको शरीरमा मज्जा बलवान् (धेरै) पाईन्छ। मङ्गल ग्रहको युवा अवस्था हुन्छ, अर्थात् जसको जन्मकुण्डलीको लग्नमा मङ्गल ग्रहको शुभ प्रभाव हुन्छ, त्यो व्यक्ति हृष्ट-पुष्ट हुन्छ र त्यो व्यक्ति सधैँ युवा जस्तो देखिन्छ। धेरै उमेर भएपनि कम उमेरको जस्तो देखिन्छ।
 

सत्वं भूफलितं सहोदरगुणं क्रौर्यं रणं साहसं ।
                        विद्वेषं च महानसाग्निकनकज्ञात्यस्त्रचोरान्रिपून्।।
उत्साहं परकामिनीरतिमसत्यौक्तिं महीजाद्वदे-
                        द्वीर्यं चित्तसमुन्नतिं च कलुषं सेनधिपत्यं क्षतम् ।। 
 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish