मिथुन राशि हुनेहरुको लागि यो साताको सुरुमा व्यवसायबाट नोक्सानीको सामना गर्नुपर्ने, बन्न लागेको काम बिग्रिन सक्ने रहेको छ भने साताको बीचमा आम्दानी बढ्न सक्ने, व्यवसायबाट राम्रो लाभ हुन सक्ने रहेको छ। साताको अन्त्यमा बिग्रिएको काम बन्न सक्ने, व्यवसायबाट राम्रो लाभ हुन सक्ने छ ।
राशिफल
- आजको
- साप्ताहिक
- मासिक
- यो वर्ष
14 फाल्गुन २०७७
राशी | राशिफल |
---|---|
![]() | मेष राशि भएकाहरूका आज समय खराब रहनेछ । आश्वासन पूरा हुन कठिन छ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कार्य आदिबाट लाभ हात पार्न समस्या हुनेछ । उच्च वर्गसँग सम्पर्क स्थापित हुँदा केही महत्वाकांक्षा पनि बढ्न सक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ ।
|
![]() | वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । आज प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानबाट पनि सन्तोष लिन सकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसंग चल्न सक्ने र प्रेमाभिलाषिहरुको लागि प्रेम सम्बन्ध जोडिन सक्ने योग छ ।
|
![]() | मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । । संघर्षको अनुभूति हुन सक्ने ग्रहगोचर परेकोछ । आज काम कार्य सम्पादन गर्दा आलोचना र अपजसको सामना गर्नपर्ने देखिन्छ । हतास। मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न सकिनेछ । संघर्षको बाबजुत पनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ हासिल गर्न सकिने छ । |
![]() | कर्कट राशिका लागि आज समय महत्वपूर्ण छ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिनचर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्न सकिने छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवामा पनि अनुकूलता देखिएको छ ।
|
![]() | सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब छ । ज्ञानशक्ति तथा विद्याको अहं बढ्नसक्ने छ । गोचरले त्यति साथ दिएको देखिँदैन । पहिला फुर्ति र पछि पछुतो पर्न सक्ने छ । मान्छेहरुको विश्वास गर्नाले पश्चाताप पर्न सक्ने सम्भावना छ होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आश्वासन पूरा हुन गार्हो परे पनि संयमपूर्वक काम गर्नुहोला । लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्ने छ ।
|
![]() | कन्या राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ । ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवं खुशीयालीप्रद रहनेछ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यमा लाभ एवं सफलता प्राप्त हुनेछ । |
![]() | तुला राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । केही अदृश्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्व पाउनेछैन । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवं समाज सेवाका कार्यमा पनि सरिक हुने मौका मिल्न सक्ने छ । सञ्चित धनको अपव्यय हुन सक्ने छ ख्याल पुर्याउनु होला । |
![]() | वृश्चिक राशि भएकाहरूका लागि आज समय भरपर्दो छैन । काममा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ । खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्ने छ, ख्याल गर्नु होला । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत आकस्मिक आयआर्जन तथा उपलब्धि प्राप्त गर्न सकिनेछ । |
![]() | धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आँटिलो एवं साहसिलो हुँदाहुँदै पनि केही अवरोधको सामना गर्नपर्ने देखिएको छ । त्यसको बाबजुत पनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने जमर्को हुनेछ । काम कार्यमा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ । टाढाको यात्रामा झण्झट हुन सक्ने देखिएको छ । |
![]() | मकर राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहनेछ । चन्द्रमा लगायतका ग्रहहरुको प्रतिकूल अवस्थाले स्वास्थ्य राम्रो रहनेछ । समयको प्रतिकूलतालाई नबुझि अघि बढ्नाले पश्चातापमा पान सक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहार विहारमा होसियारी अपनाउने र फजुल खर्चका विषयमा मन नदिनु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्न सक्नु हुनेछ ।
|
![]() | कुम्भ राशिका लागि पनि आज दिन तथा समय राम्रा छन् । दैनिकी काम तथा पेशामा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि योजना हुन सक्नेछ । मान्यजनसंगको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवामा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । |
![]() | मीन राशि भएकाहरूका लागि आज पनि समय खराब नै रहनेछ । दिन प्रतिकूलता बढ्न सक्ने खालको गोचर परेको छ । यात्रा, लेनदेन र नयाँ निर्णय नगर्नुहोला । शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष गर्नुपर्नेछ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने छ । |
09 फाल्गुन २०७७ – 15 फाल्गुन २०७७
राशी | राशिफल |
---|---|
![]() | मेष राशिको लागि यो साताको सुरुमा नया कामको सुरुवात हुने, गरेका कामहरु सफल हुने रहेको छ। साताको मध्यमा आयमा वृद्धि, व्यापार व्यवसायमा पर्याप्त लाभ हुन सक्ने रहेको छ। साताको अन्त्यतिर धनको हानी हुन सक्ने, स्वास्थमा समस्या आउनाले काम गर्ने उत्साहको कमि हुन सक्ने रहेको छ। |
![]() | वृष राशि हुनेहरुको लागि यो साताको सुरुमा गरेको कामको जस मिल्न सक्ने र काममा रहेका बाधाहरु हट्न सक्ने सम्भावना छ भने साताको बीचबाट व्यवसायमा प्रगति हुन सक्ने र धनको आगमन बढ्न सक्ने, प्राप्त गर्न बाँकि रहेको धन प्राप्त हुन सक्ने समय रहेको छ। |
![]() | |
![]() | कर्कट राशि हुनेहरुको लागि साताको सुरुको समयमा काममा प्रगति र पदोन्नति हुन सक्ने, व्यापार वा व्यवसायको क्षेत्र विस्तार हुन सक्ने र आम्दानी बढ्न सक्ने रहेको छ। साताको बीचमा शत्रुहरुको कारणले गर्दा काममा समस्या आउन सक्ने, व्यवसायमा सोचे जस्तो लाभ मिल्न नसक्ने रहेको छ। साताको अन्त्यमा गरेको कामहरु सिद्ध हुने, साथीभाई र आफन्तको सहयोग मिल्न सक्नेछ। |
![]() | सिंह राशि हुनेहरुको लागि यो साताको सुरुमा कामको क्षेत्र विस्तार हुन सक्ने र काममा नया अवसर मिल्न सक्ने र व्यवसायमा पनि सफलता मिल्दै जान सक्ने रहेको छ। साताको मध्यमा आम्दानी बढ्ने, रोकिएका लेनदेनहरु मिल्ने, शेयर वा धातुहरुक किनबेचबाट लाभ हुने रहेको छ। साताको अन्त्यको खर्च बढ्न सक्ने, काममा विवाद आउन सक्ने सम्भावना छ। |
![]() | कन्या राशि हुनेहरुको लागि यो साताको सुरुका दिनमा सामाजिक वा कामको क्षेत्रबाट मानसम्मान मिल्न सक्ने, प्रशासनिक कामहरु बन्न सक्ने रहेको छ। साताको मध्य र अन्त्यको समयमा मानसम्मान बढ्न सक्ने, आर्थिक क्षेत्रमा राम्रो सुधार हुन सक्ने, काममा प्रगति हुन सक्ने, व्यापार व्यवसायमा सोचेको जस्तो प्रगति हुन सक्ने रहेको छ। |
![]() | तुला राशि हुनेहरुको लागि यो साताको सुरुमा काममा विवाद र बाधाको सामना गर्नुपर्ने, व्यवसायलाई सोचेजस्तो राम्रोसँग अगाडि बढाउन नसकिने रहेको छ। साताको बीचको समयमा काम वा व्यापार व्यवसायमा सामान्य प्रगति हुन सक्ने रहेको छ । साताको अन्त्यमा आर्थिक क्षेत्रमा प्रगति हुन सक्ने र आम्दानीको नया बाटो मिल्न सक्ने सम्भावना रहेको छ। |
![]() | वृश्चिक राशि हुनेहरुको लागि यो साताको सुरुमा आम्दानी बढ्न सक्ने , कमाउने नँया तरिका मिल्न सक्ने रहेको छ। साताको मध्यमा खर्च बढ्न सक्ने, व्यवसायमा घाटा हुन सक्ने रहेको छ। साताको अन्त्यमा कामको क्षेत्र बढ्न सक्ने वा नँया जिम्मेबारी मिल्न सक्ने रहेको छ।
|
![]() | धनु राशि हुनेहरुको लागि यो साताको सुरुवातको समयमा आर्थिक क्षेत्रमा राम्रो प्रगति हुन सक्ने र लगानी गरेका ठाउँबाट राम्रो लाभ लिन सक्ने रहेको छ। साताको बीचमा सामाजिक वा कामको क्षेत्रबाट मानसम्मान मिल्न सक्ने, प्रशासनिक कामहरु बन्न सक्ने रहेको छ। साताको अन्त्यमा कामबाट उचित प्रतिफल नमिल्ने, खर्च बढ्ने र स्वास्थ्यमा समस्या हुन सक्ने समय छ। |
![]() | मकर राशि हुनेहरुको लागि यो साताको सुरुमा कामको क्षेत्रबाट मानसम्मान मिल्न सक्ने, प्रशासनिक कामहरु बन्न सक्नेछ। साताको मध्यबाट सुख र आनन्दको प्राप्ति, काममा प्रगति हुन सक्ने र व्यवसायमा सफलता र आर्थिक उन्नति हुन सक्ने रहेको छ। |
![]() | कुम्भ राशि हुनेहरुको लागि साताको सुरुमा खर्च बढ्न सक्ने, अरुको बिबादमा फस्न सकिने रहेको छ। साताको बीचमा पराक्रम बढ्न सक्ने, काममा नँया अवसर मिल्न सक्ने रहेको छ। साताको अन्त्यको समयमा काम वा व्यवसायमा प्रगति र आम्दानी बढ्ने रहेको छ। |
![]() | मीन राशि हुनेहरुको लागि यो साताको सुरुको समयमा आयमा वृद्धि, व्यापार वा व्यवसायबाट पर्याप्त लाभ हुन सक्ने, पारिवारिक खुसि मिल्न सक्ने रहेको छ। साताको बीचमा काममा समस्याको सामना गर्नुपर्ने, बन्न लागेको काम बिग्रिन सक्ने, अनावश्यक खर्च हुन सक्ने समय रहेको छ। साताको अन्त्यको समयमा कामको क्षेत्रमा सुधार आउन सक्ने, व्यवसायबाट सफलता मिल्न सक्ने र धनको आगमनमा वृद्धि हुन सक्ने सम्भावना रहेको छ। |
१ फाल्गुन २०७७ - ३० फाल्गुन २०७७
राशी | राशिफल |
---|---|
![]() | राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउँने समय रहेको छ । नोकरीमा पदोन्नती तथा व्यापार व्यावसायमा बढोत्तरि हुने गतिलो सम्भावना रहेको छ । विद्यार्थी वर्गहरुले बिद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् । महिनाको अन्त्यतिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानि गर्न सक्नेछन् ।
|
![]() | उच्च पदस्थ व्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान,ईज्जत, प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको वर्चश्व कायम रहने छ । राज्यसँग नजिक रहेर गरिने प्रत्येक काममा सफलता हात लाग्नेछ । यो महिना नयाँ काम पाउँने तथा नोकरीमा वढुवा हुने प्रसस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय लगानी गर्नेहरुले नयाँ नयाँ ठाउँमा लागानी गरी प्रशस्त नाफा कमाउँन सक्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाई तथा खोज अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । |
![]() | प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै वर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । विद्या तथा प्रतिस्पर्द्धामा विद्यार्थी वर्गहरुले आफ्नो प्रतिस्पर्द्धीहरुलाई हराउँन केहि मिहेनत गर्नुपर्नेछ । माया प्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । |
![]() | यो महिना सामान्य फल पाईने छ । घर परिवारमा तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । स्वास्थ्य सम्वन्धी समस्या समस्या आउँन सक्छ ध्यान दिनुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाइमा ध्यान नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा अलि धेरै संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । |
![]() | काममा अप्रत्यासित बाधा व्यावधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ । बौद्धिक व्यक्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । लामो दुरिको कष्टकर यात्रा हुन सक्छ ख्याल गर्नुहोला । व्यापार व्यावसायमा फेन्सि तथा विलाशी वस्तुको खरिद बिक्रिबाट प्रशस्त नाफा कमाउन सकिनेछ । विलासिताको सामान प्रयोगबाट भरपुर सन्तुष्टि लिन सकिनेछ । |
![]() | विद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धी हरुलाई सजिलै हराउन सकिने तथा नतिजा आफ्नै हातमा पर्नेछ । लेखन कलाको विकास हुने तथा मनोरञ्जनात्मक कितावहरु अध्यन गर्ने अवसर प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन धेरै समय लगानी गर्नुपर्नेछ । पुरानो लेनदेन सम्बन्धि कारोबारहरु सल्टिनेछ भने शंकट व्यवस्थापनका लागि चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउनेछ । |
![]() | समग्रमा महिना राम्रो रहेको छ । समाजका उच्च पदस्थ व्याक्तिहरुसँग सहकार्य गरि नयाँ काम गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधन प्राप्तिको योग रहेको छ । शेयर बजार तथा सट्टाको व्यवसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धी हरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा उल्लेख्य सहयोग हुनेछ । व्यापारमा लगानी वढाउँदा लामो समय सम्म आम्दानी भईरहेनछ । |
![]() | स्थिर सम्पत्ती,घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । आमा,आफन्त तथा आत्मीय मित्रहरुसँग टाडिनु पर्दा मन खिन्न हुनेछ । छाती सक्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न गाह्रो महशुस हुनेछ भने माया प्रेमको बन्धन गसिलो हुनुको साथै एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । विद्या तथा प्रतिस्पर्द्धामा सहभागी हुने विद्यार्थीहरुले आफ्नो पक्षमा नतिजा ल्याएर घर परिवार तथा गुरुवर्ग हरुलाई खुसी पार्नेछन् ।
|
![]() | कारोबारबाट भने जस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिस्पर्द्धी हरुलाई पन्छाउदै अगाडी बढ्न सकिनेछ । वादविवाद तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा राम्रो प्रगति हुन गई आर्थिक समृद्धीको बाटोमा लम्कन सकिनेछ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।
|
![]() | यो महिना खनिज पदार्थ तथा फलामजन्य व्यवसायमा लगानी गर्नेहरुले आम्दानीका स्रोतहरु फराकिला बनाउन सक्नेछन् । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जाँगर आउनेछ । राज्यको नजिक भएर गरिने कामहरुबाट प्रशस्त फाईदा हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । रमाईलो तथा महत्वपूर्ण यात्राको तय हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो भएर जानेछ । सामान्य स्वास्थ्य सम्बन्धि बिशेष गरि आँखामा समस्या बढ्न सक्छ ध्यान दिनुहोला । कुटुम्वसँगको सम्बन्धमा सामान्य मनमुटाव सिर्जना हुनेयोग रहेको छ । पैसा फस्न सक्ने आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। |
![]() | भौतिक सुख सुविधा एवं सत्कार मिल्ने समय रहेको छ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ । अध्ययन तथा अध्यापनको क्षेत्र प्रयास गर्दा राम्रो सफलता मिल्न सक्नेछ । व्यापार व्यवसायको क्षेत्र राम्रो नै रहन्छ भने आम्दानी पनि राम्रो हुन सक्छ। सैद्धान्तिक विषयमा आफन्त,साथीभाई तथा अग्रज व्याक्तित्वहरुसँग विवाद सिर्जना हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमीको महशुस हुनेछ । स्वास्थमा रक्तचाप,आँखा तथा पेट सम्बन्धि समस्या आउन सक्छ ध्यान दिनुहोला । |
![]() | खर्च बढ्ने योग रहेको छ । अनावश्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउँनेछ भने शरीरमा अल्छिपना बढेर जानेछ । साथीभाई तथा आफन्तको गलत सल्लाहले कामहरु बिग्रने हुँदा अरुको सल्लाह लिँदै निर्णय आफै गर्नुहोला । घर परिवारमा अनाश्यक भ्रम पैदा गरि झगडा गराउँन आफन्तहरु लागि पर्नेछन् । विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । |
१ वैशाख २०७७ देखि ३० चैत २०७७
राशी | राशिफल |
---|---|
![]() | मेष राशिका व्यक्तिहरुका लागि कामको क्षेत्रबाट यो वर्ष निकै नै शुभ रहनेछ। पराक्रम बढ्नुका साथै ठुला-ठुला निर्णयहरु पनि सहजै लिन सक्नुहुनेछ। शिक्षा प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त गर्नुका साथै, बाल सम्बन्धी चिन्ताहरुबाट पनि राहत पाउने देखिन्छ। नयाँ दम्पतीहरुका लागि, संतान प्राप्तिका लागि पनि शुभ योग रहनुका साथै विवाह वार्ता पनि सफल हुनेछ। अत्यधिक अस्थिरताको सामना गर्नुपरेता पनि, ब्यापार वर्गका लागि यो वर्ष निकै लाभदायक रहनेछ।अभिभावकको स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्ने हुदा, अभिभावकको स्वास्थ्यमा भने अलि बढी ध्यान दिनु पर्ला। अत्याधिक उर्जाका कारण जिद्दी र उत्साह स्वभावबाट बच्नु पर्ने देखिन्छ। परिवारका जेष्ठ सदस्य वा दाजु-भाइहरूसँगको मतभेद हुन सक्ने योग रहेको हुदा, ध्यान दिनुहोला। |
![]() | यस वर्ष वृष राशिका व्यक्तिहरु निकै व्यस्त रहने देखिन्छ। आकस्मिक धन प्राप्तिको पनि योग रहेको देखिन्छ। नसोचेको स्थानबाट धन प्राप्ति हुनुका साथै, कैयौं वर्ष देखि नउठेको पैसा पनि यो वर्ष उठ्ने सम्भावना रहेको छ। तपाईंको निर्णय र तपाईंले गरेका कार्यहरूको सबैले कदर गर्नेछन्। सामाजिक तथा धार्मिक कामहरुमा मन जानुका साथै सामाजिक जिम्मेवारीहरु पनि राम्रोसँग निभाउने देखिन्छ। यस वर्ष सरकारी कामहरुमा पनि सफलता प्राप्त गर्ने देखिन्छ। स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने देखिन्छ, विशेष गरि आँखामा केहि समस्याहरु देखा पर्नसक्ला। जागिरमा परिवर्तन तथा तनावको सम्भावना रहेको हुदा, कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध कायम राख्नुहोला। झगडा र विवादबाट टाढै रहनुपर्ला। पारिवारिक कलहको पनि सामना गर्नुपर्ला। कठोर शब्द प्रयोग गर्नबाट जोगिनुहोला। कडा परिश्रम गरे, सफलता प्राप्त गर्नुका साथै मान-सम्मान पनि बढ्ने देखिन्छ। |
![]() | मिथुन राशिका लागि यो वर्ष वरदान सावित हुनेछ। व्यापार र आर्थिक पक्ष बलियो हुने देखिन्छ। सरकारी सम्बन्धी कुनै पनि काम मिलाउनु परेकामा प्रयासलाई अघि बढाउनुहोला। ठूलो भन्दा ठुलो काम वा निर्णय लिन पनि निकै सहज महसुस गर्ने देखिन्छ। विवाहसँग सम्बन्धित वार्ता तथा छलफल सफल रहला। नयाँ दम्पतीका लागि, विकास र संतान प्राप्तिको पनि योग बन्ने छ। आफन्तसंगको सम्बन्ध बलियो रहनेछ। व्यापारीहरुका लागि पनि यस वर्ष निकै शुभ सावित हुनुका साथै लामो समयदेखि अड्किएको धन फिर्ता पाइने देखिन्छ। अदालतको मुद्दालाई भने बाहिरनै आपसी सम्झौता गरेमा उत्तम साबित हुनेछ। यस वर्ष, झगडा र विवादबाट टाढै रहनुहोला। सवारी साधन चलाउदा निकै सावधानी अपनाउनुका साथै कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट बच्नुपर्ने देखिन्छ। स्वास्थ्य संबन्धि केहि समस्याहरुको सामना गर्नुपर्ला। |
![]() | यस वर्ष कर्कट राशिका व्यक्तिहरुलाई कैयौं संकटबाट मुक्ति मिल्ने छ। व्यवसाय वा रोजगारका लागि यो समय तुलनात्मक रूपमा राम्रो रहनुका साथै काममा पदोन्नती अथवा स्थानान्तरणको पनि तिब्र सम्भावना रहेको देखिन्छ। विवाह सम्बन्धी वार्ताहरु सफल रहनेछ। दैनिक व्यवसायमा अत्यधिक लाभको सम्भावना रहनुका साथै रोजगारका लागि गरेको प्राय: सबै प्रयास सफल रहनेछ। कृषि तथा पशुपालनमा पनि फाइदा हुने देखिन्छ। कर्कट राशिका व्यक्तिहरुले यस वर्ष, व्यर्थ भागदौडको सामना गर्नुपर्ने देखिन्छ। बन्ने कामहरुमा पनि केहि अवरोधहरु देखा पर्न सक्छ। यस वर्ष, ब्यापारिक यात्राबाट पनि कुनै लाभ हुने देखिदैन। आफ्नो स्वास्थ्यमा निकै ध्यान दिनुहोला। गोप्य शत्रुहरूबाट बच्नुहोला। केहि नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, निकै सोच-विचार गरेर मात्रै लगानी गर्नुहोला। |
![]() | यो वर्ष सिंह राशिका व्यक्तिहरु सामाजिक कार्यमा सक्रिय रहनुका साथै मान-सम्मान पनि पाउने देखिन्छ। सन्तान सम्बन्धित चिन्ताहरुबाट मुक्ति मिल्नुका साथै नयाँ दम्पतीहरुका लागि सन्तान प्राप्तिको पनि सम्भावना सिर्जना भइरहेको देखिन्छ। बिद्यार्थीहरुले शिक्षा र प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त गर्नेछन्। आवेदन गर्नुपरेमा अथवा सरकारीस्तरबाट कुनै पनि प्रकारको लाभ लिनुपरेमा, यो वर्ष निकै शुभ साबित हुने देखिन्छ।यी व्यक्तिहरुले लिएको निर्णय अथवा गरेका कार्यहरूको पनि सबैले प्रशंसा गर्नेछन्।यस वर्ष, गोप्य शत्रुहरूबाट जोगिनु पर्ला। आर्थिक संकट आउन सक्ला। यसका लागि अहिलेदेखिनै सावधान रहनुहोला र व्यर्थ खर्छबाट बच्नुहोला। विवादित मामिलाहरूलाई वेवास्ता गर्नुहोला। ऊर्जावान र उत्साहित महसुस गर्नाले, कहिलेकाँही चाँडै निर्णय लिन सक्नुहुन्छ, ध्यान पुर्याउनुहोला। |
![]() | यस वर्ष रोजगारीका लागि गरिएका सबै प्रयासहरु सफल होला। राजनीतिक वा सामाजिक कार्यबाट निकै लाभ मिल्नेछ। प्रतिष्ठा पनि बढ्ने देखिन्छ। राजनीतिमा प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि यो वर्ष निकै शुभ सावित हुनेछ। स्थान परिवर्तनका लागि पनि राम्रो योग रहने देखिन्छ। बिद्यार्थीहरुले राम्रो फल प्राप्तिका लागि यस वर्ष पहिलेकोभन्दा अलि बढी मिहेनत गर्नुपर्ने देखिन्छ। नव दम्पत्तिका लागि सन्तान प्राप्ति र प्रादुर्भावको योग रहने देखिन्छ। यो वर्ष स्वास्थ्यको लागि प्रतिकूल रहने देखिन्छ। पैसाको लेनदेन गर्दा निकै सावधानी अपनाउनुहोला। दिईएको ऋण चाँडै फिर्ता नआउने योग रहेको हुदाँ, ऋण दिन इच्छुक हुनुहुन्छ भने, असोज पछि मात्रै लेनदेन गर्नुहोला। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्ला। केहि समयका लागि, विवाहसँग सम्बन्धित मामिलामा ढिलाइ हुनुका साथै, दैनिक व्यवसायमा पनि गिरावट आउने देखिन्छ। |
![]() | यस नयाँ वर्ष, व्यापार वर्गका लागी निकै राम्रो रहनेछ। घर तथा सवारी खरीदको पनि सम्भावना देखिन्छ। कार्यक्षेत्रमा सफलता प्राप्त गर्ने देखिन्छ। राजनीति वा राजनीतिज्ञसँग गहिरो सम्बन्ध बन्ने योग रहेको हुदा सरकारसँग सम्बन्धित कामहरूका लागि यो वर्ष निकै लाभदायक साबित हुनेछ। यदि विदेशी नागरिकताका लागि अथवा वैदेशिक रोजगारको भिसाका लागि आवेदन दिन चाहानुहुन्छ भने, यस वर्ष तुलनात्मक रूपमा राम्रो हुने देखिन्छ। परिवारका सदस्यका स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्नाले मन बिचलित रहनेछ। चोरीको योग रहेको हुदा, यात्रा गर्दा आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला। असार मसान्तसम्म, पारिवारिक कलह र मानसिक अशान्तिको सामना गर्नुपर्ने देखिन्छ। यात्राको पूरा आनन्द प्राप्त गर्नुका साथै, यात्रामा अत्याधिक खर्च हुने देखिन्छ। अनीति र अन्यायको सिकार हुनसक्ने योग रहेको हुदा बुद्धिविवेकले काम लिनुपर्नेछ। |
![]() | यो वर्षले, यस राशिका व्यक्तिहरुलाई साहसी र शक्तिशाली बनाउँनेछ। यस राशिका व्यक्तिहरुले लिएको प्राय: सबै निर्णयहरुमा सफलता प्राप्त गर्नेछन्। आकस्मिक धन प्राप्तिको योग रहेको छ। परिवारका सदस्यहरुबाट सहयोग प्राप्ति हुने देखिन्छ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध राख्दा, राजनीतिज्ञहरुसंग पनि गहिरो सम्बन्ध गठन हुने देखिन्छ। समाजमा पद तथा प्रतिष्ठा बढ्नेछ। पदोन्नति र स्थानान्तरणका लागि पनि राम्रो योग रहेको देखिन्छ। तपाईंको निर्णय र तपाईंद्वारा गरिएका कामहरुको सबैले प्रशंसा गर्नेछन्। गोप्य शत्रुहरुबाट बच्नुहोला। कार्यस्थलमा तपाईको बिरूद्ध षडयन्त्रहरू रच्ने योग रहेको हुदा, निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। परिवारमा दाजु-भाइहरुसंग मतभेद हुने योग रहेको हुदा, झैँ-झगडाबाट टाढै रहनुहोला। अत्याधिक उत्साहका साथ केहि नसोची निर्णय लिदा सामाजिक विरोधको सामना गर्नुपर्ला। |
![]() | यस वर्ष धनु राशिका लागि निकै शुभ साबित हुनेछ। विवाद सम्बन्धित मामिलाहरूको समाधान हुनेछ। हराएको प्रतिष्ठा तथा मान-सम्मान फिर्ता आउने देखिन्छ। यो वर्ष धनु राशिका व्यक्तिहरुको आर्थिक पक्ष निकै मजबूत रहनेछ। शिक्षा प्रतिस्पर्धामा पनि सफलता प्राप्त हुने देखिन्छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्त मिल्नुका साथै सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि योग रहेको छ। धर्म-कर्म तथा सामाजिक कार्यका मामिलाहरुमा भाग लिने देखिन्छ। भाद्र मसान्तमा राहु र केतुको राशि परिवर्तनका कारण, शत्रुहरु शक्रिय हुनेछन्। त्यस समय, झगडाबाट जोगिनुहोला। तर यस वर्ष, विवाह सम्बन्धी वार्ताहरू भने सफल रहने देखिन्छ। यदि प्रेम विवाह गर्न चाहनुहुन्छ भने, यो वर्ष निकै शुभ हुनेछ। |
![]() | यस वर्ष मकर राशिका लागि कुनै वरदान भन्दा कम हुने छैन। सावधानीपूर्वक काम गरे सोचेको भन्दा बढी सफलता प्राप्त हुनेछ। अर्को देशको नागरिकताको लागि आवेदन दिन चाहनुहुन्छ भने, यस समय सफलता प्राप्त गर्ने देखिन्छ। पारिवारिक जीवन सुखद रहने देखिन्छ। लामो समयदेखि अड्किएको धन फिर्ता पाइनेछ। सन्तान सम्बन्धित चिन्ताबाट पूर्ण स्वतन्त्रता महसुस गर्नुहुनेछ। यो समय ब्यापारिक वर्गका लागि पनि निकै लाभदायक साबित हुनेछ। स्वास्थ्यको हिसाबले भने केही अशुभ रहने देखिने हुदा यात्रा गर्दा निकै ध्यान पुर्याउनुहोला, दुर्घटनाबाट बच्नुहोला र जोर्नीको दुखाईको रोगबाट पनि बच्नुहोला। सामान चोरी हुने योग रहेको हुदा, यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। काम व्यवसाय बारे सचेत रहनुका साथै ऋण दिनुअघि निकै विचार पुर्याउनुहोला। चिढचिढापन पनि महसुस गर्न सक्ला। |
![]() | यस नयाँ वर्ष, कुम्भ राशिका व्यक्तिको साहस र पराक्रममा वृद्धि हुनेछ। कैयौँ समयदेखि रोकिएको कामहरु बन्ने छ। विदेश यात्राका लागि पनि शुभ संयोग बन्नेछ। नयाँ मानिसहरूसंग मेलजोल बढ्नेछ। यदि तपाई महिला भए पुरुष र पुरुष भए महिलाले तपाईंको कार्यक्षेत्रमा निकै सहयोग पुर्याउने देखिन्छ। शिक्षा तथा प्रतिस्पर्धामा सफलता प्राप्त होला। प्रेम विवाह गर्ने सोचमा हुनुहुन्छ भने यो योग निकै उपयुक्त हुनेछ। नयाँ जोडीका लागी सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि राम्रो योग बनिरहेको देखिन्छ। यस वर्ष, यस राशिका व्यक्तिहरुले कडा संघर्ष पछि मात्र वित्तीय लाभ प्राप्त गर्नेछन्। परिणाम स्वरुप, यस वर्ष आर्थिक संकटको पनि सामना गर्नुपर्ला। यस वर्ष निकै सावधानी अपनाउनु पर्ने देखिन्छ। आफ्नो जिम्मेवारी निभाउन कठिन् महसुस होला, धैर्यका साथ काम गर्नुहोला। पारिवारिक कलहको साथै स्वास्थ्यमा पनि केहि समस्याहरु देखापर्ला। यस वर्ष प्रत्येक कार्य वा निर्णय लिदा होसियारीका साथ लिनुहोला। |
![]() | यस वर्ष, मीन राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा विस्तार हुनेछ। ध्यानपूर्वक काम गरे जुनसुकै कार्यमा पनि सफलता पाउने देखिन्छ। अध्ययन तथा रोजगारीका लागि विदेश यात्राको साइत समेत जुर्न सक्ला। कुनै पनि प्रकारको प्रतिस्पर्धाहरुमा भाग लिन चाहनुहुन्छ भने, यो वर्ष उपयुक्त रहने देखिन्छ। विवाह वार्ता पनि सफल हुनेछ। विवाह वार्ता पनि सफल हुनेछ। अदम्य साहस र क्षमताको वृद्धि हुनेछ। काम र लिइएको निर्णयको सबैले प्रसंशा गर्नेछन्।नराम्रो संगतबाट टाढै रहनुहोला। स्वास्थ्यको दृष्टिबाट भने केही प्रतिकूल प्रभाव पर्न सक्ने हुदा, सावधान रहनुहोला। अत्यधिक ऊर्जावान र उत्साहित भएको फलस्वरूप आफ्नो जिद्द र आवेशलाई नियन्त्रणमा राखी काम गर्नुहुन्छ भने यो वर्ष यस राशिका लागि महत्वपूर्ण वर्ष साबित हुनेछ। |