वि. सं. : २०८३ भदौं ४ गते बिहिबार
इ.सं. : 20th August 2026 (Thursday)
सूर्योदय: बिहान ०५:३७ बजे
सूर्यास्त: बेलुका १८:३६ बजे
तिथि : अष्टमी २१:५९ सम्म, तत्पश्चात् नवमी
पक्ष : श्रावण शुक्लपक्ष
नक्षत्र : विशाखा ११:१३ सम्म, तत्पश्चात् अनुराधा
योग : ब्रह्म ०६:५३ सम्म, तत्पश्चात् ऐन्द्र
करण : विष्टि ०९:१२ सम्म, तत्पश्चात् बव
चन्द्रराशि: वृश्चिक
ऋतु : वर्षा
अयन : दक्षिणायन
मेष राशि
ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।
वृष राशि
जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।
मिथुन राशि
प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।
कर्कट राशि
इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।
सिंह राशि
समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्रतिफल कम हुनेछ। योजना बनाउँदा सजग रहनु उत्तम हुनेछ।
कन्या राशि
नयाँ आम्दानीको ढोका खुल्नेछ। साझेदारी लाभदायक हुनेछ। व्यवसायिक उचाइ चुम्न सकिनेछ। कर्मको सम्मान पाइनेछ।
तुला राशि
आर्थिक फाइदा नभए पनि महत्वपूर्ण जिम्मेवारी आउन सक्छ। आत्मबल प्रयोग गरे सामाजिक रूपमा चम्किने समय छ।
वृश्चिक राशि
साथीहरूको साथमा अड्किएका काम बन्नेछन्। दीर्घकालीन लाभका लागि आजको मिहिनेत महत्वपूर्ण हुनेछ।
धनु राशि
काममा समय लाग्नेछ, यात्रा पनि हुन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। धैर्यले सफलता दिलाउनेछ।
मकर राशि
पढाइ, व्यापार र आम्दानी तीनैमा सुधार हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ । प्रतिस्पर्धा बिना अवसर प्राप्त हुने संकेत छ।
कुम्भ राशि
कानुनी वा विवादास्पद मामिलामा सफलता। सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ। सहयोगीहरूको साथ पाइनेछ।
मीन राशि
प्रेम र पारिवारिक सम्बन्ध बलियो बन्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। आर्थिक लाभ औसत रहनेछ।