पुत्रदा एकादशी व्रत र यसको महत्व

पौष शुक्लपक्षको एकादशीलाई पुत्रदा एकादशी पनि भनिन्छ । सन्तान तथा छोराछोरी नभएकाहरु सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहे
को छ । पद्म पुराणका अनुसार सन्तान, सुख तथा आनन्द प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिने गरिन्छ ।

Mero Jyotish

धार्मिक मान्यता अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य सञ्चालन गर्दै आएका थिए । तर ती राजाका सन्तान भएका थिएनन् । राजा निःसन्तान भएका कारण राजपरिवार तथा प्रजामा चिन्ता थियो । राजा सुकेतुमानका बुवा समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी वा सन्तान नभएका कारण तनावमा थिए । एक दिन राजा सुकेतुमान घोडा चढि जंगल जाने क्रममा घना जंगलभित्र पुगे ।

जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको लाग्यो । पानी पाइन्छकी भनि उनी जंगलको बीचमा पुगे । निकै पर उनले पानीको ताल देखे । त्यहाँ ऋषिमूनीहरु आश्रम बनाई वेदपाठ गरिरहेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले तालको पानी पिएर तिर्खा मेटाई ऋषिमूनीहरुलाई प्रणाम गरे ।

राजाले ऋषिमूनीहरुलाई किन तपाईँहरु यस ठाउँमा आउँनुभएको र यो यज्ञ के को लागि गरिरहनुभएको छ भनि सोधे । ऋषिमूनीहरुले पुत्रदा एकादशी आउँनै लागेकोले यहाँ आएको जवाफ फर्काए । राजाले पनि पुत्रदा एकादशी र त्यसको फलबारे जानकारी गराउँनुहोस् भन्दा ऋषिमूनिहरुले सन्तान प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिएको सबै वृतान्त जानकारी गराए । राजाले पनि आफ्नो सन्तान नभएको र व्रत लिने जानकारी ऋषिमूनीहरुलाई गराई विधिपूर्वक व्रत लिए । व्रतका प्रभावले उनलाई पुत्र प्राप्ति भएको पौराणिक मान्यता अनुसार आज पनि पुत्रदा एकादशी व्रत महत्वपूर्ण मानिन्छ ।

Mero Jyotish

पुत्रदा एकादशीको व्रत लिनको लागी एकदिन अगाडी अर्थात दशमीकै दिनबाट लशुन प्याज तथा शाकाहारी भोजन ग्रहण गर्नुपर्छ । एकादशीका दिन सबेरै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ ।

यसदिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप, दिप, नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ र फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णु भगवानलाई अर्घ दिएर व्रत र पूजा समापन गरिन्छ ।

Mero Jyotish

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish