शाकाहारी किन बन्ने भन्ने विषयमा शास्त्रहरुको मत

पुत्रोमांसोपमं जानन् खादते योऽविचक्षण  : ।
मांसं मोहसमायुक्त  : पुरुष सोँऽधम : स्मृत  :।।
(महाभारत.अनु. ११४।११) 

अर्थ: आफ्नो छोराको मासुमा र अन्य प्राणीको मासुमा केही फरक छैन, तथापी मोहवश माशु खान्छ भने त्यो मानिस नराधम हो।


स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति। 
नास्ति क्षुद्रतरस्तस्मात् स नृशंसतरो नर :।।
(महाभारत अनु ११६।७)  

अर्थ: अर्काको माशुले जो आफ्नो मासु बढाउन चाहन्छ , उभन्दा नीच अरु कोही छैन। उ निर्दयी हो।   


मांसभक्षै सुरापानैर्मुर्खचाक्षरवर्जितै। 
पशुभि : पुरुषाकारै भाराक्रान्तास्ति मेदिनी।।
(चाणक्यनीति ५।२२) 

अर्थ: माशु खाने, मदिरापान गर्ने अज्ञानीहरू मानिसका आकारमा रहेका पशुहरूका भारले पृथ्वी पिडितै छ।  


अनुमन्ता विशसिता निहन्ता क्रय विक्रयी।
संस्कत्र्ता चोपहर्ता च खादकश्चेति घातका  :।।
(मनुस्मृति ५।५१)

अर्थ: मार्नलाई सल्लाह दिने, जीवलाई मारेर टुक्राटुक्रा पार्ने, जीवलाई मार्ने, मासु किन्ने, मासु बेच्ने, मासु पकाउने, मासु पस्किने र मासु खाने यी आठ किसिमका मानिसलाई पशुहत्याको दोस लाग्दछ।


यदि चेत् खादको न स्यान्न तदा घातको भवेत्।
घातक  : खादकार्थाय तद्धतयति वै नर।।
(महाभारत अनु. ११५।२९) 

अर्थ: यदि कसैले पनि माशु नखाने हो भने पशुपंक्षीको हिंसा हुँदैनथ्यो। खानेहरूकै कारण क्रुर कर्म भइरहेको छ। 


न भक्षयति यो मांसं विधिं हित्वा पिशाचवत्। 
स लोके प्रियतां याति व्याधिभिश्च न पिड्यते।।  
(मनुस्मृति ५।५०)

अर्थ: जसले जुनसुकै प्रकारले पनि पिशाच जसरी मासु खाँदैन वा मासु खान छाड्छ, उ यो लोकमा पनि सबैको प्रिय बन्दछ र रोगहरूले पनि पीडित हुँदैन। 


सर्वान् कामानवाप्नोति अश्वमेघफलं तथा।
गृहेऽपि निवसन्विद्धान्मुनि मांसविवर्जनात्।।
(याज्ञवल्क्यस्मृति ७।१८०)

अर्थ: जो मासु खाँदैन, उ गृहस्थी भए पनि ज्ञानवान ऋषि हो, त्यस्ताको सम्पुर्ण कामनाको तृप्ति हुन्छ र उसलाई÷उनलाई अश्वमेघ यज्ञको फल प्राप्त हुन्छ। 


निहतस्य पशोर्यज्ञे स्वर्गप्राप्तिर्यदीष्यते।
स्वपिता यजमानेन किन्नु तस्मान्न हन्यते।।
(विष्णुपुराण, ३।१८।२७)

अर्थ: यदि यज्ञमा बलि दिएर प्राणीले स्वर्ग प्राप्त गर्ने भए यजमान आफ्नो बाउलाई हवन गरेर किन स्वर्गमा पठाउँदैनन् ? 


न मांसमायुषो हेतु नारोग्यस्य न चौजस  : (ब्रम्हपुराण १०७।६४)

अर्थ: मासु न आयु बढाउँछ न आरोग्यता दिन्छ, न यसले ओज बढाउँछ। अर्को अर्थमा भन्ने हो भने मासुबाट आयु, आरोग्य, शक्ति आदि केही प्राप्त हुँदैन।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish