महाभारतका पाण्डवहरुबाट सिक्नुहोस् जीवन जिउने र सफल हुने उपाय

महाभारतले हामीलाई धेरै कुरा सिकाउँछ तर हामी यसबाट सिक्न चाहँदैनौं। महाभारतबाट सिक्नुपर्ने कुरा धेरै छ। जसमा घटेका घटनाहरू यदि हालका सन्दर्भमा हेर्छौं भने हामी आफैंले धेरै समस्याहरूको समाधान महाभारतबाट निकाल्न सक्छौं । महाभारतको प्रत्येक कथाले कुनै न कुनै पाठ सिकाउँछ। आउँनुहोस् महाभारतबाट सिकौं केहि महत्वपूर्ण कुराहरु।
 
१. पारिवारिक एकता: 
तपाईंहरुले पाण्डवहरुको जीवनको बारेमा सुन्नु भएकै होला।   ती पाँच पाण्डवहरुमा एक अर्काको प्रति प्रेम, सम्मान र एकता थियो। पाण्डव जहाँ गए पनि सँगै रहन्थे। यही कारणले उनीहरुले १०० भाई कौरवहरुलाई हराउन सके।
 
२. सबैप्रति नम्रता:  
पाण्डवहरू आफूभन्दा ठूला वा पुजनीय व्यक्तिप्रति सदा नम्र रहन्थे। उनीहरुले आफूभन्दा ठूला व्यक्ति वा सम्बन्धिको कहिले पनि अपमान गरेनन्। उनीहरु आफूलाई अरुभन्दा शक्तिशाली मानेर घमण्ड गर्दैनथे। धृतराष्ट्रको कारणले गर्दा दुख पाए पनि उनीहरुले धृतराष्ट्रलाई सधै आफ्नो बुबा समान नै सम्मान गरे र भीष्म पितामहलाई पनि सधैँ आदर गरे। उनीहरुले द्रोणाचार्यप्रति आफ्नो भक्ति पनि प्रदर्शित गरे र श्रीकृष्णको आश्रयमा बसेर सधैं उनका आदेशहरूको पालन गरे।
 
३. विषम परिस्थितिलाई अनुकूल बनाउनुहोस्: 
पाण्डवहरू वनवासमा हुँदा उनीहरूले आफ्नो समय व्यर्थ खेर फालेनन्। यस समयमा उनीहरुले आफ्नो लागि राज समर्थन बढाए र तपस्या र ध्यान गरेर पनि आफूलाई शक्तिशाली बनाए। यस निर्वासनमा, उनीहरुले धेरै चीज प्राप्त गरे जुन दरबारमा रहेर प्राप्त  गर्न सकिदैन। त्यसकारण  यो जान्नुपर्दछ कि परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई अनुकूल बनाउन सकिन्छ।
 
४. सकारात्मक सोचले फलामलाई पनि सुनमा परिणत गर्न सकिन्छ: 
जब पाण्डव र  कौरव बीच राज्य विभाजित भएको थियो, धृतराष्ट्रले कौरवको तर्फबाट पाण्डवहरुलाई उजाड खण्डवन वन दिएका थिए, तर पाण्डवहरुले यसलाई सकारात्मक रुपमा लिए र सकारात्मक दृष्टिकोण राखे। भगवान श्रीकृष्णको कृपाले उनीहरुले जंगलमा इन्द्रप्रस्थ जस्तो सुन्दर शहर बनाए।
 
५. संयमित भाषाको प्रयोग: 
पाण्डवहरूले सधैँ आफूभन्दा साना वा ठूला सबैसँग कुरा गर्दा सभ्य भाषाको प्रयोग गर्थे। उनीहरुले आफ्नो तर्फबाट कसैलाई कहिल्यै पनि कटु शब्दहरू भनेनन्, तर जब उनीहरु कौरवबाट कटु शब्दहरू सुन्थे, त्यसको पनि उनीहरुले पनि सभ्य भएर जवाफ दिन्थे।
 
६. धैर्य र साहसको प्रयोग: 
पाण्डवहरूले कठिन परिस्थितिमा पनि धैर्यताको साथ व्यवहार गरे र उनीहरूले साहसका साथ सङ्कटको सामना गरे। चाहे यो लाक्ष्यागृहबाट भाग्न होस् वा कौरवहरूको हजारौं सिपाहीहरूलाई मेटाउन होस्, कौरवहरू भन्दा कमजोर भए पनि धैर्य र साहसका साथ पाण्डवहरूले युद्ध जितेका थिए।
 
७. गल्तीबाट सिक्नुहोस् : 
पाण्डवहरूले आफ्ना गल्तीहरूबाट सिके र त्यो पाठ कहिल्यै बिर्सेनन्। उनीहरूले कहिले पनि गल्तीहरू दोहोर्याएनन् र सँधै नयाँ प्रयोगहरू गरे ।
 
८. मनमा कहिल्यै भ्रम नराख्नुहोस्: 
यदि तपाईको मनमा द्विविधा वा विरोधाभास छ भने तपाईको निर्णय गर्ने क्षमता खस्कनेछ। पाण्डवको मनमा कुनै पनि कुराको बारेमा कुनै किसिमको भ्रम थिएन। जब युद्ध सुरु भयो, युधिष्ठिर रथबाट ओर्ले र भने कि यो एक धर्मयुद्ध हो। यस युद्धमा एक पक्ष धर्मको छ र अर्को पक्ष अधर्मको छ। निश्चय पनि दुई पक्ष मध्ये एक पक्ष धर्मको छ।  यस संग्रामक्षेत्र रहेका योद्धाहरुमा जो धर्म हाम्रो पक्षमा छ भन्ने ठान्दछन्, उनीहरू अझै पनि हामीतर्फ आउने अवसर छ र हाम्रो सेनामा जो धर्म कौरवहरूको पक्षमा छ्न् भन्ने महसुस गर्छन्, उनीहरू कौरवतिर जानु पर्छ किनकि युद्धमा आफ्नो पक्ष स्पष्ट हुनुपर्दछ, ताकि कुनै पनि प्रकारको भ्रम नरहोस् ।
 
९. सँधै सत्यको साथ रहनुहोस्: 
कौरव सेना पाण्डव सेनाभन्दा बढी शक्तिशाली थियो। ठूला ठूला योद्धाहरू र विद्वान् व्यक्तिहरूले कौरवहरूलाई सहयोग गरिरहेका थिए। पाण्डव सेनामा त्यस्ता साहसी योद्धा थिएनन्। भनिन्छ कि विजयले यो सम्बन्ध राख्दैन कि जहाँ अधिक व्यक्ति, ज्यादा धनी वा ठूला पदाधिकारीहरु छन्। विजय सँधै त्यहाँ हुन्छ, जहाँ ईश्वर हुन्छ र ईश्वर त्यहाँ हुन्छ, जहाँ सत्य हुन्छ।   त्यसैले सत्यको पक्षलाई कहिल्यै नत्याग्नुहोस्। अन्ततः सत्य हावी हुन्छ। पाण्डवहरू सधैं सत्यको साथमा थिए।
 
१०. असल साथीहरूलाई सम्मान दिनुहोस्: 
इमान्दार र बिना स्वार्थ वा शर्त सहयोग गर्ने साथीहरूले पनि तपाईंको जीवन परिवर्तन गर्न सक्दछन्। पाण्डवहरुमा भगवान कृष्ण थिए भने कौरवहरु संग ठूलो योद्धा कर्ण थियो। दुबै पक्षले बिना शर्त दुबै पक्षलाई पूर्ण समर्थन र सहयोग दिएका थिए। यदि कर्ण छलले मर्दैनथ्यो भने कौरवहरूको विजय निश्चित थियो। पाण्डवहरूले जहिले पनि श्री कृष्णको कुरा ध्यान दिएर सुनेका थिए र त्यसलाई पछ्याए, तर दुर्योधनले कर्णलाई केवल योद्धाको रूपमा लिए र उनलाई पाण्डवको सेनाको विरूद्ध प्रयोग गरे। यदि दुर्योधनले कर्णको कुरा मानेर कर्णलाई घटोत्कचलाइ मार्न बाध्य नगरेको भए कर्णलाई इन्द्रले दिएको अचूक हतियारले तब अर्जुन मर्ने थिए।