सरस्वती ज्ञान, विज्ञान, कला, शिल्प, र संगीतकी देवी हुन्। माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमी, श्रीपञ्चमी, अथवा सरस्वती पूजाको विशेष दिनको रूपमा मनाइन्छ। यस दिनलाई शिक्षाको आरम्भका लागि उत्तम साइत मानिन्छ।
सरस्वती पूजाको महत्त्व
वैदिक विधिपूर्वक सरस्वती पूजाले विद्या, वाणी, प्रसिद्धि, सुस्वास्थ्य, र दीर्घायुको आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। नेपाल, भारत तथा अन्य देशहरूमा यो पर्व विशेष रूपमा मनाइन्छ, जहाँ शिक्षण संस्थाहरूमा विद्यार्थी र शिक्षकहरूले माता सरस्वतीको पूजन-अर्चना गर्दछन्।
बालबालिकाहरूका लागि यो दिन विशेष महत्त्वपूर्ण हुन्छ, किनभने अक्षर आरम्भको शुभ साइत मानिन्छ। साथै, कुनै पनि नयाँ कार्यको थालनी गर्नका लागि पनि आजको दिनलाई सर्वश्रेष्ठ साइत मानिन्छ।
सरस्वती पूजाको विशेषता
माघ शुक्ल पञ्चमीको दिन बसन्त ऋतुको प्रारम्भ पनि हुन्छ। ऋतुराज वसन्तको आगमनको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा राष्ट्राध्यक्षहरूको उपस्थितिमा वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ। वैदिक कालदेखि नै वसन्त पञ्चमीलाई प्रेमका देवता कामदेव र उनकी पत्नी रतिको पूजा गर्ने पर्वका रूपमा पनि मनाइन्छ।
सरस्वती जन्मकथा
सनातन धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीलाई ब्रह्माकी पुत्री मान्छन्। शिवको वरदानबाट सिद्धि प्राप्त गरेकी देवी सरस्वतीलाई संगीत, कला, साहित्य, र विद्याकी खानी मानिन्छ। पुराणहरूका अनुसार, जब ब्रह्माले सृष्टि सिर्जना गरे, त्यो स्वरविहीन थियो। सरस्वतीले वीणाको मधुर ध्वनिबाट संसारलाई आवाज दिइन्, जसले सृष्टिमा संगीत र वाणीको जन्म गरायो।
सरस्वतीलाई महावाणी, भारती, वाक्, शारदा, आर्य, भ्रामी, र कामधेनुको नामले पनि सम्बोधन गरिन्छ। शास्त्रहरूमा उनी चार हात भएकी, सेतो वस्त्र धारण गरेकी, पुस्तक, वीणा, माला, र अभय मुद्रा लिएर हाँसमा सवार भएकी रूपमा वर्णन गरिन्छिन्। विशेष गरी विद्यार्थीहरूले यो दिनलाई ठूलो उल्लासका साथ मनाउँछन्।
विशेष स्थानहरूमा सरस्वती पूजा
काठमाडौंको जय बागेश्वरी, स्वयम्भुस्थित सरस्वती मन्दिर, चाँगुनारायणको बल्खु, हाँडीगाउँ, लेले, र फर्पिङका सरस्वती मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्छ। लेलेमा रहेको सरस्वती कुण्डको जल पिउँदा वाणी स्पष्ट हुने जनविश्वास रहिआएको छ। बौद्ध धर्मावलम्बीहरूले सरस्वतीलाई बोधिसत्त्व मञ्जुश्रीका रूपमा पूजा गर्छन्।
निष्कर्ष
सरस्वती पूजा केवल धार्मिक विधि मात्र नभई ज्ञान, कला, र संगीतको आराधना गर्ने दिन हो। विद्यार्थीहरूका लागि यो विशेष महत्त्वपूर्ण छ किनभने यस दिन सरस्वती माताको कृपाले शिक्षा र सृजनशीलता प्राप्त गर्न सकिन्छ। संस्कृतिमा समाहित यो पर्वले हाम्रो ज्ञान परम्परालाई जीवन्त राख्छ र नयाँ पुस्तालाई विद्या, बुद्धि, र कलामा प्रगति गर्न प्रेरित गर्छ।
सरस्वती स्त्रोत्र:
रवि-रुद्र-पितामह-विष्णु-नुतं, हरि-चन्दन-कुंकुम-पंक-युतम्!
मुनि-वृन्द-गजेन्द्र-समान-युतं, तव नौमि सरस्वति! पाद-युगम्॥1॥
शशि-शुद्ध-सुधा-हिम-धाम-युतं, शरदम्बर-बिम्ब-समान-करम्।
बहु-रत्न-मनोहर-कान्ति-युतं, तव नौमि सरस्वति! पाद-युगम्॥2॥
कनकाब्ज-विभूषित-भीति-युतं, भव-भाव-विभावित-भिन्न-पदम्।
प्रभु-चित्त-समाहित-साधु-पदं, तव नौमि सरस्वति! पाद-युगम्॥3॥
मति-हीन-जनाश्रय-पारमिदं, सकलागम-भाषित-भिन्न-पदम्।
परि-पूरित-विशवमनेक-भवं, तव नौमि सरस्वति! पाद-युगम्॥4॥
सुर-मौलि-मणि-द्युति-शुभ्र-करं, विषयादि-महा-भय-वर्ण-हरम्।
निज-कान्ति-विलायित-चन्द्र-शिवं, तव नौमि सरस्वति! पाद-युगम्॥5॥
भव-सागर-मज्जन-भीति-नुतं, प्रति-पादित-सन्तति-कारमिदम्।
विमलादिक-शुद्ध-विशुद्ध-पदं, तव नौमि सरस्वति! पाद-युगम्॥6॥
परिपूर्ण-मनोरथ-धाम-निधिं, परमार्थ-विचार-विवेक-विधिम्।
सुर-योषित-सेवित-पाद-तमं, तव नौमि सरस्वति! पाद-युगम्॥7॥
गुणनैक-कुल-स्थिति-भीति-पदं, गुण-गौरव-गर्वित-सत्य-पदम्।
कमलोदर-कोमल-पाद-तलं,तव नौमि सरस्वति! पाद-युगम्॥8॥
त्रिसंध्यं यो जपेन्नित्यं, जले वापि स्थले स्थितः।
पाठ-मात्रे भवेत् प्राज्ञो, ब्रह्म-निष्ठो पुनः पुनः।।
ह्रीं ह्रीं ह्रीं हृद्यैक-बीजे शशि-रुचि-कमले कल-विसृष्ट-शोभे,
भव्ये भव्यानुकूले कुमति-वन-दवे विश्व-वन्द्यांघ्रि-पद्मे।
पद्मे पद्मोपविष्टे प्रणत-जनो मोद सम्पादयित्री,
प्रोत्फुल्ल-ज्ञान-कूटे हरि-निज-दयिते देवि! संसार तारे।।३।।
ऐं ऐं दृष्ट-मन्त्रे कमल-भव-मुखाम्भोज-भूत-स्वरुपे,
रुपारुप-प्रकाशे सकल-गुण-मये निर्गुणे निर्विकारे।
न स्थूले नैव सूक्ष्मेऽप्यविदित-विभवे नापि विज्ञान-तत्त्वे,
विश्वे विश्वान्तराले सुर-वर-नमिते निष्कले नित्य-शुद्धे।।४।।