कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनी! नवराज ब्राह्मण पिताको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावतीले सासू गोमासित भनिन्-हे माता! म माइत नगएको धेरै दिन भयो। यहाँ खान अन्न छैन, लगाउन लुगा छैन, अर्कासित मागेर मात्र कती दिन निर्वाह गर्ने? अत: म केही दिन माइत जान्छु। तपाईंले आफ्नू शरीर र घरको रक्षा गर्नु होला। तपाईंका छोरा आएपछि मलाई डाक पठाउनु होला। म गएपछि एक पेट, पाल्न तपाईंलाई पनि कठिन हुनेछैन। अतः म जान्छु भनी : सूलाई प्रणाम गरेर माइत गइन्। चन्द्रावती हिंडेपछि गोमा ब्राह्मणी आफूलाई दुःख परेको देखी भिछुकरूप श्री महादेवले दिएको श्राप सम्झेर भन्न लागिन्-म सात वर्षकी हुँदा सत्तरी वर्षका बूढ़ासित विवाह भयो, ती पनि भिक्षा माग्न गएका आजसम्म फर्केनन्, छोरा-बुहारीले पनि छाडेर गए। म यस्तो अवस्थामा परें, धिक्कार रहिछु। उस दिन मलाई श्राप दिने भिक्षुक श्रीमहादेवले रहेछन्। हे जगदीश्वर! मैले जानिन, मेरा अपराध क्षमा गर। हे शम्भो! हजुरलाई कोटि-कोटि नमस्कार छ। अब मेरो रक्षा गर कि यो प्राण हर भन्दै आँसूका धारा बगाई रोई कराई बौलाही जास्तै भएर हिंड्न लागिन्।
यो कुरा कैलासमा पार्वतीले चाल पाएर महादेवको आनन्द समयमा विन्ती गरिन्-हे नाथ! त्यो गोमाको दुःख हेर्नु हवस्। त्यो पनि हजुरकी पत्नी हो, त्यसलाई कष्ट दिनु योग्य छैन। मलाई साहै दया लाग्यो, म त्यसको केही उपाय गरूँ कि! आज्ञा भए स्वस्थानी परमेश्वरीको व्रत गराऊँ र दुःखका सिन्धुबाट पार होली। यति पार्वतीको प्रार्थना सुनी महादेवले हुन्छ, त्यसै गर भनी आज्ञा दिनु भयो। अनि सप्तऋषिलाई डाकी तिमीहरू मत्त्यमण्डलमा जाओ र चन्द्रज्योति नगरमा गोमा नामकी ब्राह्मणी साहै कष्टमा परेकी छ। उसलाई स्वस्थानी परमेश्वरीको व्रत गराई आओ। यति भनी आफूलाई, विष्णुले बताएको सम्पूर्ण विधि बताइन्।
यति पार्वतीको आज्ञा सुनी सप्तऋषिले 'हवस्' भनेर मत्त्यमण्डलमा पुगी चन्द्रज्योति नगरको बाहिर गोठाला केटा- केटीहरूसित 'यहाँ को दुःखी छ?' भनी सोधे र गोठालाहरूले-यस चन्द्रज्योति नगरमा त्यस्ता दुःखी कोही पनि छैनन्। शहर बाहिर गोमा नामकी ब्राह्मणी साहै कष्टमा छन्, त्यहीं गई सोध भनेर घर पनि देखाइदिए। अनि सप्तऋषिहरू तिनको घर पुगे। गोमाले पनि सप्तऋषिहरूलाई देखेर प्रणाम गरी भित्र लगेर पिन्हामा बसाली-हे ऋषीश्वर हो! म यस्ती पापिनीका घरमा आई के कामले दर्शन दिनुभयो? आज्ञा हवस् भनिन् र सप्तऋषिहरू भग्दछन्-हे गोमा! तिमी साहै नै दुःखी हुनाले श्रीस्वस्थानी परमेश्वरीको व्रत गराउन आयौं। अब तिमी एकाग्र भएर सुन-
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागी गरेको त्यो व्रत पौषशुक्ल पूर्णिमादेखि आरम्भ गर्नुपर्दछ। हात-खुट्टाका नङ काटी पवित्र भई एकभक्त रही एकचित्त गरी नित्य मध्यान्हकालमा श्रीमहादेवको पूजा गर्नू। माघशुक्ल पूर्णिमाको दिन अष्टोत्तरसय रोटी, अष्टोत्तरसय अक्षता, अष्टोत्तरसय जाति जातका फूल, र नाना उपचार तयार गरी आर्सीमा ॐ कार लेखी गंगाजलले स्नान गराई रक्तचन्दन, श्रीखण्ड सिन्दूर, पुष्पमाला, वस्त्र, धूप-दीप र नैवेद्य, मेवा, मिष्ठान्न, कस्तूरी भेटी चढाई स्वस्थानी परमेश्वरीको पूजा गरेर कथा सुन्नू। कथा सुन्ने कोही नभए आफै भन्नू र आफै सुन्नू। आफ्ना खाट उइँटा धनु आदिलाई सुनाए पनि हुन्छ। त्यसपछि जुन कामना ( इच्छा ) ले व्रत गरेको छ, मेरो अमुक कामना सिद्ध हवस् भनेर अर्घ्य दिई जप, ध्यान, स्तुति गर्नू। श्री स्वस्थानी परमेश्वरी भनेकी कस्ती छन् भने हे गोमा ब्राह्मणी ध्यानपूर्वक सुन-
सुवर्ण वर्ण दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन समासीनां सर्वालंकार भूषिताम् ।।
नीलोत्पल धरां वामे दक्षिणे वरदां शुभाम् ।
खड्ग चर्म धरां चोर्ध्वं वामदक्षिणयोः क्रमात् ।।
चतुर्भुजां च मां तत्र पूजयेद्वृषकेतुनाम् ।
एवं ध्यात्वा महादेवी स्वस्थानी जगदीश्वरीम् ।।
पीतवर्ण सुवर्णभन्दा पनि दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल-पुष्प झैं मुख मण्डल भएकी, नाना अलंकार पहिरी सिंहासनमा बसेकी खड्ग चर्म र नीलोत्पल लिएकी, चार बाहु भएकी यस्ती श्री स्वस्थानी परमेश्वरीलाई हृदयले संझी त्यहीं मेरो पनि पूजन गर्ने भनी स्वयं महादेवले आज्ञा भएको छ। यस्ती स्वस्थानी परमेश्वरीको ध्यान गरेर निम्नलिखित मन्त्र पाठ गर्नू-
नमस्तेऽस्तु जगन्मातः स्वस्थानी सर्व मंगले ।
तव प्रसादाद्देवेशि व्रत पूर्ण तवाऽऽज्ञया ।।
हे जगन्माता! सम्पूर्ण लोकको कल्याण गर्ने हे देवी! हे स्वस्थानी परमेश्वरी! हुजुरको कृपाले मेरो व्रत पूरा भयो भनी प्रसाद झिक्नू र अष्टोत्तर सयमा आठ रोटी आठ अक्षता, आठ वेली पुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई, दिनु, पुरुष नभए छोरालाई र छोरा नभए मीत छोरालाई दिनु, मीत छोरा पनि नभए मेरो अमुक कामना सिद्ध हवस् भनेर गंगामा बगाइदिनु र सय रोटी आफूले फलाहार गरी रात्रिमा जाग्राम बस्नु। हे गोमा! यति गरेपछि स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले तिम्रो सबै दुःख नाश हुनेछ, अन्यथा नमाने। यही व्रतका प्रभावले पार्वतीले महादेव स्वामी पाइथिन्। अब हामी जान्छौं।।
यति सप्तऋषिले भनेको सुनी गोमाले मनमा आनन्द मान्दै भनिन्-हे ऋषिश्वर हो! म यस्ती पापिनीका घरमा केही छैन, केले आतिथ्य गरूँ! पसलबाट पान किनेर ल्याउँछु भनी चर्खामा रहेको धागोको लरिया लिएर घरबाट निस्किन्। सप्तऋषिहरूले गोमाको कष्ट देखेर साहै दया लागी सातओटा सुनका कौड़ी आफूहरू बसेको पिरका मुनि छाडेर गए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्तसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां सप्तऋषिव्रतोपदेशोनाम त्रयोविंशोऽध्यायः।।२३।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।