कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! यस्तै प्रकारले जब त्यहाँ बसेको निकै वर्ष बितिसक्यो तब एक दिन शिवशर्माले आफू हृष्ट-पुष्ट भएको देखेर घर सम्झी अब यहाँ कति बस्ने, बरू घर जानुपर्यो भन्ने विचार गरी शिवभट्ट र सती कहाँ नगीचै गएर, भने-हे माता-पिता! तपाईंहरूको कृपाले कन्यादान पाई म कृतार्थ भएँ। म यहाँ आएको धरै दिन भयो। घरमा हेरचाह गर्ने कोही छैन। आज्ञा दिए घर जाने थिएँ।
ज्वाइँको यस्ता कुरा सुनी शिवभट्ट भन्दछन् हे ज्वाइँ! यो पनि तिनै घर हो, हाम्रो पो को छ र? हामी पनि तिम्रै हौं, सम्पति पनि तिम्रै हो, अतः जान्छु नभन। त्यति सुनेर शिवशर्मा भन्दछन्-हे पिता! एकपल्ट जानदेऊ, नरोक घरको हेर विचार गरेर म बरू छिटै आउनेछु। मेरो पनि को छ र। माता- पिता सबै तिमी, इष्ट-मित्र पनि तिमी, हितू पनि तिमी, गुरु र देवता पनि तिमी। मनपरेको खान लाउन दिई पाल्ने यस्ता तिमीहरूलाई छाडेर म कहाँ जान सक्तछु?
यति आफ्ना स्वामीले पितासित कुरा गरेको सुनी गोमाले भनिन्-हे स्वामी! कहीं, पनि जाने मन नगर तिमी जाने भए मलाई पनी साथै लैजाऊ अन्यथा म जान दिनेछैन। तिमी बिना म कसरी बस्न सक्नेछु? यति गोमाले भनेको सुनी शिवशर्मा भन्दछन्-हे स्त्री! तिम्रो बाल अवस्था छ, मसित जान सक्ने छैनौ किनभने हाम्रो घर धेरै टाढा छ। पहाड़ चढ्नु पर्दछ र अनेक दिन वनमा वास बस्नु पर्दछ। फेरि वनमा अनेक जन्तुको डर हुन्छ। तिमी आफ्नू इच्छामा बसेकी, घरबाट कहिल्यै ननिस्केकी शीत, ताप, भोक-प्यासले कष्ट पाउली। फेरि मेरो वृद्ध अवस्था छ, बाटोमा कसैले दगा गरी तिमीलाई हरण गरेर लैजाला। यस कारण तिमी यहीं बस म घर गई खबर बुझेर छिटै फर्कने छु। दुइ महीना जतिमा आइपुग्नेछु। दुइ महीना भनेको कति हो र? यति शिवशर्माले भनेको सुनी गोमा ब्राह्मणी भन्दछिन्
हे स्वामी! तिमी दुइ महीना भन्दछौ, म तिमी नभई दुइ घड़ी पनि बस्न सक्तिन। फेरि शीत, ताप, भोकले कष्ट पाउली, पर्वत चढ्नु पर्दछ, वनमा वास बस्नु पर्दछ, नाना जन्तुको डर हुन्छ पनि भन्यौ, तिमीले दुःख पाए म पनि दुःख पाउने छु। जुन गति तिम्रो, उही गति मेरो। कस्तै भए पनि तिमीलाई पठाएर म यहाँ बस्न तयार छैन। यदि मलाई छाडेर गयौ भने म हत्या गरी मर्नेछु।
https://amritastrology.com.np/
यति गोमाले भनेको सुनी शिवशर्माले-उसो भए तिम्रा माता-पितासित बिदा भएर, आऊ भने। अनि गोमाले माता-पिताकहाँ गएर भनिन् हे माता-पिता! म पनि मेरा स्वामीसित जान्छ, बिदा दिनु-हवस्। छोरीको त्यस्तो वचन सुनी शिवभट्ट र सतीले भने-हे पुत्री! जान्छु नभन्। किन भने हाम्रो वृद्ध अवस्था भयो। छोरो भने पनि छोरी भने पनि तँ यौटी होस्। तँ पनि नभए हामीलाई औंसीको रात जस्तै हुनेछ। राम र सीता नहुँदा राजा दशरथको प्राण गए जस्तै हाम्रो पनि हुनेछ। अतः हाम्रो सेवा र सम्पत्तिको सुरक्षा गरेर यही बस्। तेरा स्वामीलाई जान दे। ऊ पनि दुई महीनामा आऊँछु भन्दैछन्।
यति माता-पिताको वचन सुनी गोमा ब्राह्मणी भन्दछिन् हे माता-पिता! नारी जातिको निम्ति सम्पूर्ण तीर्थ, व्रत, दान, धर्म त्यसका पुरुष ने हुन्छन्। सम्पूर्ण शास्त्र-पुराण तपाइँहरूले हेर्नू भएकै छ म के भनूँ।
पुरुष भए सम्म नारीले कुनै तीर्थ, व्रत, दान-धर्म गर्नु पर्दैन। नारीले आफ्नो पुरुषलाई रिसाएर हेरे डेरी हुन्छे। पतिसित द्रोह गरे गोही हुन्छे। पुरुषको वचन नमाने पापिनी हुन्छे। लोग्नेदेखि लुकाएर खाए कुकुन्नी हुन्छ। यसै कारण मलाई नरोकी साथै जाने विदा दिनुहवस्। विशेष मेरा पुरुष वृद्ध छन्, बाटोमा म नभए तिनको रक्षा को गर्ला? फेरि संसारमा कसैका पनि बढेका छोरी माइत बस्तैनन्। बरु फेरि चाँडै आउनेछु।
यति गोमाले भनेपछि शिवभट्ट र सतीले. भने-हे गोमा! त्यसो भए हामी के भनौं। जा भनी आँखाबाट आँसु बगाई नाना वस्त्र अलंकार पहिराई प्रशस्त सम्पति समेत दिई डोलीमा बसाली नगरको बाहिर सम्म पुयाउन गए। बाटोमा राम्ररी लैजानू भनी डोलेहरूलाई अह्राएर शिवभट्टले गोमासित भने- हामीलाई नबिर्सी चाँडै आउनू। गोमाका साथीहरूले पनि त्यसै भने। अनि गोमा डोलीबाट वर्ली बाबा-महतारीलाई प्रमाण गरी सबै साथीहरूलाई पनि 'बस है' भनेर, सबैसित बिदा भई फेरि डोली चढेर त्यहाँबाट हिंड्दी भइन्।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमार-अगस्त्यसंवादे श्रीस्वास्थानी परमेश्वर्या-व्रतकथायां शिवशर्मास्वगृहगमनंनाम एकविंशोऽध्यायः।। २१।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।