श्रीस्वस्थानी व्रतकथाको अष्टादशोऽध्यायः, नागिनीहरुद्वारा स्वस्थानीको व्रत उपासना

कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । 
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-

मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा 
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।

मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।

नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।

सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु। 

अष्टादशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि महादेवले विष्णुलाई बिदा दिई जालन्धरसित युद्ध गर्न लाग्नुभयो। महादेव र जालन्धरको भयंकर संग्राम भयो। वृन्दाको पतिव्रता धर्म विष्णुले हरण गरिसकेका हुनाले जालन्धर शक्ति क्षीण भई महादेवसित युद्ध गर्न नसकी आकाशमा गएर माया-युद्ध गर्न लाग्यो। महादेव पनि आकाश मै गएर युद्ध गर्न लाग्नुभयो। त्यसपछि जालंधर शक्ति क्षीण भएको जानी विष्णुले वृन्दाको सत्य डगाइसके छन् भन्ने ठानी तेजिलो त्रिशूल लिई तीनै नेत्रबाट अग्निको ज्वाला निकाली क्रोधपूर्वक जालन्धरको छातीमा प्रहार गर्नभयो। त्यस त्रिशलको चोटले जालन्धर मरी
अन्त:पुरको चोकमा ठूलो शब्द गरेर पछारियो। त्यो चर्को शब्द सुनी वृन्दाले केको शब्द हो भनी हेर्न जाँदा आफ्नै स्वामी जालन्धर मरेको देखी अनेक प्रकारले विलाप गर्दै रुन लागिन्-'हे स्वामी! मलाई यस्तो अवस्थामा एक्ली पारेर कहाँ जानुभयो? पापिष्ट विष्णुले छल गर्दा तपाईंको यो गति भयो र मेरो यो अवस्था भयो। तपाईं बिना म प्राण राख्न सत्तिन। तपाईं जहाँ जानुभयो म पनि उहीं जान्छु' भन्दै केश फिंजाई विष्णुको मुखमा हेरेर भन्न लागिन्-हे पापिष्ट विष्णु! तिमीले छली मेरो पतिव्रता धर्म नष्ट गरिदिनाले मेरा स्वामीको यो गति भयो। अब म तिमीलाई श्राप दिन्छु-झार हुनुपरोस १, घाँस हुनु परोस २,  कल्पवृक्ष भएर रहनु परोस् ३, दुङ्गा भएर रहनु परोस् ४, यति चार थोक श्राप दिएँ भनी आफ्ना स्वामीसित सती गई वृन्दाले देह त्यागिन्।
 

हे अगस्त्य मुनि! पतिव्रताको श्राप विष्णुलाई लाग्यो र झार हुनुपरोस भनेकोमा 'तुलसी' भएर रहनु पर्यो। घाँस हुनु परोस् भनेकोमा 'कुश' भएर रहनु पर्यो। कल्पवृक्ष हुनु परोस भनेकोमा 'पीपल' भएर रहनु पर्यो। ढुंगा हुनु परोस् भनेकोमा 'शालिग्राम' भएर, रहनु पर्यो। तुलसी, कुश, पीपल र शालिग्राम नारायण, रूप हुन् भनेर सबैले पूजा गरेको कारण यही हो। हे मुने! पतिव्रता धर्म भनेको ठूलो धर्म हो । त्यसपछि, वृन्दाको श्राप मोक्ष गर्न जान्छु भनी विष्णु भगवान् तुलसी, कुश, पीपल र शालिग्राम भएर रहनु भयो। विष्णु भगवान गएपछि शिवजी साँढेमा चढी सकल, देवता अघि-पछि लगाई अनेक खुसीका बाजा बजाई, अप्सराले नाची, गन्धर्वले गाना गरी, पुष्प-वृष्टि गर्दै कैलासमा प्रवेश गर्नुभयो। अनि प्रमथगण सहित शिव शक्ति रूपले रहनु भयो। त्यसपछि सबै देवताहरू महादेवसित विदा मागेर आफाफ्ना आश्रममा गई आनन्दपूर्वक रहन लागे।
 

हे अगस्त्य मुनि! अब पातालका कुरा कहन्छु, तिमी ध्यानपूर्वक सुन-पार्वतीको आज्ञाले अश्वत्थामा, ऋषि सप्त पातालको मूल रसातलमा पुगे। कस्तो पाताल भने-सूर्यको प्रकाश झै प्रकाशमान भएको, अनेक प्रकारका रत्नहरू जडेर बनाइएको सुवर्णको पुरीमा असंख्य सम्पत्ति भएका शेषनाग, तक्षकनाग, कर्कोटकनाग, पद्मनाग, शंखनाग, कुलिकनाग र वरुणनाग बसेका र नागिनीहरू पनि हीरा-मोती, मणि माणिक्य आदिका गहना एवं उत्तम वस्त्रालंकार पहिरी उभन्दा उ राम्री, उभन्दा उ राम्री भएर बसेका त्यस्तो स्थानमा पुगेपछि अश्वत्थामाले-हे शेषनाग! पार्वतीको आज्ञाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराई जो दुःखी छन्, जो दरिद्र छन्, तिनको उद्धार गर्न आएको हुँ । यहाँ कोही दुःखी छन् कि? भनी सोधे। अश्वत्थामाको वचन सुनी शेषनागले भने - हे ऋषे! यहाँ उस्ता दुःखी र दरिद्री कोही पनि छैनन्। त्यहाँ वनको नगीचै शंखचूडनाग, रत्नचूड़नाग, कृपादत्तनाग र धार्तराष्ट्रनागको घर छ। तिनका स्त्रीहरू साहै कष्टमा छन्। त्यहीं गएर सुध्याऊ यति शेषनागले भनेपछि अश्वत्थामा तिनै नागिनीकहाँ गए।

 

शंखचूड़नागकी स्त्री हीरावती, रत्नचूड़नागकी स्त्री रत्नावती र कृपादत्तनागकी स्त्री मृगावती एवं धार्तराष्ट्रनागकी स्त्री मदनावती। यति नाग-नागिनी परस्पर अनन्य प्रीतिले बस्दा दैव-संयोगले दुःख पाई घरमा बस्न नसकी ती चारै जना नागहरू परदेश गए। अनि नागिनीहरू पति परदेश गएपछि चारै जनाले सल्लाह गरी घर छाडेर वनमा बसी दुःखका दिन बिताउन लागे। ती नागिनीहरू दुःखमा परे पनि महासत्यवादी थिए नागहरू परदेश लागेको बाह्र वर्ष बित्दा पनि नागहरूले नागिनीहरूको र नागिनीहरूले नागहरूको केही समाचार पाउन सकेनन्।

 

अश्वत्थामा ऋषि त्यस्ता दुःखका सिन्धुमा डुबिरहेका ती नागिनीहरूलाई हपार्दै पुगे। ती नागिनीहरूले सुनेर को हपार्दछ भनी गुफाबाट निस्केर हेरे। अनि अश्वत्थामा ऋषिलाई देखेर सोधे-'हे अश्वत्थामा ऋषि! आज हामी, पापिनी, दुःखिनीका घर के कामले आउनुभयो?' तब अश्वत्थामा भन्दछन्-'हे नागिनी हो ! पार्वतीको आज्ञाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराई जो दुःखी छन्, जो दरिद्र छन्, जसका पुरुष छैनन्, जो सन्तानहीन, छन् तिनको उद्धार गर्न आएको हुँ।' यति अश्वत्थामाको, वचन सुनी नागिनीहरूले मनमा आनन्द मानी-हे ऋषीश्वर! हामी दुःखी पनि छौं, दरिद्र पनि छौं, पापी पनि, छौं, हाम्रा सन्तान पनि छैनन्, पुरुष पनि छैनन्। अतः हामीलाई त्यो व्रत अवश्य गराउनु हवस् भनी नागहरू परदेश गएको र आफूले दुःख पाएको सबै विस्तार, गरिसकी आदरपूर्वक आसनमा बसाले।

 

अनि अश्वत्थामा भन्दछन्-हे नागिनी हो! ध्यानपूर्वक सुन-सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउन भनी श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको विधि, भन्दछु-पौषशुक्ल पूर्णिमादेखि हात-गोड़ाका नङ काटुन स्नान गरी पवित्र भई, एकभक्त रही, एकचित्त गरी मेरो फलानु कामना सिद्ध हवस् भनी नित्य मध्यान्ह कालमा श्री स्वस्थानी परमेश्वरीको पूजा गर्ने र उनैको कथा सुन्नू। माघशुक्ल पूर्णिमाको दिन १०८ रोटी, १०८ अक्षता, १०८ वेलीपुष्प, १०८ यज्ञसूत्र, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फल-फूल आदि सबै एकसय आठ सगुन समेत नाना उपचार तयार पारेर आसर्सीमा ॐकार लेखी गंगाजलले स्नान  गराउनू र श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, अबीर पुष्पमाला चढाई धूप-दीप, नैवेद्य, वर्त्र भेटी अर्पण गर्नू। यसरी, पूजा सकेर अर्घ्यदिनू। अनि प्रसाद झिकेर अष्टोत्तरसयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प आठ पान, आठ कुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनू, पुरुष नभए छोरालाई र छोरा नभए मीत छोरालाई तथा मीतछोरा पनि नभए मेरो फलानु कामना पूर्ण हवस् भनेर गंगामा बगाउनु र सय रोटी आफूले फलाहार गर्ने, अनि रात्रिमा जाग्राम बस्नू। यति गरेपछि तिमीहरूको दुःख नाश होला। यसमा अन्यथा नमाने।

 

यति अश्वत्थामाले भनेको सुनी नागिनीहरू खुसी भई, भन्नलागे-हे अश्वत्थामा ऋषि! हामी स्त्री जातलाई त्यस्तो ज्ञान कहाँबाट प्राप्त हुनु! तपाईं बसेर हामी अभागिनीहरूको, त्यो व्रत गराई उद्धार गरिदिनु हवस्। यति भनी ऋषिलाई सम्मानपूर्वक घर लगेर बसाइराखे। त्यसपछि पौषशुक्ल पूर्णिमा आयो र विधिपूर्वक व्रत आरम्भ गराई महीना दिन पुगेपछि माघशुक्न पूर्णिमाको दिन समस्त सामग्री तयार गराई स्वस्थानी परमेश्वरीको पूजा गराए। पूजा सकिएपछि अश्वत्थामा ऋषिले भने-हे नागिनी हो! अब अर्घ्य दिई जप- पाठ, ध्यान, स्तुति गर। अनि नागिनीहरूले स्तुति गरेर अंजलि जोरी-हे ईश्वरी! हामी दुखियाहरूको पूजाले प्रसन्न भई यो दुःखको समुद्रबाट पार लगाउनु हवस् भनेर स्तुति गर्दागर्दै पूर्व दिशाबाट हजार सूर्यको जस्तै तेज भएकी श्री स्वस्थानी परमेश्वरी प्रकट भएर दर्शन दिई-'हे नागिनी हो! तिमीहरूको श्रद्धा-भक्तिले म प्रसन्न भएँ, वरदान माग' भन्नुभयो। अनि ती नागिनीहरूले बिन्ती गरे-हे ईश्वरी! हामी दुःखिनीहरूको दुःखहरण, हवस्। हाम्रा स्वामीहरू चाँडै आइपुगुन् भनी मागे, अनि ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन्। त्यसपछि, प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले परदेशबाट नागहरू आइपुगे र नागिनीहरूले, मनमा आनन्द मानी धन्य-धन्य, स्वस्थानी परमेश्वरी! भनी प्रसाद झिकेर आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत आफाफ्ना पतिलाई दिएर दण्डवत् प्रणाम गरे। अनि अश्वत्थामा ऋषिलाई भोजन गराई दक्षिणा दिई बिदा गरे। त्यसै दिनदेखि ती नाग-नागिनीहरू असंख्य सम्पत्ति पाएर आनन्दले रहँदा भए।
 

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी परमेश्वर्या-व्रतकथायां नागिनीव्रतकरणंनाम अष्टादशोऽध्यायः।। १८।। 

कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-

उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।

दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी । 
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।। 

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः । 
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

श्री स्वस्थानी देव्यार्पणमस्तु ।

यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।

 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish