कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! राजगृहमा गएर दाहिने कुहुना पतन भयो। राजगृह पीठ, राजगृहेश्वरी देवी, उल्कामुखी योगिनी, हरेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा वायु आएर अनेक तरहले मीठा सुगन्ध बहाई तपस्या गरे । ईश्वरी प्रसन्न भएर वरदान लेऊ भनिन् । वायुहरूले 'संसारमा जति जीवात्मा छन् तिनको प्राणवायु हुन सकौं भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि कोह्लापुरमा गई उदर पतन भयो । कोह्लापुर पीठ, महालक्ष्मी देवी, नन्दा योगिनी, श्मशानेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य-भूमिमा गरुड़ आएर नाना रत्न एवं फल-फूल चढाई तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेऊ भनिन् । गरुड़ले नागहरू मेरा आहारा होऊन्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि महापन्थमा गएर बायाँ कुहुनो पतन भयो । महापन्थ पीठ, प्रचण्डचण्डिका देवी, रेणुका योगिनी, विश्वा-मित्रेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा अप्सराहरू आएर नाच- गान-सहित तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ भनिन् । अप्सराहरूले 'इन्द्रादि देवताहरू- लाई सदैव मोहित पार्न सकौं भनी माँगे। ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि एकापुरमा पुगी दाहिने घुँडा पतन भयो । एकापुर पीठ, साधुक्षी देवी, संकुपा योगिनी, उन्मत्तेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्षभूमिमा शिलाहरू आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् । शिलाहरूले 'देवताका अंगमा लागौं भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि ॐ कारपुरमा गएपछि माथिल्लो ओठ पतन भयो । ॐकार पीठ, मातृका देवी, पूर्णोदया योगिनी, सन्तानेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध- भूमिमा कल्पवृक्ष आएर अनेक फल- फूल चढाई पूजा र तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेऊ' भनिन् । कल्पवृक्षले 'जहिले जे चितायो सो फलाउन सकूँ' भनी माँगे । ईश्वरी प्रसन्न भई 'तथास्तु' भनिन् ।
फेरि उज्जयनमा पुग्दा रगतको डल्लो पतन भयो । उज्जयिनी पीठ, महाकाली देवी, ललज्जिङ्ञा योगिनी र झंकेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा हिमालय पर्वत आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई 'वरदान लेऊ' भनिन् । हिमालयले 'देवता, दैत्य, मनुष्य सबैलाई मुक्ति दिन सकूँ' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो । जयन्तीपुर पीठ, जयन्ती देवी, खेचरा योगिनी, कल्पेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्षभूमिमा तुलसी, कुश आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् । तुलसी, कुशले 'स्वर्ग, मर्त्य, पाताल तीनै लोकले हामीलाई मानून्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि चरित्र पुरमा पुग्दा दाहिने करङ पतन भयो । चरित्रपुर पीठ, सवर्णेश्वरी देवी, चित्रवण्णा योगिनी, वायव्येश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा योगिनी-गण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् । योगिनीहरूले 'योग सिद्ध हवस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् ।
फेरि क्षीरिकापुरमा गएर भुँडी पतन भयो । क्षीरिकापुर पीठ, युगधारा देवी, कलंका योगिनी, सहस्त्रनेत्रेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्ष- भूमिमा मातृकागण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ भनिन् । मातृकागणले 'हामी स्थानका स्वामी होऔं भनी माँगे। ईश्वरी प्रसन्न भई 'तथास्तु' भनी वरदान दिइन् । फेरि हस्तिनापुरमा पुग्दा दाहिने कुम पतन भयो । हस्तिनापुर पीठ, चण्डेश्वरी देवी, कोटराक्षी योगिनी, मुसुखारेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्षभूमिमा सुदर्शन चक्र आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'वरदान लेऊ' भनिन् । सुदर्शन चक्रले 'संहारकर्ता हुन सकूँ' भनी माँगे। ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि उड्डीयनमा पुगेपछि शिर पतन भयो । उड्डीयन पीठ, चित्रकला देवी, पिंगलाक्षी योगिनी, यज्ञेश्वर महादेव उत्पन्न भए । शिव शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा हनुमानूले फल-फूल चढाई, नाची, उफ्री तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान माँग' भनिन् । हनुमान्ले 'रामचन्द्रको सेवक भएर लंका पोल् सकूँ' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि विश्वमा पुग्दा मिगौला पतन भयो । विश्वपीठ, झकिश्वरी देवी, झंकाली योगिनी, कुण्डलेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा विश्वकर्मा आएर अनेक सुन्दर देवा लयहरू बनाई तपस्या गरे। ईश्वरी प्रसन्न भई 'वरदान माँग' भनिन् । विश्वकर्माले 'मेरो कीर्ति सत्य, त्रेता, द्वापर र कलि चारै युगमा स्थिर रहोस् भनी माँगे। ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि प्रयागमा पुग्दा फोक्सो पतन भयो । प्रयाग पीठ, सुन्दरी देवी, सिंहजंघा योगिनी, महीदेवेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्षभूमिमा दश अवतार आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर वरदान लेओ भनिन् । दश अवतारले 'सत्य, त्रेता, द्वापर, कलि चारै युगमा दैत्य संहार गर्न सकौं भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि मायापुरमा गएपछि फियो पतन भयो । मायापुर पीठ, मायादेवी, चंचला योगिनी र तपस्येश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा चौषट्ठी लिंग आएर जप ध्यानादिद्वारा तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् । चतुःषष्ठी लिंगले 'हामी स्वयंभू लिंग भएर रहन पाऔं' भनी माँगे। ईश्वरीले 'तथास्तु' भनिन् । फेरि मल्लगिरिमा पुग्दा बायाँ कुम पतन भयो । मल्लगिरि पीठ, मल्लिका देवी, कोकुरा योगिनी, उत्पन्नेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस शुद्धभूमिमा भूत-प्रेत, पिशाच आदि आएर नाच-गानद्वारा तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् । भूत-प्रेत र पिशाचले 'सधै तिम्रो नगीचमा बस्न पाऔ भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान रिइन् । फेरि मलयागिरिमा पुग्दा आसन पतन भयो। मलयागिरि पीठ, वज्रेश्वरी देवी, कोमला योगिनी, जागेश्वरी महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा सत्य आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'वरदान माँग' भनिन् । सत्यले सत्यम रहनेलाई उद्धार गर्न सकूँ भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि मेरु-गिरिमा पुगेपछि शुचि स्थान पतन भयो । मेरुगिरि पीठ, पूर्णा देवी, कपालिनी योगिनी, जिह्वापतेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा सप्तनाग आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'वरदान लेओ भनिन् । नागहरूले 'हाम्रो शरीर अगम्य रहोस् भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि सेनामा गएर मुकुट पतन भयो । सेना पीठ, उमा देवी, अष्टवक्त्रा योगिनी, कामेकर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा नवग्रह आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओं भनिन् । नवम्रहले 'लाभ-हानिको अधिकार पाऔं भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि मेहन्द्रमा पुग्दा दाहिने तिघ्रा पतन भयो। महेन्द्र पीठ, इन्द्राणी देवी, ऊर्ध्वगमनी योगिनी, तारकेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा लक्ष्मी आएर नाना रत्न र द्रव्यादि चढाई तपस्या गरिन् । ईश्वरी प्रसन्न भएर 'वरदान माँग' भनिन् । लक्ष्मीले 'कार्तिक कृष्ण अमावस्याका दिन सम्पूर्ण लोकले मेरो पूजा गरून्' भनी माँगिन् । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि हिरण्यपुरमा पुगेर सुतस्थान पतन भयो । हिरण्य पीठ, नवरल्नेश्वरी देवी, त्रिपुरेन्द्रा योगिनी, नारदेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा सरस्वती आएर अनेक स्तुति र तपस्या गरिन् । ईश्वरी प्रसन्न भई 'वरदान माँग भनिन् । सरस्वतीले 'समस्त जीवात्माको बोलीमा मेरो निवास होस् भनी माँगिन् । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि वानरपुरमा पुगेर बायाँ तिघ्रा पतन भयो । वानरपीठ, कामेश्वरी देवी, भेरुण्डा योगिनी, वेदान्तेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे । त्यस मोक्ष- भूमिमा कमल आदि अनेक पुष्प आएर मीठो सुगन्ध फिजाई तपस्या गरे। ईश्वरी प्रसन्न भई 'वरदान माँग' भनिन् । फूलहरूले पूजा- कालमा प्रशस्त होऔं'भनी माँगे। ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि महालक्ष्मी पुरमा गएर बायाँ करङ पतन भयो । महालक्ष्मीपुर पीठ, कमलाक्षी देवी, दिगम्बरा योगिनी, त्रिकुटेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा अणिमादि अष्टसिद्धि आएर योगमार्गले तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान माँग' भनिन् । अष्टसिद्धिले 'अमर होऔं' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि उद्यानमा पुग्दा कण्ड्याउलो पतन भयो । उद्यान पीठ, त्रिपुरासुन्दरी देवी, सुशंकोदरा योगिनी, भैरवेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा मेघ आएर मानसोपचारले पूजा र तपस्या गरे । ईष्वरी प्रसन्न भई 'वरदान माँग'
भनिन् । मेघले 'समस्त संसारलाई जलदान गरी उद्धार गर्न सकूँ' भनी माँगे। ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि छायाछत्रमा पुगेर शेष रहेका सबै अंग पतन भए । छायाछत्र पीठ, छत्रेश्वरी देवी, सुसुकोदरा योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूप में रहे । त्यस पुण्यभूमिमा अष्टभैरव आएर नाना उपचारले पूजा एवं तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान माँग' भनिन् । अष्टभैरवले 'मातृकागणको अधिपति Bहोऔं भनी माँगे। ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । हे अगस्त्य मुनि ! यस्तै किसिमले जुन- जुन स्थानमा सतीदेवीको अंग पतन भयो, त्यहाँ- त्यहाँ एक-एक पीठ र स्वयम्भू लिंग उत्पन्न हुँदै गयो। समस्त पीठको संख्या साढे सात करोड़ छ (७,५०,००,०००)। त्यसमध्ये पचास पीठको मात्र दर्शन गरे पनि अवश्य मुक्ति प्राप्त हुन्छ । मनुष्य-जन्म पाएर ती पचास पीठमा एक पीठको पनि दर्शन गर्न सकेन भने त्यसले जन्म लिएको व्यर्थ हुन्छ भनी स्वयं ब्रह्माजीले आज्ञा भएको छ ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी- परमेश्वर्या ब्रतकथायां अंगपतन-पीठोत्पत्तिवर्णनं नाम दशमोऽध्यायः ॥१०॥
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।