कथा भन्ने र सुन्ने सबैले चन्दन, अक्षता, फूल लिएर हात जोर्नू ।
वक्ताले तलको स्तुति पढ्नु-
यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवै- र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलंकृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायाऽमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
सबैले पुष्पाञ्जलि पुस्तकमा चढाएपछि वक्ताले कथा भन्न थाल्नु। श्रोताले एकचित्त भएर कथा सुन्नु।
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! त्यहाँपछि इन्द्रादि समस्त देवताहरू महादेवले सतीदेवीलाई त्यसरी पीठमा बोकेर पृथ्वी भ्रमण गरेर हिंडेको देखी वैकुण्ठ गएर विष्णु भगवासित बिन्ती गरे- 'हे परमेश्वर ! महादेवले शोक गरेको देखेर दुःखी नहुने यो समस्त ब्रह्माण्डमा यौटा जीव पनि पाइने छैनन् । हजुरले यो ब्रह्माण्डको रचना गर्ने र शिवजीले रक्षा गर्ने हो । हजुर दुईले नगरे विश्वको सुरक्षा अरू कसले गर्ला ? यस बखत शिवजी दक्षको यज्ञबाट सतीदेवीलाई पीठमा बोकेर पृथ्वी भ्रमण गरिरहेका छन् । जबसम्म सतीदेवीको मृत ह रहला, तबसम्म शिवजी भ्रमण गरि नै रहनेछन् । अब हजुरको मायाले माखा वा झींगा सृष्टि गरी औंसा वा कीरा पारी सतीदेवीको अंग गलाएर पतन गराइ- दिनुहवस् । सकल देवताको यस्तो बिन्ती सुनी विष्णु आज्ञा हुन्छ - 'हे देवता हो ! तिमीहरूको कल्याणका लागि म आफ्नू मायाले झींगा उत्पन्न गरी आँसा पारी सतीको देह गलाई पतन गराउँला, यसमा शंका नगरे । अव तिमीहरू अमरावती जाओ ।' भगवान् विष्णुको त्यस्तो आश्वासन पाएपछि देवताहरू 'हवस् भनी विष्णुलाई दण्डवत् प्रणाम गरी आफाफ्ना लोकमा फर्के ।
अनि विष्णु भगवान् ले आफ्नूमायाद्वारा झींगा उत्पन्न गरी आँसा पारिदिए । अनि सतीदेवीको शरीर दुक्रा-टुक्रा भएर पतन भयो । जहाँ-जहाँ अंग पतन भयो, त्यहाँ-त्यहाँ एक-एक पीठ उत्पन्न भयो । त्यहीं त्यहीं ब्रह्माजीले एक-एक स्वयंभू लिंग उत्पन्न गराए । सबै भन्दा पहिले नेपालमा गुह्य पतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी, चन्द्रघण्टा योगिनी, सिद्धेश्वर महादेव उत्पन्न भए, शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य-भूमिमा इन्द्रादि देवता आई तपस्या गरे । ईश्वरी प्रसन्न इभई 'सत्य, त्रेता, द्वापर र कलि यी चारै युगमा देवताकै नामले प्रख्यात भए' भनी वरदान दिइन् । फेरि वाराणसीमा पुग्दा शिर पतन भयो। वाराणसी पीठ, विशालाक्षी देवी, शंकटा योगिनी, विश्वेश्वर महादेव उत्पन्न भए । शिवशक्ति स्वरूपले रहे । त्यस मोक्ष- भूमिमा गन्धर्वहरू आई नाच-गान द्वारा तपस्या गरे । ईश्वरी प्रसन्न भै वाक्य-सिद्धि हुने वरदान दिइन् । फेरि कामरूपमा पुग्दा छाती पतन भयो । कामरूप पीठ, कामाक्षा देवी, कीति' योगिनी, चक्रधारेश्वर महादेव ठत्पश्न भए । शिव शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिमा यक्षगण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'स्वर्ग- मत्त्य-पातालमा सदा यक्षगणका नामले विख्यात हुनेछौ भनी वरदान दिइन् । फेरि पौरबन्धमा गएर दाहिने कान पतन भयो। पौरबन्ध पीठ, अम्बिका देवी, चन्द्रवेगा योगिनी, धनेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा दैत्यगणा आई तपस्या गरे । ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सके भनी वरदान दिइन् । फेरि कश्मीरमा गई जिभ्रो पतन भयो । कश्मीर पीठ, शारदा देवी, घोरघण्टा योगिनी, श्रमधारेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य-भूमिमा किन्नरगण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर इच्छासिद्धि हवस् भनी वरदान दिइन् ।
फेरि कन्नौजमा पुगी अंगको छाला पतन भयो । कान्यकुब्ज पीठ, सफला देवी, झंकेश्वरी योगिनी र दुग्धेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध-भूमिमा रावण आई तपस्या ग्यो। ईश्वरी प्रसन्न भई देवलोक जित्न सकेस् भनी वरदान दिइन् । फेरि पूर्णगिरिमा गई बायाँ कान पतन भयो। पूर्णगिरि पीठ, पूर्णा देवी, कपालकुण्डला योगिनी र चन्द्रेश्वर महादेव उत्पन्न भए। शिव- शक्ति स्वरूपले रहे । त्यस मोक्ष-भूमिमा गन्थर्वहरू आएर नाच-गान गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई इन्द्रका सभामा नाच-गानमा कहिल्यै नचुके' भनी वरदान दिइन् । फेरि अस्तातकमा पुग्दा दाहिने हात पतन भयो। अस्तातक पीठ, कर्तेश्वरी देवी, एकाक्षी योगिनी, निद्रापतेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिमा राधिकागण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई तिमीहरूको सदैव कृष्ण दाहिना (अनुकूल) रहून् भनी वरदान दिइन् । फेरि चामुण्डाचलमा गई बाहु पतन भयो। चामुण्डा- चल पीठ, पुकारबी योगिनी, चामुण्डा देवी र इच्छावीरुकेश्वर महादेव उत्पन्न भए । शिव शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा नारद मुनि आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'तिम्रो वाक्यसिद्धि हवस्' भनी वरदान दिइन् ।
फेरि एकावीरमा पुग्दा बायाँ हात पतन भयो । एकावीर पीठ, सिद्धेश्वरी देवी, सिद्धा योगिनी, दुग्धेश्वर
महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य भूमि कर्णवीर आदि श्मशान आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सके भनी वरदान दिइन् । फेरि कामरोष्ठमा पुग्दा घाँटी पतन भयो। कामरोष्ठ पीठ, कामिनी देवी, महाकालेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध- भूमिमा लक्ष्मी आएर तपस्या गरिन् । ईश्वरी प्रसन्न भई सृष्टि-स्थान हुन सके भनी वरदान दिइन् । फेरि त्रिश्चेतमा पुगेर मलद्वार पतन भयो । त्रिश्वेत पीठ, महाकालेश्वरी देवी, विकटदन्ता योगिनी, त्रिपुरेश्वर महादेव उत्पन्न भए । शिव- शक्ति स्वरूपले रहे । त्यस मोक्षभूमिमा यमराज आएर नाना उपचारले पूजा-सहित तपस्या गरे । ईश्वरी प्रसन्न भई 'ब्रह्माजीको सृष्टि संहार गर्न सके' भनी वरदान दिइन् । फेरि कैलास पर्वतमा पुगेपछि दाहिने पाउ पतन भयो । कैलास पीठ, पार्वती देवी, अम्बिका योगिनी, विश्वम्भरेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्ष-भूमिमा ब्रह्मा आएर अनेक स्तुति-सहित तपस्या गरे। ईश्वरी प्रसन्न भाएर वरदान माँग भनिन् र ब्रह्माले तीनै लोकमा सृष्टिकर्ता हुन पाऊँ भनी वरदान माँगे । ईश्वरी प्रसन्न भई 'तथास्तु भनी वरदान दिइन् ।
फेरि धृगुकेत्रमा पुर्गी उपल्लो दाँत पतन भयो। भूगु पीठ, शरदा देवी, अ्रहादादा योगिनी, सत्येश्वर महादेव उत्पन्न भए। शिव- शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा थर्मदत्त राजा आएर योग-मार्गले तपस्या गरे । ईश्वरी प्रसन्न भई 'तिमीलाई कसैले जिलन नसकून्' भनी वरदान दिइन् । फेरि चन्द्रपुरमा गएर दक्षिण नेत्र पतन भयो। चन्द्रपुर पीठ, चन्द्रा देवी, सिद्धा योगिनी, प्रकाशेश्वर महादेव उत्पन्न भए । शिव शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमिका दश दिक्पाल आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'तिमीहरू आफाफ्ना दिक्स्थितिमा रहन सके भनी वरदान दिइन् । फेरि केदारमा गएर देब्रे हात पतन भयो । केदार पीठ, केदारेश्वरी देवी, चामुण्डा योगिनी, कोटेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा एकादश रुद्र आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् र एकादश रुद्रले 'हामीहरूको तेज समान रहोस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् ।
फेरि श्रीपीठमा पुग्दा तालु पतन भयो । श्रीपीठ, कमला देवी, भद्रा योगिनी, कमलेश्वर महादेव उत्पन्न भए। शिव- शक्ति स्वरूपले रहे । त्यस सिन्धभूमिमा अष्टवसु आएर षोडशोपचारले पूजा र तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ' भनिन् । अष्टवसुले हामीहरूको वाक्य-सिद्धि हवस्' भनी माँगि । ईश्वरीले "तथास्तु' भनिन् । फेरि एकावीरमा गएर नाभि पतन भयो । एकावीर पीठ, एकवीरा देवी, गोरक्षा योगिनी, हाटकेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्य- भूमि नागहरू आएर नाना रत्न मणिमाणिक्य चढाई पूजा र तपस्या गरे । ईश्वरी प्रसन्न भई 'वरदान लेओ भनिन् ।' नागहरूले 'सप्त पातालको अधिपतित्व प्राप्त होस् भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि जालन्धरमा पुगेर तल्लो ओठ पतन भयो। जालन्धर पीठ, जालपा देवी, ज्वालामुखी योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध भूमिमा कामधेनु गाई आएर नित्य दूध अर्पण गरी तपस्या गरिन् । ईश्वरी प्रसन्न भई 'वरदान लेऊ' भनिन् । कामधेनुले मेरो दूध, दही, घिउ, मल-मूत्र सधैं पवित्र मानियोस्, भनी माँगिन् । ईश्वरीले 'तथास्तु' भनिन् ।
फेरि कुशलान्तमा पुगेर कपालका केश पतन भए । कुशलान्तक पीठ, भूतयण्टा योगिनी, क्षीरेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा अश्विन्यादि सत्ताईस नक्षत्र आएर भक्तिसाथ तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'वरदान लेओं भनिन् । नक्षत्रहरूले 'ज्योतिष शास्त्र हाप्रो अधीनमा रहोस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि मल्लवीमा पुगेर बायाँ पैताला पतन भयो । मल्लवी पीठ, महाकाली देवी, कराला योगिनी, भूपालेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यहाँ द्वादशादित्य आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई 'वरदान माँग' भनिन् । द्वादशादित्यले 'हामी बाह्र महीनाका अधिपति रहौँ भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् । फेरि देवकोटमा पुगेर बायाँ घोड़ा पतन भयो । देवकोट पीठ, भद्राक्षी देवी, ललिता योगिनी र मातेश्वर महा देव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा मेषादि बाह्र राशि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान माँग भनिन् । राशिहरूले 'मनुष्यहरू हाम्रा अधीनमा रहून्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
फेरि गोकर्णमा पुगेर बायाँ कान पतन भयो । गोकर्ण पीठ, भैरवी देवी, एकजंघा योगिनी, यागेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरुूपले। रहे । त्यस सिद्ध- भूमि विष्कुम्मादि योगहरूले ठूलो कष्ट सहेर तपस्या गरे । ईश्वरी प्रसन्न भएर 'वरदान लेओ' भनिन् । ती योगहरूले 'ज्योतिष शास्त्र हाम्रा अरधीनमा रहूनू' भनी मौँगे। ईश्वरीले 'तथास्तु भनिन् । फेरि अट्टहासमा पुगेर तल्ला दाँतहरू पतन भए । अट्टहास पीठ, भ्रामरी देवी, शंखधरा योगिनी, शतभूतेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्ध- भूमिमा वाग्मती आदि नदीहरू आएर जल चढाई भक्तिपूर्वक तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान माँग भनिन् र वाग्मती आदि नदीहरूले 'हामीमा भुक्ति-मुक्ति दिने अधिकार होस्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि मातुलेश्वरमा पुगेर दाहिने स्तन पतन भयो । मातुलेश्वर पीठ, योगेश्वरी देवी, पिंगला योगिनी, बुधराधेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा आई कश्यपादि ऋषिहरूले तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान लेओ भनिन् । ती ऋषिहरूले 'चारै वेद हाम्रा अधीनमा रहून् भनी माँगे । ईश्वरीले 'तथास्तु' भनिन् । फेरि विश्वमा पुगी बायाँ स्तन पतन भयो । विश्वपीठ, भुवनेश्वरी देवी, भुवना योगिनी, कृष्णवर्णेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस सिद्धभूमिमा श्रीकृष्ण आएर तपस्या गरे । ईश्वरी प्रसन्न भएर वरदान माँग भनिन्। श्रीकृष्णले 'तीनै लोकका स्त्रीहरू मलाई देखेर मोहित होऊन्' भनी माँगे । ईश्वरीले 'तथास्तु' भनी वरदान दिइन् ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां सतीदेवीअंगपतनं नाम नवमोऽध्यायः ।। ९।।
कथा सकिएपछि निम्न स्तोत्र पढेर पुष्पाञ्जलि गर्नु-
उपनयतु मंगलं वः सकल जगन्मंगलालयः श्रीमान् ।
दिनकर किरण निबोधित नवनलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र, यत्राच्युतोदार कथा प्रसंगः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
श्री स्वस्थानी देव्यार्पणमस्तु ।
यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले | पुष्पाञ्जलि चढाई दण्डवत् गर्नु र आफाफ्ना मनको इच्छित वरदान माग्नु ।