रवि सप्तमी तथा आइतबार व्रतको महत्व र विधि

रवि सप्तमी भन्नाले आइतबारको दिन सप्तमी तिथि पर्दछ भने त्यस दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । सूर्यलाई सप्तमी तिथिको स्वामी पनि मानिन्छ।  यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । सूर्यलाई हाम्रो संस्कारमा प्रत्यक्ष देवताको रुपमा मानिएको छ। वेदमा "सूर्यSआत्माजगतस्तस्त्थुषश्च" अर्थात् सूर्य जगतका समस्त प्राणीहरुको आत्मा हो भनेर वर्णन गरिएको पाइन्छ। सूर्यले हाम्रो शरीरमा आत्मा र चक्षु अर्थात् आखाँको पनि प्रतिनिधित्व गर्दछ। व्यक्तिको जन्मकुण्डलीमा सूर्य कमजोर रहनाले आत्मबल कम हुने, आखाँको प्रकाश क्षीण आदि समस्या हुन सक्छ। सूर्य ग्रहको प्रशन्नताको लागि आइतबार व्रत बस्न सकिन्छ। 

आइतबारको व्रतविधान

आइतबारको व्रत लिँदा सामान्यतया रविसप्तमीको दिनबाट वा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नु पर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा पहिरनु आवश्यक छ । यो व्रत कम्तीमा एक वर्षसम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न सकिएन भने कम्तीमा १२ वटा आइतबार चाँहि व्रत लिनै पर्दछ । व्रतालुले आइतबारका दिन घाम उदाउनुअघि नै ब्युँझनु पर्दछ । आफ्नो नित्यकर्म सिद्ध्याएर शुद्ध रातो कपडा लगाएर 'ॐ घृणि सूर्याय नमः' यस बीज मन्त्रको जाप गर्नु पर्दछ । जाप गरिसकेपछि सूर्यनारायणलाई तुलसीको मठ वा शुद्ध ठाउँमा पूर्वतिर फर्किएर अर्घ्य दिनु पर्दछ। अर्घ्य दिने मन्त्र यसप्रकार रहेको छ-

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।
नमः सहस्रकिरण !  सर्वव्याधिविनाशिने ।
गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।

अर्घ्य दिंदा तामाको लोटी वा कलशबाट खसेको जलको धाराको माझबाट सूर्यबिम्बको दर्शन गर्नुपर्दछ, प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, यति गरिसकेपछि त्यस दिन दिनभरि उपवास गर्नु पर्दछ । सकेसम्म भोजनादि गर्नु हुँदैन । नसक्नेले फलाहार गर्नुपर्छ र सूर्य अस्ताएपछि भोजन गर्न सकिन्छ।

सूर्यलाई नमस्कार गर्नुको ठूलो महिमा रहेको छ। शास्त्रमा सूर्यलाई नमस्कार गर्दा हुने लाभबारे वर्णन गरिएको श्लोक यहाँ प्रस्तुत गरिएको छ-

आदित्यस्य नमस्कारं ये कुर्वन्ति दिने दिने ।
जन्मान्तरसहस्त्रेषु दारिद्रयं नोपजायते ॥

अर्थात् जसले दिनदिनै सूर्यको नमस्कार गर्दछ भने हजारौ जन्मसम्म पनि त्यसलाई दरिद्रता हुँदैन। 

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish