साप्ताहिक राशिफल २०७९ वैशाख १८ गतेदेखी २४ गते सम्म (Weekly horoscope Nepali of 01 to 07 May 2022)

साप्ताहिक राशिफल (२०७९ वैशाख १८ गतेदेखी २४ गते सम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्ने साता रहनेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरी आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरीमा तपाईंको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिका लागि यो साताको आइतबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईंको परिश्रमको उचित कदर हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन् भने स्वास्थ्य पनि सबल रहनेछ। सोमबार र मङ्गलवार तपाईका लागि विशेष दिन रहेका छन्। आफन्तसँग भेटघाट वा रमाइलो हुन सक्ने र उपहार प्राप्त हुन सक्ने पनि समय रहेको छ। यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका लागि यो साताको शुरुवातको दिन आइतबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनुका साथै आम्दानी बढ्नेछ। सोमबार र मंगलबार  भने विना अर्थका यात्राहरु हुन सक्ने र अचानक खर्च पनि बढ्न सक्नेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । तर बुधबार देखि भने चन्द्रमाको प्रथम स्थानमा रहने हुनाले दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको शुरुमा चन्द्रमाको गोचर कर्म  अर्थात् दशम भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । तर साताको उत्तरार्ध दिनहरु भने केहि कमजोर देखिए पनि समग्रमा हेर्दा साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको पुरा मुल्य प्राप्त हुनेछ।  बिहिबार र शुक्रबारको दिन भने केहि कमजोर रहेका छन्। 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका लागि यो साता शुभ रहेको छ । नवम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्रबाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य समस्या हरु देखिन सक्नेछन् । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस उतारचढावहरु आउन सक्नेछन । आफ्नो पढाईमा सचेत हुनु आवश्यक छ। तुलनात्मक रुपमा शनिबार दिन भने केहि कमजोर देखिन्छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका लागि साता मिश्रित रहनेछ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद हुन सक्नेछ । विरोधीहरु बलिया हुन सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु आउन सक्छ । तर सोमबार देखि भने दिनहरु शुभ रहनेछन । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण मा गएर रमाइलो वातावरण कायम हुन सक्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ। 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित नाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरुले मन प्रफुल्ल रहनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थीले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् । 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका लागि यो साता शुभ रहेको छ ।  बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन् । यो साता व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसायबाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्य तिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साता तुलनात्मक रुपमा सोमबार र मंगलबार कमजोर दिन रहेका छन ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर पञ्चम भावमा रहने हुनाले तपाईंको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईंको सिर्जनात्मक क्षमता को उच्च कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन वचत हुनेछ । विद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेको छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर सोमबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ ।  पारिवारिक जीवन सुखद रहनेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाईबाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन् । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ सोमबार र मंगलबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्। 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिका लागि यो साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । आफ्ना दाजुभाईको साथ र सहयोग बाट व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन्।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish