वि. सं. २०८३ साल कार्तिक महिनाको मासिक राशिफल
मेष राशि
मेष राशिका लागि कार्तिक महिना राम्रो देखिन्छ । सोचेको काम पूरा हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । साझेदारी काममा लाभ हुनेछ । धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्रा हुनेछ । खर्चमा वृद्धि हुनेछ । मानसिक तनावका साथै चिन्ता बढ्नेछ । महिनाको शुरूमा लाभ हुनेछ भने महिनाको अन्त्यतिर आर्थिक हानी हुनेछ । व्यापारमा लाभ हुनेछ ।
वृष राशि
वृष राशिका लागि कात्तिक महिना फाइदाजनक रहनेछ। सरकार पक्षबाट मानसम्मान मिल्नेछ । हरेक किसिमका प्रतियोगितामा सफलता मिल्नेछ । आर्थिक हिसाबले महिना सामान्य रहनेछ । घर जग्गाका कार्यमा लाभ हुने देखिन्छ । रोजगार मिल्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता हुनेछ । महिनाको अन्त्यतिर स्वास्थ्यमा समस्या बढ्नेछ । आर्थिक हिसाबले खर्च बढ्ने देखिन्छ ।
मिथुन राशि
मिथुन राशिका लागि कार्तिक महिना मध्यम रहनेछ। कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । आर्थिक हिसाबले आम्दानीमा वृद्धि हुनेछ । सरकारी कार्यबाट लाभ हुनेछ । अचानक धनलाभ हुने देखिन्छ । घर घडेरी जग्गा जमिनका कारोबारबाट लाभ हुने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । मानसिक तनाव बढ्ने योग छ । अध्ययनमा सफलता प्राप्त हुनेछ ।
कर्कट राशि
कर्कट राशिका लागि कात्तिक महिना सामान्य रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ । अध्ययन कार्यमा उचित ध्यान दिनुपर्छ। आर्थिक क्षेत्रमा सामान्य लाभ हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा मध्यम हुनेछ । मानसिक चिन्ता बढ्नुका साथै मौसमी रोगले सताउन सक्छ । नयाँ कार्यको थालनीको लागि समय त्यति अनुकूल छैन ।
सिंह राशि
सिंह राशिका लागि कात्तिक महिना राम्रो रहनेछ। पहिले पुरा हुन नसकेका कार्यहरू सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । परोपकार कार्यमा मन लाग्नेछ । आफूले गरिरहेको कार्य क्षेत्रमा लाभ हुनुका साथै मान पद प्रतिष्ठा मिल्नुका साथै उन्नति हुनेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता मिल्नेछ । खर्चमा नियन्त्रण आवश्यक छ।
कन्या राशि
कन्या राशिका लागि कात्तिक महिना मध्यम रहनेछ। कार्यमा लाभ हुनेछ । अध्ययनमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जानेहरूका लागि उत्तम समय रहनेछ । आर्थिक हिसाबले महिना शुभ छ । पदप्रतिष्ठा मिल्नेछ । शिक्षामा लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै पारिवारिक साथ सहयोगले अगाडि बढ्ने देखिन्छ ।
तुला राशि
तुला राशिका लागि कात्तिक महिना मिश्रित रहनेछ। पेशा तथा रोजगारका साथै सामाजिक क्षेत्रका कार्यमा लाभ मिल्नेछ । रोजगारीका अवसरहरू मिल्नेछन् । रोजगारीमा लागेका व्यक्तिका लागि पद वृद्धि हुनेछ । मित्रजनका साथै घरपरिवार इष्टमित्रबाट लाभ मिल्नेछ । सामाजिक कार्यमा मन लाग्नेछ । खर्चमा सामान्यतया वृद्धि हुनुका साथै मनले सोचेको कार्य सफलता हात पार्नेछ ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि कात्तिक महिना सामान्य रहनेछ। विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। आर्थिक पक्षमा बढी खर्च हुनेछ । खराब व्यक्तिको संगतको कारण आर्थिक हानी हुन सक्नेछ । खानपिनमा खर्च बढ्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा अवरोध मिल्नेछ ।
धनु राशि
धनु राशिका लागि कात्तिक महिना राम्रो रहन्छ। सोचेका काममा सफलता प्राप्त हुनेछ । घर जग्गा कारोबारबाट लाभ हुनेछ । रोजगारको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनको साथ सहयोगबाट धन लाभ हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी कामबाट लाभ हुनेछ । चोटपटक तथा मौसमी रोगले सताउने देखिन्छ ।
मकर राशि
मकर राशिका लागि कात्तिक महिना राम्रो रहन्छ। धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्राको अवसर मिल्नेछ । प्रारम्भ गरेको कार्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार मिल्नुका साथै राजनीतिकमा लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि विदेश अध्ययनमा जानका निम्ति उपयुक्त रहनेछ । अध्ययनमा मन लाग्नेछ । प्रेममा तथा दाम्पत्य जीवनमा सुखमय हुनुका साथै सम्बन्धमा सुधार आउनेछ ।
कुम्भ राशि
कुम्भ राशिका लागि कात्तिक महिना सामान्य रहनेछ। सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ। विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । दैनिक खर्चमा वृद्धि हुन सक्छ।
मीन राशि
मीन राशिका लागि कात्तिक महिना सामान्य रहनेछ। दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ।