आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८३ वैशाख २६ गते शनिबार, शुद्ध ज्येष्ठ कृष्णपक्ष सप्तमी), Daily Horoscope of Saturday 9th May 2026

आजको पञ्चाङ्ग

वि. सं. :       २०८३ वैशाख २६ गते शनिबार

इ.सं. :         9th May 2026 (Saturday)

सूर्योदय:       बिहान ०५:२१ बजे

सूर्यास्त:        बेलुका १८:४१ बजे

तिथि :          सप्तमी ०९:५५ सम्म, तत्पश्चात् अष्टमी

पक्ष :            शुद्ध ज्येष्ठ कृष्णपक्ष

नक्षत्र :          श्रवण १९:४२ सम्म, तत्पश्चात् धनिष्ठा

योग :            शुभ २३:२१ सम्म, तत्पश्चात् शुक्ल

करण :          बालव २२:१७ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       मकर

ऋतु :             बसन्त

अयन :           उत्तरायण

आजको राशिफल

मेष राशि
परिवारको सहयोग प्राप्त हुने तथा शैक्षिक क्षेत्रमा प्रगति गर्ने समय छ। परीक्षा शुभ परिणाम ल्याउने सम्भावना प्रबल छ। आन्तरिक लगानी लाभदायी रहनेछ, तर विदेश यात्रा वा त्यहाँको लगानीमा सावधानी अपनाउनु हितकर हुनेछ।


वृष राशि
सामाजिक क्षेत्रमा सफलता पाउने तथा सेवामुखी कार्यमा अवसर प्राप्त हुने दिन हो। पारिवारिक प्रेम–सम्बन्ध प्रगाढ बन्नेछन्। विदेशप्रतिको आकर्षण बढे पनि साथीसँगको सहकार्यबाट ठोस लाभ मिल्नेछ।


मिथुन राशि
मन केही चञ्चल भए पनि सोच विचार गरी बोल्दा फाइदा हुनेछ। ठूला काम वा नयाँ सुरुवात घरपरिवारसँग परामर्श गरेर गर्दा सफल हुनेछ। प्रेम जीवनमा सन्तुष्टि र आत्मीयता अनुभव हुनेछ।


कर्कट राशि
व्यापारमा घाटा तथा पारिवारिक मतभेदको सम्भावना देखिन्छ। विगतको लगानीबाट उत्साह जागृत भए पनि आज थप लगानी नगर्नु बुद्धिमानी हुनेछ। कठिनाइका बीच पनि परिवारको साथ प्राप्त हुनेछ।


सिंह राशि
सम्मान प्राप्त हुने दिन भए पनि मानसिक अशान्तिले खानपानमा अव्यवस्था ल्याउन सक्छ। धैर्य र शान्तचित्तताले प्रगति सम्भव हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ, तर वैदेशिक लगानीमा जोखिम रहन्छ।


कन्या राशि
अनुकूल समय रहेको छ। व्यक्तिगत चतुराइले सफलता दिलाउनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। लगानी गरिएको व्यापार वा पेशामा लाभ हुनेछ। निरन्तरको प्रयासले आर्थिक क्षेत्रमा उल्लेखनीय आम्दानी दिने संकेत छ।


तुला राशि
ठूला लगानी नगरेको श्रेयष्कर हुन्छ। वैदेशिक कार्य वा लगानीबाट भने लाभ पाउने दिन हो। निजी काममा व्यस्तता रहनेछ। पारिवारिक सहयोग प्राप्त भए पनि सामाजिक कार्यमा संलग्न हुनु उपयुक्त नहुन सक्छ।


वृश्चिक राशि
पुराना स्वास्थ्य समस्याहरू बल्झन सक्ने देखिन्छ। धार्मिक कार्यतर्फ मन आकर्षित हुनेछ। लगानीमा सोचपूर्ण मूल्याङ्कन हुनेछ। राजनीति वा सामाजिक सेवामा सक्रियताले अवसर दिलाउनेछ। प्रेम जीवनमा सुमधुरता रहनेछ।


धनु राशि
रोकिएका कामहरू अगाडि बढ्नेछन्। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। व्यापारमा गरिएको लगानी लाभदायी बन्नेछ। पारिवारिक सहकार्यले उत्साह बढ्नेछ। समाजसेवामा संलग्न हुने अवसर मिल्नेछ।


मकर राशि
चन्द्रमाको अनुकूल गोचरले विशेष अवसरमा उपहार तथा सम्मान पाउने सम्भावना छ। इमानदारी र परिश्रमले आत्मविश्वासमा वृद्धि हुनेछ। अध्ययनमा उल्लेखनीय प्रगति हुने छ। पारिवारिक तथा प्रेम जीवन सुखद रहनेछ।


कुम्भ राशि
स्वास्थ्य र मनोरञ्जनमा खर्च बढ्नेछ। कार्यक्षेत्रमा अवरोध आउन सक्छ तथा साथीबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। विद्यार्थीहरूले अध्ययनमा विशेष ध्यान दिनु आवश्यक हुनेछ।


मीन राशि
नयाँ आम्दानी स्रोतहरू खुल्नेछन्। पारिवारिक तथा प्रेम जीवन सुखमय रहनेछ। रमाइलो यात्रा तथा स्वादिष्ट भोजनको योग छ। लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुनेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish