वि. सं. : २०८३ वैशाख १२ गते शनिबार
इ.सं. : 25th April 2026 (Saturday)
सूर्योदय: बिहान ०५:३२ बजे
सूर्यास्त: बेलुका १८:३३ बजे
तिथि : नवमी २२:१६ सम्म, तत्पश्चात् दशमी
पक्ष : वैशाख शुक्लपक्ष
नक्षत्र : अश्लेषा २३:४५ सम्म, तत्पश्चात् मघा
योग : गण्ड २७:१४ सम्म, तत्पश्चात् वृद्धि
करण : बालव ११:०२ सम्म, तत्पश्चात् कौलव
चन्द्रराशि: कर्कट २३:४५ सम्म, तत्पश्चात् सिंह
ऋतु : बसन्त
अयन : उत्तरायण
मेष राशि
आजको दिन सामान्यतया अनुकूल रहनेछ। राजनीतिक, सामाजिक र व्यापारिक क्षेत्रमा यथावत प्रगति भए पनि वैदेशिक क्षेत्रमा विशेष लाभदायी नतिजा प्राप्त हुने सम्भावना छ। आयआर्जनमा वृद्धि हुनेछ।
वृष राशि
दिन शुभ रहनेछ। बोलीमा संयम आवश्यक छ, अन्यथा विवाद वा वैमनस्य बढ्न सक्छ। व्यापार–व्यवसायमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, तर व्यक्तिगत सम्बन्धमा सजगता अपनाउनुपर्नेछ।
मिथुन राशि
दिन सामान्यतया सकारात्मक रहनेछ। प्रतिस्पर्धीहरू कमजोर पर्नेछन् र व्यक्तिगत प्रभाव विस्तार हुनेछ। राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा स्थिरता रहनेछ भने शैक्षिक क्षेत्रमा विशेष प्रगति हुनेछ। मान–प्रतिष्ठा बढ्ने सम्भावना छ।
कर्कट राशि
दिन सामान्य रहनेछ। धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि बढ्नेछ। सुरु गरेका काममा सफलता मिल्नेछ र सम्मान बढ्नेछ। तर स्वास्थ्यतर्फ विशेष सचेत रहनुपर्ने दिन हो।
सिंह राशि
दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ। सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा सामान्य प्रगति भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानी वा श्रमले राम्रो प्रतिफल दिनेछ। आम्दानीमा वृद्धिसँगै सामाजिक सम्मान पनि बढ्नेछ। तर अध्ययनमा ध्यान कम हुन सक्छ।
कन्या राशि
दिन सामान्यतया सकारात्मक रहनेछ। प्रभावशाली व्यवहारका कारण आलोचकहरू कमजोर हुनेछन्। अध्ययनप्रति रुचि बढ्नेछ, प्रेममा सफलता मिल्नेछ र आत्मबल बलियो बन्नेछ।
तुला राशि
आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा बलियो उपस्थिती रहनेछ। शैक्षिक क्षेत्रमा लगानी लाभदायी हुनेछ। पारिवारिक सम्बन्धमा भने मतभेद वा विवाद देखा पर्न सक्छ। धार्मिक कार्यप्रति आकर्षण बढ्ने सम्भावना छ।
वृश्चिक राशि
बोलीमा असावधानीले साथी–सहयोगी टाढिन सक्छन्। शत्रु वा विरोधी सक्रिय बन्नेछन्। पारिवारिक वातावरणमा तनाव बढ्ने सम्भावना भएकाले धैर्य र विवेक प्रयोग गर्न आवश्यक छ।
धनु राशि
आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ र स्वास्थ्यमा सुधार आउनेछ। तर शैक्षिक क्षेत्रमा आलस्य बढ्न सक्छ र प्रेम सम्बन्धमा धोका सम्भावना रहन्छ।
मकर राशि
मधुर बोलीको प्रभावले फाइदा हुनेछ। अन्य क्षेत्रमा सामान्य प्रगति भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानी लाभप्रद हुनेछ। पारिवारिक सुख–शान्ति बढ्नेछ र खुसीको वातावरण सिर्जना हुनेछ।
कुम्भ राशि
दिन सामान्य रहनेछ। बोलीमा मिठास आउनाले सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीले उल्लेखनीय सफलता दिनेछ। तर स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ, सतर्कता आवश्यक छ।
मीन राशि
प्रशंसा प्राप्त हुने दिन हो। मानसिक खुसी बढ्नेछ र वैदेशिक क्षेत्रमा सफलता हात लाग्नेछ। तर प्रेम सम्बन्धमा चुनौती र संघर्षको सामना गर्नुपर्ने देखिन्छ।