साप्ताहिक राशिफल वि. सं. २०८२ फागुन १० गतेदेखी १६ गते सम्म (Weekly horoscope of 22th To 28th February 2026)

साप्ताहिक राशिफल (वि. सं. २०८२ फागुन १० गतेदेखी १६ गते सम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साताको प्रारम्भमा शत्रु पक्ष सक्रिय देखिए पनि प्रभावशाली वाणीका कारण अवरुद्ध कामहरू सहज रूपमा अगाडि बढ्नेछन्। तर, बिहीबारपछिको समय चुनौतीपूर्ण रहन सक्छ—आफन्तको विश्वासघात र पारिवारिक तनावले मानसिक अशान्ति ल्याउन सक्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रमाइलो यात्रा र उपलब्धि प्राप्तिको योग छ। स्वास्थ्य सन्तोषजनक रहनेछ र आर्थिक पक्षमा सुधार देखिन्छ। ऋणको व्यवस्थापन सहज रहनेछ। पारिवारिक सम्बन्ध मधुर रहनेछ, यद्यपि साताको अन्त्यमा सेयर बजारबाट अपेक्षित लाभ नहुन सक्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

घरायसी तथा छरछिमेकीसँग मतभेदको सम्भावना छ। श्रमअनुसार सफलता नआउँदा निराशा बढ्न सक्छ। वरिष्ठहरूसँग टकराव सम्भव भएकाले संयम आवश्यक छ। साताको अन्त्यमा धार्मिक यात्राले मनलाई सान्त्वना दिनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ र आर्थिक स्थिति सबल रहनेछ। सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रियता बढ्नेछ। धार्मिक स्थलको भ्रमण वा वैदेशिक कार्यमा प्रगति देखिन्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उत्साहपूर्ण समय रहनेछ। व्यवसाय र लामो दूरीको यात्रा लाभदायक हुनेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। अधुरा कामहरू पूरा हुनेछन् र लगानीबाट राम्रो प्रतिफल पाइनेछ। स्थानान्तरणको योग पनि देखिन्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साताको शुरुवाती प्रयत्नहरूले दीर्घकालीन लाभ दिलाउनेछन्। विचार र योजनालाई रचनात्मक बनाउँदा सफलता मिल्नेछ। नाम, प्रतिष्ठा र पुरस्कार प्राप्त गर्ने सम्भावना बलियो छ। आफ्नो कार्यकुशलताले अरूलाई मोहित बनाउन सकिनेछ। यद्यपि सामान हराउने वा चोरी हुने जोखिम भएकाले सतर्क रहनु उचित हुनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

लगानीको प्रतिफल कम हुनसक्ने भएकाले धैर्य अपनाउनु उत्तम हुनेछ। छरछिमेकसँग सानोतिनो असमझदारी हुन सक्छ। प्रतिस्पर्धामा हार स्वीकार्नुपर्ने स्थिति आउन सक्छ। बिहीबारपछि भने मंगलमय कार्यहरू हुनेछन्। प्रेम र मित्रताको बन्धन बलियो हुनेछ। सरुवा र बढुवाको योग पनि देखिन्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भाइबहिनी र सन्तानबाट सुखद समाचार प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ र व्यवसायमा गति आउनेछ। मायाप्रेमका लागि समय अनुकूल रहनेछ। पढाइमा पनि प्रगति हुनेछ। साताको अन्त्यमा आकस्मिक धन लाभको संकेत देखिन्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कृषिकर्म र प्राविधिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। अभिभावकको आशीर्वादले ठूला कामको थालनी हुनेछ। नयाँ व्यवसाय वा परियोजनाको शुरुवात हुनेछ। मनोरञ्जन र स्वादिष्ट परिकारको आनन्द लिने अवसर पनि मिल्नेछ। साताको अन्त्यमा आकस्मिक धन प्राप्तिको संकेत छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुख–सुविधाका लागि मन लालायित बन्नेछ। यद्यपि धार्मिक वा सामाजिक कार्यहरूमा सम्मान घट्नसक्छ, सतर्क रहनुहोस्। व्यस्तता बढ्नेछ र केही सामान हराउन सक्ने सम्भावना पनि देखिन्छ। पारिवारिक सहयोग मिल्नेछ। नयाँ ज्ञान र वैदेशिक अवसरहरू पाइनेछन्। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रोकिएका घरायसी तथा सरकारी कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। वैदेशिक सम्बन्ध र कार्य विस्तारमा राम्रो प्रगति हुनेछ। सामाजिक र धार्मिक काममा रुचि बढ्नेछ। आर्थिक लाभका नयाँ स्रोत फेला पर्नेछन्। साताको अन्त्यमा बोलीमा सावधानी अपनाउनु पर्नेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यस साता रमाइलो भ्रमण र मनोरञ्जनको योग देखिन्छ। सुरुवातमा घरपरिवार र साथीभाइसँग मतभिन्नता भए पनि अन्त्यमा सम्बन्ध सुधारिनेछ। रमणीय यात्राको अवसर मिल्नेछ। जीवनसाथी वा आमाको सल्लाहअनुसार गरिएका कार्यमा सफलता प्राप्त हुनेछ। सामाजिक सम्बन्ध बलियो बन्नेछ र पठनपाठनमा देखिएका बाधा हट्नेछन्।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish