मेष राशि
यो सप्ताह मेष राशिका लागि सरकारी तथा पैत्रिक स्रोतबाट लाभदायी अवसर प्राप्त हुने संकेत देखिन्छ। अध्ययन, प्रतियोगिता र वित्तीय क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना उच्च छ। औषधि तथा खाद्यान्नसँग सम्बन्धित व्यवसाय गर्नेहरूका लागि विशेष लाभदायी समय रहनेछ। यद्यपि बिहीवारपछिको समय केही संवेदनशील रहन सक्ने भएकाले स्वास्थ्य, प्रतिष्ठा र आर्थिक कारोबारमा सचेत र संयमित रहनु बुद्धिमानी हुनेछ।
बृष राशि
वृष राशिका लागि यो सप्ताह प्रगतिशील रहनेछ। व्यवसाय र लगानीका क्षेत्रमा अनुकूल वातावरण बन्नेछ भने पारिवारिक साथ–समर्थनले आत्मबल बढाउनेछ। अध्ययन तथा प्रेम सम्बन्धमा सकारात्मक प्रगति देखिनेछ। सवारी साधन प्राप्ति वा सुविधासम्बन्धी लाभ मिल्ने संकेत छन्। कार्यक्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन राशि
सप्ताहको प्रारम्भमा पारिवारिक असमझदारी र स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न सक्छ, जसले मानसिक तनाव दिन सक्छ। विश्वासघात वा भ्रमको सम्भावना भएकाले निर्णय गर्दा सावधानी आवश्यक छ। तर सप्ताहको उत्तरार्धमा जिम्मेवारीपूर्ण अवसर प्राप्त हुनेछन्। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिता बढ्नेछ र यात्राबाट लाभ प्राप्त हुने संकेत छन्।
कर्कट राशि
कर्कट राशिका जातकका लागि साहस, आत्मविश्वास र पराक्रममा उल्लेखनीय वृद्धि हुनेछ। व्यवसायिक क्षेत्रमा लाभ र पारिवारिक तथा प्रेम सम्बन्धमा सन्तुलन कायम रहनेछ। तथापि विद्यार्थी वर्गका लागि समय मध्यम रहनेछ; मन अस्थिर हुन सक्ने भएकाले अध्ययनमा एकाग्रता आवश्यक हुनेछ।
सिंह राशि
आर्थिक उन्नतिको संकेत देखिने सप्ताह हो। प्रेम तथा वैवाहिक जीवनमा समझदारी र स्थायित्व बढ्नेछ। तर बिहीवारपछि स्वास्थ्यमा सामान्य समस्या तथा कार्यमा साना अवरोध आउन सक्ने भएकाले योजना बनाउँदा धैर्यता र सावधानी अपनाउनु उपयुक्त हुनेछ।
कन्या राशि
वादविवाद, प्रतिस्पर्धा वा न्यायिक मामिलामा सफलता प्राप्त हुने संकेत छन्। नयाँ लगानी वा परियोजनाको अवसर प्राप्त हुन सक्छ। प्रेम तथा वैवाहिक सम्बन्ध प्रगाढ बन्नेछ। बिहीवारपछिको समयमा भौतिक साधन प्रयोग गर्दा विशेष सतर्कता अपनाउनु आवश्यक देखिन्छ।
तुला राशि
तुला राशिका लागि अध्ययन, सिर्जनात्मक कार्य तथा शेयर वा लगानी क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ। आकस्मिक लाभको योग बलियो देखिन्छ। प्रेम र दाम्पत्य जीवन सुदृढ रहनेछ। सहयोगी र शुभचिन्तकहरूको साथले नयाँ अवसरहरूलाई सफलतापूर्वक उपयोग गर्न सकिनेछ।
वृश्चिक राशि
सप्ताहको सुरु र अन्त्य विशेष अनुकूल रहनेछ। पारिवारिक तथा सामाजिक सम्बन्ध सुदृढ बन्नेछन् र व्यवसायिक क्षेत्र लाभदायी रहनेछ। अध्ययनमा ध्यान केन्द्रित गर्न आवश्यक छ; अरूको प्रभाव वा भ्रममा परेमा अवसर गुम्न सक्छ। आत्मविश्वास र अनुशासन कायम राख्नु सफलता प्राप्तिको प्रमुख सूत्र हुनेछ।
धनु राशि
धनु राशिका लागि पराक्रम र सक्रियता बढ्नेछ। सानो प्रयासबाट ठूलो लाभ प्राप्त हुने योग देखिन्छ। छोटो यात्रा सफल रहनेछ र साहित्यिक तथा बौद्धिक चासो बढ्नेछ। सप्ताहको मध्य भागमा आलोचना वा अवरोध आउन सक्ने भएकाले धैर्यता र संयम अत्यावश्यक हुनेछ।
मकर राशि
यात्रा, प्रेम सम्बन्ध र सामाजिक सम्पर्कमा सकारात्मक प्रगति देखिन्छ। व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कूटनीति, परराष्ट्र सम्बन्ध वा राजनीतिसँग सम्बन्धित व्यक्तिहरूले प्रभावशाली उपस्थिति जनाउन सक्ने समय हो।
कुम्भ राशि
सप्ताहको प्रारम्भमा स्वास्थ्य तथा व्यवसायिक क्षेत्रमा केही चुनौती देखिए पनि मध्यपछि परिस्थिति अनुकूल बन्दै जानेछ। वैदेशिक कारोबार, अन्तर्राष्ट्रिय सम्पर्क वा सामाजिक गतिविधिबाट लाभ मिल्ने संकेत छन्। पारिवारिक वातावरण सुखद र सहयोगी रहनेछ।
मीन राशि
सप्ताहको सुरुवात र अन्त्य दुवै पक्ष अनुकूल रहनेछन्। पारिवारिक सहयोग र व्यवसायिक लाभ प्राप्त हुनेछ। अध्ययनमा सफलता र प्रगति देखिन्छ। तर सप्ताहको मध्यमा खर्च बढ्ने र स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सजगता र व्यवस्थापन आवश्यक हुनेछ।