आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ फागुन १ गते शुक्रबार, फाल्गुन कृष्णपक्ष एकादशी), Daily Horoscope of Friday 13th February 2026

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ फागुन १ गते शुक्रबार

इ.सं. :         13th February 2026 (Friday)

सूर्योदय:       बिहान ६:४५ बजे

सूर्यास्त:        बेलुका १७:५२ बजे

तिथि :          एकादशी १४:०० सम्म, तत्पश्चात् द्वादशी

पक्ष :            फाल्गुन कृष्णपक्ष

नक्षत्र :          मूल १६:०७ सम्म, तत्पश्चात् पूर्वषाढा

योग :            वज्र २७:३५ सम्म, तत्पश्चात् सिद्धि

करण :          बालव १४:०० सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि:       धनु

ऋतु :             शिशिर

अयन :           उत्तरायण

आजको राशिफल

मेष राशि

सम्पत्ति आर्जन गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले कार्य सम्पन्न गर्न सहज हुनेछ।

 

वृष राशि

वाणीमा संयम आवश्यक छ। असावधानीका कारण मित्र टाढिन सक्ने सम्भावना देखिन्छ।

 

मिथुन राशि

आर्थिक लाभ हुनेछ। शिक्षामा गरेको मेहनत फलदायी हुने देखिन्छ। निरन्तरता कायम राख्न आवश्यक छ।

 

कर्कट राशि

स्वास्थ्यमा सुधार आउनेछ। मानसिक शान्ति बढ्नेछ। प्रेम र शैक्षिक क्षेत्रमा प्रगति हुनेछ।

 

सिंह राशि

योजनामा अवरोध आउन सक्छ, तर दृढताले सफलता दिलाउनेछ। दाम्पत्य जीवनमा संघर्षको स्थिति देखिन्छ।


कन्या राशि

रोगबाट मुक्ति मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। साथी वा सहकर्मीबाट सहयोग प्राप्त हुनेछ।

 

तुला राशि

बोल्दा विचार पुर्याउनु आवश्यक छ। पुराना रोग हट्ने सम्भावना छ। शिक्षामा उन्नति हुनेछ।

 

वृश्चिक राशि

नयाँ रोगको जोखिम देखिन्छ। खानपानमा ध्यान दिनु आवश्यक छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।


धनु राशि

परिश्रमको फल अरूले उपयोग गर्न सक्नेछन्। शिक्षामा गरेको लगानी लाभदायक रहनेछ। निरन्तर प्रयास जारी राख्नुपर्छ।

 

मकर राशि

झुटा आरोप लाग्ने सम्भावना छ। खर्चमा वृद्धि हुने देखिन्छ। खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।


कुम्भ राशि

बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। ईर्ष्यालुहरू सक्रिय रहनेछन्। विवेकपूर्वक निर्णय लिनु आवश्यक छ।

 

मीन राशि

दाम्पत्य जीवन सुखद रहनेछ। खर्च बढ्ने संकेत देखिन्छ। स्वदेशी लगानी लाभदायक हुनेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish