वि. सं. २०८२ साल फागुन महिनाको मासिक राशिफल

वि. सं. २०८२ साल फागुन महिनाको मासिक राशिफल


मेष राशि
मेष राशिका लागि फागुन महिना लाभदायी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नेछ । कार्य प्राप्तिका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाव रहनेछ ।


वृष राशि
वृष राशिका लागि फागुन महिना कार्यदायी रहनेछ । कार्य गर्ने अवसर प्रशस्त मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल र सुखद रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ ।


मिथुन राशि
मिथुन राशिका लागि फागुन महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु नै उत्तम हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । 


कर्कट राशि
कर्कट राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्यमा केही विलम्ब हुनसक्ने देखिन्छ । शत्रु पक्ष पनि सबल रहन सक्ने छन् । भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ ।


सिंह राशि
सिंह राशिका लागि यो महिना मध्यम रहनेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।


कन्या राशि
कन्या राशिका लागि यो महिना लाभदायी रहनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । कृषि कर्ममा मन जानेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।


तुला राशि
तुला राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ ।  अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा व्यवधान खडा गर्न सक्नेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु उपयुक्त हुने देखिन्छ ।


वृश्चिक राशि
वृश्चिक राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । खर्चमा वृद्धि हुनुसक्ने देखिन्छ । यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । कार्य लाभका साथै सामाजिक प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम  रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहन सक्नेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् । 


धनु राशि
धनु राशिका लागि यो महिना वृद्धिदायी रहनेछ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । अध्ययनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ ।


मकर राशि
मकर राशिका लागि फागुन महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् ।


कुम्भ राशि
कुम्भ राशिका लागि फागुन महिना यात्रादायी रहनेछ । कर्मप्राप्तिका अवसर प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ ।


मीन राशि
मीन राशिका लागि यो महिना खर्चिलो रहन सक्छ । कार्यमा उन्नति हुने देखिन्छ । सामाजिक क्षेत्रबाट सम्मान मिल्नेछ । अध्ययनको क्षेत्रबाट लाभ हुनेछ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । महिनाको अन्त्यमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहनसक्ने देखिन्छ ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish