साप्ताहिक राशिफल वि. सं. २०८२ माघ ११ गतेदेखी १७ गते सम्म (Weekly horoscope of 25th To 31th January 2026)

साप्ताहिक राशिफल (वि. सं. २०८२ माघ ११ गतेदेखी १७ गते सम्म)

मेष राशि

यस साता अध्ययनमा रुचि बढ्नेछ भने सहकर्मी तथा सहयोगीबाट कार्यक्षेत्रमा साथ मिल्नेछ। आय–आर्जनमा केही अवरोध देखिए पनि साताको अन्त्यतिर समाधान निस्कने संकेत छन्। पारिवारिक भ्रमणले मानसिक सन्तुष्टि दिनेछ। कानसम्बन्धी समस्या वा सामान्य स्वास्थ्य बाधाप्रति सजग रहनु उपयुक्त हुन्छ। वैदेशिक रोजगारीका अवसर देखा पर्नेछन्। दाम्पत्य जीवन सन्तुलित रहनेछ। विलासी जीवनशैलीबाट टाढा रही, हाल गरिरहेकै कामलाई केही समय यथावत् राख्नु श्रेयस्कर हुनेछ।

 

बृष राशि

कार्य क्षेत्रमा क्रमिक सुधार देखिनेछ। राजनीतिक वा सामाजिक गतिविधिमा संलग्न भए सकारात्मक परिणाम मिल्ने संकेत छन्। विद्यार्थीहरूका लागि यो साता अध्ययनमा अनुकूल रहनेछ। मित्र–इष्टसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। नयाँ कार्य आरम्भ गर्दा विचारपूर्वक निर्णय लिनु आवश्यक छ। जग्गा–जमिनसम्बन्धी कार्यमा लाभको योग छ। साताको अन्त्यतिर सामाजिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ।

 

मिथुन राशि

वैदेशिक यात्रा तथा आर्थिक अवसरबाट लाभ मिल्ने सम्भावना छ। वाणी प्रभावशाली रहने भएकाले संवादबाट सफलता हात पर्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। नयाँ कार्यमा केही बाधा आए पनि मित्रजनको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सकारात्मक योग देखिन्छ। विद्यार्थीहरूका लागि अध्ययनशील समय रहनेछ।

 

कर्कट राशि

अग्रजको सल्लाहअनुसार अघि बढेमा कार्यमा सफलता मिल्नेछ। मित्र तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। सामाजिक कार्यमा सहभागिताबाट प्रतिष्ठा बढ्ने देखिन्छ। व्यवसायीहरूका लागि यो साता लाभदायी रहनेछ। उच्चपदस्थ व्यक्तिसँग भेटघाट हुनेछ। यद्यपि, केही व्यक्तिसँग मतभेद देखिन सक्ने भएकाले संयमता आवश्यक छ।

 

सिंह राशि

नयाँ सवारी साधनको सम्भावना देखिन्छ। सामाजिक सेवा तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। वैदेशिक रोजगारी तथा पुराना कार्यबाट अपेक्षित परिणाम मिल्ने संकेत छन्। ठूला निर्णयहरू तत्काल लिनु उपयुक्त देखिँदैन। स्वास्थ्यमा सामान्य बाधा देखिन सक्छ। दाम्पत्य जीवन सन्तुलित रहनेछ। साताको अन्त्यतिर आर्थिक समस्याको समाधान हुनेछ।

 

कन्या राशि

दाम्पत्य जीवनमा सन्तुलन र सफलता रहनेछ। सामाजिक पद–प्रतिष्ठा प्राप्तिको योग देखिन्छ। नयाँ कार्यमा सफलता मिल्ने संकेत छन्। उच्चपदस्थ व्यक्तिसँग भेटघाट भए तापनि केही मतभेद हुन सक्नेछ। घरपरिवारमा अग्रजको स्वास्थ्यप्रति चासो आवश्यक देखिन्छ। विद्यार्थी तथा व्यवसायीहरूका लागि यो साता लाभदायी रहनेछ।

 

तुला राशि

अध्ययन, लेखन तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिले मानसिक शान्ति दिनेछ। घरजग्गासम्बन्धी काममा सुधार देखिन्छ। स्थानान्तरण वा नयाँ निर्णयमा ढिलाइ हुन सक्ने भएकाले हालको कार्यलाई केही समय निरन्तरता दिनु उपयुक्त हुनेछ। राजनीतिक वा सार्वजनिक क्षेत्रमा संलग्न व्यक्तिका लागि सफलता प्राप्तिको योग छ।

 

वृश्चिक राशि

सवारी साधन तथा जग्गा–जमिनसम्बन्धी कारोबारमा लाभको सम्भावना छ। स्वास्थ्यतर्फ उदरसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी आवश्यक छ। साझेदारी कार्यमा सचेत रहनु उचित हुनेछ। शिक्षामा प्रगति देखिन्छ। निवास परिवर्तन लाभदायी हुन सक्छ। पारिवारिक साथ र मधुर भोजनले मानसिक सन्तुष्टि दिनेछ।


धनु राशि

महत्त्वपूर्ण तथा ठूला कार्यप्रति आकर्षण बढ्नेछ। पारिवारिक तथा दाम्पत्य जीवन सुखद रहने संकेत छन्। अध्ययन तथा कार्यक्षेत्रमा सुधार देखिनेछ। सवारी साधन प्रयोग गर्दा सावधानी आवश्यक छ। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। उत्साह र आत्मविश्वास वृद्धि हुने समय हो।

 

मकर राशि

जग्गा–जमिन तथा लगानीसम्बन्धी कार्य लाभदायी देखिन्छ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। स्वास्थ्यमा शिरसम्बन्धी सामान्य समस्या देखिन सक्छ। सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। धार्मिक गतिविधिमा रुचि बढ्नेछ। साताको अन्त्यतिर आर्थिक लाभको योग छ।


कुम्भ राशि

सामाजिक पद–प्रतिष्ठा प्राप्ति तथा घरायसी सुखसुविधा वृद्धि हुने समय छ। नयाँ रोजगारी तथा वैदेशिक अवसरबाट लाभ मिल्ने देखिन्छ। मित्रजनसँगको भ्रमणले मन प्रसन्न बनाउनेछ। यद्यपि, साताको अन्त्यतिर अनावश्यक खर्च हुन सक्ने भएकाले आर्थिक अनुशासन आवश्यक हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ।

 

मीन राशि

कार्यक्षेत्रबाट आय–आर्जनको योग देखिन्छ। सामान्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सतर्क रहनु उपयुक्त हुनेछ। जलविद्युत्, ऊर्जा वा सेयर व्यवसायमा लाभको सम्भावना छ। साझेदारी व्यवसायबाट राम्रो प्रतिफल मिल्नेछ। सवारी यात्रा सकेसम्म न्यून राख्नु उपयुक्त हुनेछ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। साताको अन्त्यतिर सामाजिक गतिविधि बढ्ने देखिन्छ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish