साप्ताहिक राशिफल वि. सं. २०८२ माघ ४ गतेदेखी १० गते सम्म (Weekly horoscope of 18th To 24th January 2026)

साप्ताहिक राशिफल (वि. सं. २०८२ माघ ४ गतेदेखी १० गते सम्म)

मेष राशि

यस साता अध्ययनप्रति रुचि बढ्नेछ भने सहयोगीहरूको साथले कार्य सम्पादन सहज बन्नेछ। आय–आर्जनमा केही अवरोध देखिए पनि पारिवारिक भ्रमण वा भेटघाटले मन प्रसन्न बनाउनेछ। कानसम्बन्धी समस्याले स्वास्थ्यमा हल्का असर पर्न सक्ने भएकाले सतर्कता आवश्यक छ। वैदेशिक रोजगारीका लागि अवसर देखिए पनि आर्थिक पक्षमा केही चुनौती आउन सक्छ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। साताको उत्तरार्धमा देखिएका समस्याको समाधानका संकेत देखिन्छ। हाल गरिरहेकै कार्यलाई केही समय यथावत् राख्नु उपयुक्त हुनेछ। विलासी जीवनशैलीबाट टाढा रहनु हितकर देखिन्छ। मित्र तथा सहयोगीहरूको साथले कार्यक्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ।  

 

बृष राशि

कार्य क्षेत्रमा क्रमिक सुधार देखिनेछ। राजनीतिक वा सामाजिक भ्रमण लाभदायक रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा अनुकूल समय छ। इष्टमित्रसँगको भेटघाट रमाइलो र उत्साहजनक हुनेछ। नयाँ कार्य सुरु गर्दा विचारपूर्वक निर्णय लिनु आवश्यक देखिन्छ। जग्गासम्बन्धी कारोबारमा सकारात्मक परिणाम मिल्ने योग छ। आध्यात्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ। साताको अन्त्यतिर सामाजिक क्रियाकलापमा सक्रियता बढ्नेछ।

 

मिथुन राशि

वैदेशिक यात्राबाट शुभ परिणाम मिल्ने देखिन्छ। आर्थिक उपार्जनका नयाँ अवसर प्राप्त हुन सक्छन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। वाणीको प्रभाव सकारात्मक रहनेछ, तर निर्णय लिँदा हतार नगर्नुहोला। नयाँ कार्यमा केही अवरोध देखिए पनि मित्रहरूको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्ने योग छ। परिवारका सदस्यको स्वास्थ्यप्रति सचेत रहनु उपयुक्त हुनेछ। विद्यार्थीहरूका लागि अध्ययनशील र फलदायी समय छ।

 

कर्कट राशि

अग्रज तथा अनुभवी व्यक्तिको सल्लाहअनुसार कार्य गर्दा सफलता मिल्नेछ। मित्र तथा सहयोगीहरूको साथले काम सहज बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय छ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। व्यवसायीहरूका लागि लाभदायक समय रहनुका साथै साताको अन्त्यमा आर्थिक फलसमेत प्राप्त हुने देखिन्छ। उच्च पदस्थ व्यक्तिसँग भेटघाट हुनेछ। यद्यपि, केही व्यक्तिसँग विचारभिन्नता देखिन सक्छ, संयमता अपनाउनु उपयुक्त हुनेछ।

 

सिंह राशि

नयाँ सवारी साधन प्राप्तिको योग देखिन्छ। सामाजिक सेवामा संलग्न हुनु लाभदायक रहनेछ। पारिवारिक तथा दाम्पत्य सम्बन्ध सन्तुलित रहनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक रोजगारीबाट सकारात्मक परिणाम मिल्नेछ। पुराना कार्यबाट अपेक्षित लाभ प्राप्त हुने सम्भावना छ। ठूला निर्णय केही समय स्थगित गर्नु उपयुक्त देखिन्छ। स्वास्थ्यमा सामान्य सावधानी आवश्यक छ। साताको अन्त्यमा आर्थिक समस्याको समाधान निस्कने संकेत देखिन्छ।

 

कन्या राशि

दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आध्यात्मिक विषयप्रति आकर्षण बढ्नेछ। उच्च पदस्थ व्यक्तिसँग भेटघाट भए पनि केहीसँग मतभिन्नता देखिन सक्छ। सामाजिक पद–प्रतिष्ठा प्राप्त हुने योग छ। नयाँ कार्यमा सफलता मिल्नेछ। घरपरिवारमा अग्रजको स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक हुनेछ। विद्यार्थीहरूका लागि अध्ययन, लेखन तथा बौद्धिक कार्यमा सफलता मिल्ने समय छ। व्यवसायीहरूका लागि लाभदायक साता रहनेछ।

 

तुला राशि

अध्ययन तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक एवं आध्यात्मिक गतिविधिले मानसिक सन्तोष प्रदान गर्नेछ। घरजग्गासम्बन्धी कार्यमा सुधार देखिनेछ। वरपरका व्यक्तिसँग सामान्य मतभिन्नता देखिन सक्छ। हाल गरिरहेकै कार्यलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। राजनीतिक क्षेत्रमा सकारात्मक परिणाम देखिन्छ। लेखन, सिर्जनात्मक तथा पेशागत कार्यबाट सम्मान वा पदोन्नतिको योग छ।

 

वृश्चिक राशि

सवारी साधन तथा जग्गासम्बन्धी कारोबारमा लाभको सम्भावना छ। पुराना परिचितहरूसँग भेटघाट हुनेछ। स्वास्थ्यमा उदरसम्बन्धी समस्या देखिन सक्छ। प्रेम तथा साझेदारी सम्बन्धमा सावधानी अपनाउनु आवश्यक छ। नयाँ मित्रताबाट अपेक्षित सहयोग नपाइ मानसिक असहजता महसुस हुन सक्छ। शिक्षामा प्रगति देखिन्छ। निवास परिवर्तन लाभदायक रहने योग छ। पारिवारिक वातावरण तथा सामाजिक प्रतिष्ठाले मन प्रसन्न रहनेछ।


धनु राशि

महत्वपूर्ण कार्यप्रति रुचि बढ्नेछ। दाम्पत्य तथा पारिवारिक सम्बन्ध सुदृढ रहनेछ। प्रेम सम्बन्धमा सफलता मिल्ने योग छ। आर्थिक पक्षमा पुराना मित्रहरूबाट लाभ मिल्न सक्छ। सवारी साधन प्रयोग गर्दा सावधानी आवश्यक छ। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। अध्ययन तथा पेशागत क्षेत्रमा प्रगति देखिनेछ।

 

मकर राशि

जग्गा–जमिन तथा अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा शिरसम्बन्धी सामान्य समस्या देखिन सक्छ। ठूला जलस्रोत वा धातु व्यवसायमा लगानी लाभदायक देखिन्छ। खानपानमा संयमता अपनाउनु आवश्यक छ। सहकर्मी तथा मित्रहरूको सहयोग प्राप्त हुनेछ। साताको अन्त्यतिर आर्थिक लाभको योग छ। धार्मिक गतिविधिप्रति रुचि बढ्नेछ।  


कुम्भ राशि

सामाजिक पद–प्रतिष्ठा प्राप्त हुने योग छ। घरमा शुभ वस्तुको क्रय हुनेछ। मित्रहरूसँगको भ्रमणले मन प्रसन्न बनाउनेछ। साताको अन्त्यमा केही आर्थिक व्यय देखिए पनि दाजुभाइ तथा इष्टमित्रको सहयोग प्राप्त हुनेछ। नयाँ जागिर तथा वैदेशिक रोजगारीबाट राम्रो सफलता मिल्ने देखिन्छ। पारिवारिक समृद्धि र दाम्पत्य सुख कायम रहनेछ।

 

मीन राशि

कार्यक्षेत्रबाट आर्थिक लाभ प्राप्त हुने योग छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। हाइड्रो तथा विद्युत्सम्बन्धी सेयर वा व्यवसायबाट राम्रो प्रगति हुनेछ। वैदेशिक यात्रामा केही ढिलासुस्ती देखिन सक्छ। साझेदारी व्यवसायबाट सन्तोषजनक फल प्राप्त हुनेछ। सवारी यात्रा सकेसम्म न्यून राख्नु उपयुक्त देखिन्छ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। साताको अन्त्यतिर सामाजिक कार्यमा सक्रियता बढ्नेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish