मेष राशि
मेष राशिका लागि पुष महिना मध्यम रहनेछ। केही संघर्ष गर्नुपरे पनि पछिका लागि नयाँ काम सुरु गर्ने समय छ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। केही थकान, आलस्य र अस्वस्थताले काममा विलम्ब भए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। परिस्थितिको संक्रमण पार गर्दै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ।
वृष राशि
वृष राशिका लागि पुष महिना सामान्य रहनेछ। परिस्थितिजन्य समस्या आइरहनेछन्। कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। वैधानिक समस्याले व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। महिनाको उत्तरार्धमा रोकिएका काम बन्ने, व्यापार बढ्ने र आर्थिक पक्ष सबल बन्ने योग छ। राजनीतिक, सामाजिक प्रभाव भने कमजोर रहनेछ।
मिथुन राशि
मिथुन राशिका लागि पुष महिना मध्यम रहनेछ। सामान्य उतारचढाव देखिए पनि यो महिनामा विशेष काम शुभारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। तर, वादविवादले यदाकदा मनमा अशान्ति र काममा प्रतिकूलता निम्त्याउन सक्छ। घरको समस्याले पनि काममा विलम्ब हुन सक्छ।
कर्कट राशि
कर्कट राशिका लागि पुष महिना राम्रो छ। आँटेका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा व्यवसाय प्रारम्भ गर्ने समय छ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह राशि
सिंह राशिका लागि पुष महिना मध्यम छ। स्वास्थ्य समस्याले सताउन सक्छ। काममा विलम्ब हुनेछ। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। घरजग्गा वा पशुधनको कारोबारबाट श्रीवृद्धि हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
कन्या राशि
कन्या राशिका लागि पुष महिना सामान्य रहनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। असंयम व्यवहारले वादविवाद निम्त्याउनेछ । घरेलु समस्या सुल्झाउन पनि केही समय लाग्नेछ। प्रयत्न गर्दा अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ।
तुला राशि
तुला राशिका लागि पुष महिना राम्रो रहनेछ। विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। व्यापार तथा उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। पहिलेको कामले प्रतिष्ठा दिलाउनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि पुष महिना मध्यम रहनेछ। कामले प्रसिद्धि बढाउनेछ भने व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। तर छिट्टै अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिवश काममा चुनौती सामना गर्नुपर्ला। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले पनि सताउन सक्छ।
धनु राशि
धनु राशिका लागि पुष महिना मध्यम रहनेछ। कामको चाप बढ्नेछ भने यो महिनामा लाभांश घट्न सक्छ। आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। अर्थअभावको स्थितिबाट जोगिन आम्दानी र खर्चको सन्तुलन मिलाउने चेष्टा गर्नुहोला।
मकर राशि
मकर राशिका लागि पुष महिना केहि प्रतिकूल रहन सक्छ। आम्दानी भइरहे पनि व्यावहारिक समस्याले खर्च बढ्नेछ। कामको चाप बढ्नेछ भने धेरै दौडधुपले स्वास्थ्य सन्तुलन बिग्रन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। उद्योग र भूमिबाट प्रशस्त लाभ मिल्नेछ। महिनाको अन्त्यतिर व्यापार–व्यवसायमा पनि राम्रो फाइदा उठाउन सकिनेछ।
कुम्भ राशि
कुम्भ राशिका लागि पुष महिना राम्रो रहनेछ। नोकरी, व्यापार तथा साझेदारीका काममा मनग्गे फाइदा हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान प्राप्त हुनेछ र प्रशस्तै आम्दानी बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुने समय छ। शत्रु परास्त हुनेछन् भने रोगबाट छुटकारा मिल्नेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ।
मीन राशि
मीन राशिका लागि यो महिना राम्रो रहन्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। स्वास्थ्यमा केही कमजोरी र चोटपटक लाग्ने योग देखिएकाले सावधानी अपनाउनुहोला।