आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ मङ्सिर ५ गते शुक्रबार, मार्गशीर्ष शुक्लपक्ष प्रतिपदा), Daily Horoscope of Friday 21th November 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ मङ्सिर ५ गते शुक्रबार

इ.सं. :         21th November 2025 (Friday)

सूर्योदय:       बिहान ६:३० बजे

सूर्यास्त:        बेलुका १७:०८ बजे

तिथि :          प्रतिपदा १३:१८ सम्म, तत्पश्चात् द्वितीया

पक्ष :            मार्गशीर्ष शुक्लपक्ष

नक्षत्र :          अनुराधा १३:३३ सम्म, तत्पश्चात् ज्येष्ठा

योग :            अतिगण्ड ११:१९ सम्म, तत्पश्चात् सुकर्मा

करण :          बव १३:१८ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि:       वृश्चिक

ऋतु :             हेमन्त

अयन :           दक्षिणायन

आजको राशिफल


मेष राशि
शिक्षा तथा परीक्षामा अनुकूल परिणाम प्राप्त हुनेछ। आत्मविश्वास र उत्साह बढ्ने संकेत छन्।


वृष राशि
बोलचालमा संयमता आवश्यक छ। व्यापार तथा शैक्षिक क्षेत्रमा सुधारको संभावना प्रबल छ।


मिथुन राशि
वैदेशिक प्रयत्नमा सफलता मिल्नेछ। तथापि, नजिकका साथीहरूबाट धोका वा निराशा पर्न सक्ने देखिन्छ।


कर्कट राशि
आर्थिक र धार्मिक गतिविधिमा उतारचढाव देखिन सक्छ। शिक्षा तथा राजनीतिमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ।


सिंह राशि
परिवारको सहयोग प्राप्त हुनेछ। व्यापारिक क्षेत्र लाभदायक रहनेछ। परोपकारी कार्यमा संलग्न हुँदा सामाजिक प्रतिष्ठा बढ्नेछ।


कन्या राशि
सम्पत्ति आर्जनको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तनाव सिर्जना हुन सक्छ। मानसिक खिन्नता बढ्ने सम्भावना छ।


तुला राशि
आर्थिक कठिनाइको सामना गर्नुपरे पनि शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दीर्घकालीन योजनाले लाभ दिलाउनेछ।


वृश्चिक राशि
विरोधीहरूको गतिविधि बढ्न सक्छन्, तर धैर्य अपनाउँदा स्थितिलाई नियन्त्रणमा ल्याउन सकिन्छ। वैदेशिक लगानी लाभदायक रहनेछ।


धनु राशि
प्रशंसा र सम्मान बढ्नेछ। शैक्षिक अवसरहरू विस्तार हुनेछन्। धार्मिक विषयप्रति आकर्षण बढ्ने संकेत छन्।


मकर राशि
दीर्घकालीन योजना तत्काल नबनाउनु उपयुक्त हुन्छ। ठूलो नाफाको सम्भावना कम भए पनि सामान्य कार्यहरू सहज रूपले अघि बढ्नेछन्।


कुम्भ राशि
शिक्षा, स्वास्थ्य र श्रमसम्बन्धी क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछ। सामाजिक तथा राजनीतिक गतिविधि सामान्य रहनेछन्।


मीन राशि
आफन्तको सहयोग प्राप्त हुनेछ। शिक्षा, स्वास्थ्य र राजनीतिक पक्ष स्थिर रहनेछन्।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish