आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ कात्तिक २९ गते शनिबार, मार्गशीर्ष कृष्णपक्ष एकादशी), Daily Horoscope of Saturday 15th November 2025

आजको पञ्चाङ्ग

वि. सं. :       २०८२ कात्तिक २९ गते शनिबार

इ.सं. :         15th November 2025 (Saturday)

सूर्योदय:       बिहान ६:२६ बजे

सूर्यास्त:        बेलुका १७:१० बजे

तिथि :          एकादशी २८:२८ सम्म, तत्पश्चात् द्वादशी

पक्ष :            मार्गशीर्ष कृष्णपक्ष

नक्षत्र :          उत्तरफाल्गुनी २६:२२ सम्म, तत्पश्चात् हस्ता

योग :            वैधृति १०:३५ सम्म, तत्पश्चात् विष्कम्भ

करण :          बव १६:०६ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि:       सिंह ०७:२९ सम्म, तत्पश्चात् कन्या

ऋतु :             शरद

अयन :           दक्षिणायन

आजको राशिफल


मेष राशि
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुने सम्भावना छ। परीक्षा तयारीमा जुटेका विद्यार्थीका लागि अनुकूल समय रहन्छ। बौद्धिक तथा रचनात्मक कार्यमा सफलता प्राप्त हुने संकेत छन्। व्यापार, व्यवसाय वा रोजगारीबाट सामान्य लाभ मिल्नेछ।


वृष राशि
आज कार्यमा ध्यान केन्द्रित गर्न कठिनाई हुन सक्छ। आफन्तको असहयोग र साथीभाइबाट अविश्वास झेल्नुपर्ने सम्भावना छ, सावधानी अपनाउनुहोस्। आमाको स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ। प्रेम जीवन यथावत् रहनेछ।


मिथुन राशि
कार्यसिद्धिको दिन रहन्छ। आफ्ना प्रयास र पराक्रमले सफलता दिलाउनेछ। दाजुभाइ वा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। अध्ययन तथा व्यवसाय दुवै क्षेत्रमा लाभको सम्भावना छ।


कर्कट राशि
आफन्त र परिवारको सहयोगले मनोबल बढ्नेछ। व्यवसाय वा पेशागत क्षेत्रमा मध्यम लाभ प्राप्त हुनेछ। विद्यार्थीले पढाइमा ध्यान केन्द्रित गर्न सके उल्लेखनीय प्रगति गर्न सक्छन्। पारिवारिक जीवन सुखद रहनेछ भने प्रेम सम्बन्ध सामान्य रहन सक्छ।


सिंह राशि
आर्थिक कारोबारमा लाभ र पारिवारिक सुखले मन प्रशन्न रहनेछ। व्यापारमा वृद्धि र रोजगारमा पद–प्रतिष्ठा तथा मान–सम्मान पाउने सम्भावना छ। विद्यार्थीका लागि परीक्षा–सम्बन्धी प्रयास सफल बन्नेछन्।


कन्या राशि
व्यस्तता बढ्ने र आकस्मिक खर्चले आर्थिक दबाब सिर्जना गर्न सक्छ। कार्यक्षेत्रमा थप लगानी गर्नुपर्ने स्थिति आउन सक्छ। अरूको दबाबमा परेर मन नपर्ने काम गर्नुपर्ने सम्भावना छ। अध्ययनमा ध्यान दिन नसक्दा पछि पर्न सकिन्छ।


तुला राशि
आम्दानी बढ्नेछ र पहिलेका काम सफल हुने सम्भावना छ। विद्यार्थीले अध्ययनमा सोचेजस्तो नतिजा प्राप्त गर्न सक्छन्। प्रेम र पारिवारिक सम्बन्धमा विश्वास बढ्नेछ। रमाइलो यात्राको योग छ र पहिलेका विवादहरू आज समाधान हुन सक्छन्।


वृश्चिक राशि
नयाँ कार्य सुरु गर्न वा लगानी विस्तार गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा मान–प्रतिष्ठा बढ्ने सम्भावना छ। व्यवसायमा विस्तारको अवसर आउन सक्छ। विद्यार्थीका लागि पढाइमा सफलता प्राप्त हुने समय रहेको छ।


धनु राशि
धार्मिक वा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि प्रगतिको समय हो। तर, विवादमा पर्न सक्ने सम्भावना भएकाले निर्णय गर्दा सोचविचार गर्नुहोस्। अध्ययन मध्यम रहन सक्छ, यद्यपि पारिवारिक तथा प्रेम जीवन सन्तुलित रहनेछ।


मकर राशि
सावधानी अपनाउनुहोस्, चोटपटक वा दुर्घटनाको सम्भावना छ। व्यवसायमा प्रतिस्पर्धी हावी हुन सक्नेछन्। सहकर्मीहरूसँग मतभेद हुन सक्छ। विद्यार्थीले आज पढाइमा ध्यान दिन कठिनाइ महसुस गर्न सक्छन्।


कुम्भ राशि
व्यावसायिक यात्राको अवसर मिल्नेछ र आम्दानीमा वृद्धि हुने सम्भावना छ। बोलीको प्रभावले काम बन्न सक्छ। पहिलेका प्रयास सफल हुनेछन्। प्रेममा आत्मीयता बढ्नेछ र वैवाहिक सम्बन्धमा निकटता आउनेछ। विद्यार्थीका लागि पढाइमा ध्यान केन्द्रित गर्न उचित समय हो।


मीन राशि
नयाँ लगानी र कार्य सुरुवातका लागि शुभ दिन हो। प्राविधिक तथा स्वास्थ्य–सम्बन्धी क्षेत्रमा कार्यरत व्यक्तिहरूले विशेष सफलता प्राप्त गर्नेछन्। प्रेम र पारिवारिक जीवन सुखमय रहने सम्भावना छ।

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish