आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ साउन ३० गते शुक्रबार, भाद्र कृष्णपक्ष सप्तमी), Daily Horoscope of Friday 15th August 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ साउन ३० गते शुक्रबार

इ.सं. :         15th August 2025 (Friday)

सूर्योदय:       बिहान ०५:३५ बजे

सूर्यास्त:        बेलुका १८:४० बजे

तिथि :          सप्तमी २५:०६ सम्म, तत्पश्चात् अष्टमी

पक्ष :            भाद्र कृष्णपक्ष

नक्षत्र :          अश्विनी ०९:५५ सम्म, तत्पश्चात् भरणी

योग :            गण्ड १३:२३ सम्म, तत्पश्चात् वृद्धि

करण :          विष्टि १४:२० सम्म, तत्पश्चात् बव

चन्द्रराशि:       मेष

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना छ। सामाजिक भेटघाट र विशेष भोजमा सहभागी हुने अवसर प्राप्त हुनेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निर्णय गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। अवसरको आडमा प्रलोभन दिनेलाई चिन्नुहोस्। आर्थिक लाभ सीमित रहनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आम्दानीमा वृद्धि हुनेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। साझेदारीमा सकारात्मक परिणाम हासिल हुने संकेत छन्।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्य सम्पन्न गर्न दोहोर्याएर प्रयास गर्नुपर्नेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्ने भएकाले सतर्क रहनुहोस्।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको श्रमले भविष्यमा प्रतिष्ठा वृद्धि गर्नेछ। साथीभाइको सहयोगले मनोबल उच्च रहनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापारमा लाभ र प्रतिष्ठा दुवै बढ्ने समय छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। प्रियजनसँग भेटघाट र भ्रमणको अवसर प्राप्त हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थितिहरू चुनौतीपूर्ण बन्न सक्छन्। निर्णय लिनु अघि गहिरो मूल्यांकन आवश्यक छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक तथा शैक्षिक क्षेत्रमा प्रगति हुने संकेत छन्।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बल र बुद्धिको संयोजनले सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धन लाभको सम्भावना उच्च छ। सामाजिक मानसम्मान बढ्नेछ र रोकिएका कार्यहरू पूरा हुनेछन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचेअनुसार परिणाम नआउने सम्भावना छ। अनावश्यक खर्चमा वृद्धि हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस्।

 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish