आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ साउन १४ गते बुधबार, श्रावण शुक्लपक्ष षष्ठी), Daily Horoscope of Wednesday 30th July 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ साउन १४ गते बुधबार

इ.सं. :         30th July 2025 (Wednesday)

सूर्योदय:       बिहान ०५:२६ बजे

सूर्यास्त:        बेलुका १८:५२ बजे

तिथि :          षष्ठी २६:१७ सम्म, तत्पश्चात् सप्तमी

पक्ष :            श्रावण शुक्लपक्ष

नक्षत्र :          हस्ता २२:४१ सम्म, तत्पश्चात् चित्रा

योग :            सिद्ध २९:२० सम्म, तत्पश्चात् साध्य

करण :          कौलव १३:३१ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि:       कन्या

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

 

 

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

न्यायपूर्ण ढंगले गरिएको पुरानो लगानीबाट लाभ प्राप्त हुने देखिन्छ। यद्यपि, पारिवारिक सम्बन्धमा कटुता आउनसक्छ। वरिष्ठ वा मान्यजनको सुझाव उपेक्षा गर्दा काममा बाधा पर्न सक्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। व्यवसाय वा उद्योगमा लगानी लाभदायक रहने संकेत छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको थालनी हुने समय छ। अधुरा कामहरू सम्पन्न हुनेछन्। मनोबल उच्च रहनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक पक्ष सबल बन्नेछ। पारिवारिक साथ पाईनेछ। आलोचनात्मक परिस्थिति भए पनि आत्मबल र कार्यकुशलताले सफलता दिलाउनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निर्णयमा सावधानी आवश्यक छ। अत्यधिक जोखिम लिंदा सहकर्मी वा मित्रहरूसँग असमझदारी बढ्न सक्छ। खर्च बढी हुन सक्छ भने फाइदा अपेक्षाकृत कम देखिन्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। साझेदारी तथा सट्टापट्टाबाट लाभ मिल्नेछ। व्यावसायिक क्षेत्रमा उन्नतिको अवसर छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कम लाभदायक जिम्मेवारी सम्हाल्नुपर्ने समय छ। यद्यपि, आत्मबल र क्षमताको प्रयोगले सामाजिक क्षेत्रको नेतृत्व हात पार्न सकिनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका कार्यहरू पूर्ण हुनेछन्। नयाँ जिम्मेवारी र अवसरहरू प्राप्त हुनेछन्। दीर्घकालीन सफलता सुनिश्चित गर्न परिश्रम आवश्यक छ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कठोर मेहनतको उचित मूल्य मिल्नेछ। व्यवसाय र कामधन्दामा अपेक्षित लाभ हुनेछ। पारिवारिक वातावरण सहयोगी रहनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शैक्षिक तथा बौद्धिक प्रगतिको अवसर मिल्नेछ। व्यवसायका लागि यात्रा सम्भावित छ। खर्च बढे पनि लगानी प्रेरणादायक रहनेछ। घरपरिवारमा सक्रिय भूमिका निभाउनुपर्नेछ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनोबल कमजोर बन्न सक्छ। जिम्मेवारी र प्रतिस्पर्धाको दबाब रहनेछ। विघ्न–वाधाका बीच अधिकार जोगाउने प्रयास सफल हुन सक्छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक प्रतिष्ठा बढ्नेछ। सेवामूलक कार्यमा रुचि जाग्नेछ। आकस्मिक खर्च बढ्न सक्छ तर परिवारको साथ र समर्थन प्राप्त हुनेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish