वि. सं. : वि. सं २०८२ साउन ४ गते आइतबार
इ.सं. : 20th July 2025 (Sunday)
सूर्योदय: बिहान ०५:२१ बजे
सूर्यास्त: बेलुका १८:५८ बजे
तिथि : दशमी १०:४५ सम्म, तत्पश्चात् एकादशी
पक्ष : श्रावण कृष्णपक्ष
नक्षत्र : कृत्तिका २२:२६ सम्म, तत्पश्चात् रोहिणी
योग : गण्ड २२:१० सम्म, तत्पश्चात् वृद्धि
करण : विष्टि १०:४५ सम्म, तत्पश्चात् शकुनी
चन्द्रराशि: मेष ०५:४० सम्म, तत्पश्चात् वृष
ऋतु : वर्षा
अयन : दक्षिणायन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तसँग भेटघाट हुन सक्छ। स्वादिष्ठ भोजन प्राप्त हुन सक्छ। कृषि, व्यापार तथा व्यवसायमा प्रगति हुने दिन छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक विवाद हुन सक्छ। खर्चमा नियन्त्रण राख्नुपर्छ। नयाँ योजना बनाउँदा ध्यान दिनुपर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चौतर्फी आम्दानीको अवसर मिल्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक रमझममा समय बित्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसाय विस्तार हुनुका साथै कामबाट मानसम्मान वा पदोन्नति मिल्न सक्छ। साथीभाईसँग भेटघाट हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा धार्मिक क्षेत्रमा समय बित्नेछ। रमाइलो यात्रा हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आलस्यता बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काम तथा व्यवसायमा उचित उपलब्धि प्राप्ति गर्न कठिन हुन सक्छ। विवादमा पर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्ने उर्जा प्राप्त हुनेछ भने यात्रा, लत्ताकपडा सम्बन्धि व्यवसायबाट आम्दानी बढ्नेछ। वैवाहिक जीवनमा रहेको असमझदारी समाधान हुनेछ। सन्तानबाट सुख मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्र रहेको समस्यालाई समाधान गरेर अगाडि बढ्ने दिन छ। शत्रु परास्त हुनेछन्। मनोरन्जनको क्रियाकलापमा सहभागी हुन सकिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाईमा प्रगति हुन सक्छ। पारिवारिक तथा सामाजिक क्षेत्रमा समय खपत हुन सक्छ भने व्यवसाय तथा कामको क्षेत्र सामान्य रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। खर्चको मात्रा बढ्न सक्छ। विरोधीहरु सक्रिय भएर काममा रोकावट ल्याउन सक्ने भएकाले सतर्क रहनुपर्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसाय विस्तार हुन सक्छ। मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने समय छ। दाजुभाईबाट सहयोग मिल्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक क्षेत्रमा सामान्य प्रगतिको समय छ। बोलीमा नियन्त्रण राख्नुपर्छ। आफन्तसँग विवाद पर्न सक्ने भएकाले सतर्क रहनुपर्छ।