आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ साउन २ गते शुक्रबार, श्रावण कृष्णपक्ष अष्टमी), Daily Horoscope of Friday 18th July 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ साउन २ गते शुक्रबार

इ.सं. :         18th July 2025 (Friday)

सूर्योदय:       बिहान ०५:२० बजे

सूर्यास्त:        बेलुका १८:५८ बजे

तिथि :          अष्टमी १५:४२ सम्म, तत्पश्चात् नवमी

पक्ष :            श्रावण कृष्णपक्ष

नक्षत्र :          अश्विनी २५:४५ सम्म, तत्पश्चात् भरणी

योग :            सुकर्मा ०७:१७ सम्म, तत्पश्चात् धृति

करण :          कौलव १५:४२ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि:       मेष

ऋतु :             वर्षा

अयन :           दक्षिणायन

 

 

 

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन फलदायी रहने संकेत छ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना रहनाले आत्मविश्वास बढ्नेछ। सामाजिक भेटघाट र स्वादिष्ट खानपानको अवसर जुट्न सक्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन निर्णयमा विशेष सतर्कता आवश्यक छ। अवसरवादीहरूको प्रभावमा परेर हानि हुन सक्छ। आर्थिक लाभ कम हुने सम्भावना छ, अतः खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। व्यवसायमा लाभदायक परिस्थिति निर्माण हुनेछ। साझेदारीका कामहरूमा सफलता प्राप्त हुने सम्भावना प्रबल छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्ना योजनाहरू कार्यान्वयन गर्न दोहोरो प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यप्रति सजग रहनु उपयुक्त हुनेछ, सामान्य असहजता देखिन सक्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको परिश्रमले भविष्यमा प्रतिष्ठा र सम्मान दिलाउनेछ। साथीभाइ तथा सहयोगी व्यक्तिहरूको साथले कार्यमा उत्साह थपिनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

महत्वपूर्ण कार्यहरू सम्पन्न हुने संकेत छ। व्यवसायमा सकारात्मक प्रगति हुनेछ। आय तथा प्रतिष्ठामा वृद्दि हुने अनुकूल समय हो।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। प्रियजनसँगको भेटघाट तथा भ्रमणले मन प्रसन्न बनाउनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति केही जटिल देखिन सक्छ। विचारपूर्वक निर्णय लिनु उपयुक्त हुनेछ। योजनामा सुधार र धैर्य आवश्यक देखिन्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद समाचार प्राप्त हुने सम्भावना छ। अध्ययन, लेखन वा बौद्धिक कार्यमा राम्रो प्रगति हुनेछ। मानसिक सन्तुलन कायम रहनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बल र बुद्धिको संयोजनले सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुने योग देखिन्छ। आत्मबलमा वृद्दि हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धनलाभको सम्भावना प्रबल छ। सम्मानजनक कार्यहरूमा सफलता मिल्नेछ। पहिले रोकिएका कामहरू पूर्ण हुने संकेत छन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचे अनुसारको परिणाम नआउने अवस्था रहन सक्छ। अनावश्यक खर्चमा वृद्धि हुनसक्ने हुँदा आर्थिक निर्णय सोचविचार गरी लिनु उपयुक्त हुनेछ।

 
 
  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish