आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ असार १९ गते बिहिबार, आषाढ शुक्लपक्ष अष्टमी), Daily Horoscope of Thursday 3rd July 2025

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ असार १९ गते बिहिबार

इ.सं. :         3rd July 2025 (Thursday)

सूर्योदय:       बिहान ०५:१४ बजे

सूर्यास्त:        बेलुका १९:०२ बजे

तिथि :          अष्टमी १४:५६ सम्म, तत्पश्चात् नवमी

पक्ष :            आषाढ शुक्लपक्ष

नक्षत्र :          हस्ता १५:२५ सम्म, तत्पश्चात् चित्रा

योग :            परिघ २०:४२ सम्म, तत्पश्चात् शिव

करण :          बव १४:५६ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि:       कन्या २८:३५ सम्म, तत्पश्चात् तुला

ऋतु :             ग्रीष्म

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

समय शुभ रहनेछ। व्यापार, नोकरी र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। जग्गाजमिन सम्बन्धी कामबाट लाभ मिल्ने सम्भावना छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय औसत रहला। खर्च बढ्न सक्छ, नयाँ लगानी टार्नु उपयुक्त हुनेछ। शारीरिक थकान र यात्रा असजिलो बन्न सक्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उत्साहमा कमी आउनेछ। अरूका लागि गरेको प्रयास निष्फल हुन सक्छ। बोल्दा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय लाभदायक रहनेछ। सानो प्रयासबाट पनि राम्रो उपलब्धि मिल्नेछ। एउटै कार्यबाट दोहोरो लाभको सम्भावना छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामान्य समय हो। मिहिनेतपछि मात्र सफलता मिल्नेछ। दीर्घकालीन योजना र लगानीमा ध्यान दिन उपयुक्त छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय राम्रो छ। दाम्पत्य सुख मिल्नेछ, आम्दानी बढ्नेछ। रमाइलो यात्रा र धार्मिक कार्यमा सहभागिता सम्भव छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

औसत समय हो। धार्मिक कार्यमा संलग्न भइनेछ। कृषिकर्म र व्यवसायबाट सानो आम्दानी हुन सक्छ। आत्मबल केही कमजोर देखिन्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय अनुकूल रहनेछ। आम्दानी बढ्नेछ, नयाँ कामको थालनीका लागि अनुकूल दिन हो। पढाइमा पनि सुधार देखिनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मध्यम समय छ। विवादमा नियन्त्रण आवश्यक छ। यात्राको सम्भावना रहन्छ, स्वास्थ्य सन्तोषजनक रहनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

औसत समय हो। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तनाव बढ्न सक्छ तर साथीभाइसँगको भेटघाट सुखद् रहनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक तनाव बढ्न सक्छ। खर्च बढ्ने सम्भावना छ, काममा अवरोध आउन सक्छ। सतर्कता आवश्यक छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय र स्वास्थ्य अनुकूल रहनेछ। अध्ययन र व्यवसायमा प्रगति हुनेछ। धार्मिक यात्राबाट लाभ मिल्नेछ।

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish