वि. सं. २०८२ साल असार महिनाको मासिक राशिफल

वि. सं. २०८२ साल असार महिनाको मासिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि असार महिना राम्रो रहनेछ।  शत्रु र रोगबाट छुटकारा मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विशेष गरि विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । मुद्दा मामिलामा पनि विजयी भइनेछ ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि असार महिना मध्यम रहन्छ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । भ्रमण र तीर्थाटनको योग पनि रहेको छ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि असार महिना मिश्रित रहन्छ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । आफन्तहरू सँग भेटघाट हुनेछ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । तर अनावश्यक धन र परिश्रम पनि खर्च हुने र स्वास्थ्य बिग्रन सक्छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशिका लागि असार महिना सामान्य रहन्छ। प्रेमी प्रेमिकाका बिच मतभेद पनि बढ्ला । तपाईंको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन् । मध्य महिनाबाट भने समय उत्साहवर्द्धक रहनेछ । वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुन सक्छ । नयाँ वस्त्र, अलंकार तथा धन सम्पत्ति समेत हात पर्ने योग रहन्छ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि असार महिनामा राम्रो रहन्छ। स्थानान्तरण र लामो यात्राको सम्भावना छ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकाले सतर्क रहनुपर्छ। 

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि असार महिना मध्यम रहन्छ। चलाखीपूर्ण बोली र कामले कार्यहरू सफल हुनेछन् । शुभ र मङ्गल कार्यको योग पनि छ । महिनामा वाहन लाभ हुने समय आएको छ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । मध्य महिनामा भने प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । अनावश्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि असार महिनामा मध्यम रहन्छ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग पनि रहेको छ । महिनाको अन्त्यमा अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ, बोल्दा विचार पुर्याउनु पर्छ ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि असार महिना सामान्य रहन्छ। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । महिनामा मान र सम्मानमा आघात पर्न सक्छ । स्वस्थ प्रतिकूल सक्छ । महिनाको उत्तरार्धमा भने रमाइलो यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजार र वैदेशिक कार्यमा विशेष सफलता मिल्नेछ ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धनु राशिका लागि यो महिना राम्रो रहन्छ। महिनामा रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ । शुभ, मङ्गल र नयाँ कार्यको योग छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिका लागि असार महिना राम्रो रहन्छ। धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध उपचारमा खर्च बढ्नेछ, अतस् ऋण र रोगको भय हुनेछ । तपाईँका प्रतिद्वन्दी पनि बढ्न सक्छन् ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कुम्भ राशिका लागि असार महिना मध्यम रहन्छ। श्रम र इमानदारिताको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ। नयाँ आफन्तहरू सँग भेटघाट, रमणीय र सुखद् यात्राको योग पनि रहेको छ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशिका लागि असार महिना सामान्य रहन्छ। महिनाको सुरुमा कार्यमा बाधा आउनसक्छ । व्यर्थको सास्ती खेप्नु पर्ला । सपना पनि नराम्रो देखिन सक्छ । मध्य महिनाबाट भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहने र मन मिल्ने साथीको सहयोग पाइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

https://hamrojyotish.com/

  • Astrologer Amrit Adhikari

धैरै पढिएको

  1. साप्ताहिक राशिफल २०८० वैशाख १० गतेदेखी १६ गते सम्म (Weekly horoscope Nepali of 23 to 29 April 2023)
  2. साप्ताहिक राशिफल २०८० वैशाख १७ गतेदेखी २३ गते सम्म (Weekly horoscope Nepali of 30 April to 6 May 2023)
  3. २०८० साल जेठ महिनाको मासिक राशिफल
  4. २०७९ को फागुन महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् फागुन महिनाको मासिक राशिफल
  5. ग्रहगोचर अनुसार २०७९ को माघ महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् माघ महिनाको मासिक राशिफल
  6. २०८० को भाद्र महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् भदौं महिनाको मासिक राशिफल
  7. २०८० साल वैशाख महिनाको मासिक राशिफल
  8. २०८० साल श्रावण महिनाको मासिक राशिफल
  9. ग्रहगोचर अनुसार २०७९ को मङ्सिर महिना तपाईंको राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  10. ग्रहगोचर अनुसार २०७९ को असोज महिना कुन राशिको लागि कस्तो रहला ? हेर्नुहोस् मासिक राशिफल
  • Mero Jyotish